केन्द्रीय कारागारको गोलघरमा के.पी. ओलीसंगका स्मरण

image

केपी कतिसम्म सोखिन थिए भने हामी बिँडी भए पनि रमाएर पिउँथ्यौं । तर उनी बिँडी देख्नासाथै मुन्टो बटार्थे । चुरोट पाए मात्रै पिउँथे ।

केन्द्रीय कारागारको गोलघरमा केपी ओली अल्सर र टीबी रोगले लामो समयदेखि थलिएका थिए । उनको शारीरिक अवस्था अत्यन्त कमजोर बनिसकेको थियो । अल्सरका कारण रगत नै बान्ता गर्थे । त्यस्तो बिरामीका लागि हामीसँग पौष्टिक आहारका नाममा उसिनेको चामल र गान्टे मुलाको झोलबाहेक केही थिएन । त्यसमाथि केपी साह्रै स्वादे मान्छे । उनी जे पाक्छ त्यही नखाने ।

फर्माइसी गरेर आफ्नै स्वादमा बाँच्न खोज्थे । जेलका कठिन दिनहरूमा समेत उनलाई थोरै किन नहोस्, स्वादिलो तरकारी चाहिन्थ्यो । त्यो नहुँदा गाँसै अड्केला जस्तो गर्थे । जेलमा कहाँबाट यस्ता मीठा चिज पाइनु ? टीबी र अल्सरले सिकिस्त भएपनि खाना खान बस्दा कहिले खुर्सानी माग्थे, कहिले घ्यू लेउ भनेर हैरान पार्थे । सिद्धान्तसँग खाना खान सकिँदैन, स्वादसँग मात्र खान सकिन्छ भन्ने तर्क गर्थे ।

केपी कतिसम्म सोखिन थिए भने हामी बिँडी भए पनि रमाएर पिउँथ्यौं । तर उनी बिँडी देख्नासाथै मुन्टो बटार्थे । चुरोट पाए मात्रै पिउँथे । आफ्नो पारिवारिक/आर्थिक परिवेशविपरीत थियो, उनको जीवनशैली । लाग्थ्यो, केपी जन्मजातै राजसी छाँटका व्यक्ति हुन् । खाना खानुअघि चुरोटको कस मात्रै पाए पनि उनी दुई–तीन गाँस बढी खान्थे । केपीको यही सोखलाई पूरा गर्न हामीले मेसबाट दिनको दुई खिली चुरोट ल्याइदिने व्यवस्था गराएका थियौं । त्यति बेला गैंडा नामक चुरोट चल्तीमा थियो ।

उनी त्यो चुरोट बिहानको खानाअघि र बेलुकाको खानापछि मज्जाले पिउँथे । म अहिले पनि सम्झन्छु, केपीलाई जेलमा अलिकति खुसी बनाउनु पर्यो भने एक खिल्ली चुरोट दिनु पर्थ्यो। अनि मात्रै खिसिक्क हाँस्थे । नत्र सधैं पानी पर्न लागेको बादलजस्तै धुम्म अनुहार बनाएर बस्थे । उनलाई बिमारले उठ्नै नसक्ने हालतमा पुर्यायो 

रोगले थलिएका केपीले खाना नखाएपछि जीउमा हड्डी र करङ मात्रै देखिन थाल्यो । स्थिति दिनानुदिन खराब बनेर उठ्नसमेत अरुको सहारा चाहिने भयो । त्यसपछि मैले बिरामी स्याहार्न मेरो ढोका खोली पाऊँ भनेर जेलरलाई दरखास्त हालें ।

धन्न जेलरले ढोका खोलिदियो । यसपछि मैले सिकिस्त भइसकेका केपीलाई स्याहारें । मैले केपीको शरीरमा नछोएको कुनै अंग छैन । दिसा गर्न जाँदा उनी आफ्ना कपडासमेत खोल्न नसक्ने अवस्थामा पुगेका थिए । मैले उनको अन्डरपाइन्ट खोलिदिने देखि दिसा धोइदिनेसम्म गरें । उनी दिसा आफैं धुन्छु त भन्थे तर हात कामेर मलद्वारामा पुर्र्याउनै नसक्ने भइसकेका थिए । मैले उनलाई नुहाइदिने देखि शरीरमा तेल घस्नेसम्म गरि दिएँ ।

 कपटक हप्ता दिनसम्म लगातार बाडुली लागे पछि केपीको मुखबाट ह्वालह्वाली रगत आयो । केन्द्रीय कारागार अस्पतालका डा. पुष्कल भारतीले तुरून्तै औषधि दिएर निको पारिदिए । जेलमा छँदा मलाई घरबाट महिनामा दुई/तीन सय रूपैयाँ आउँथ्यो । पैसा आउन कहिले काहीँ तीन महिना पनि लाग्थ्यो । नारद वाग्ले र नरेश खरेलको घरबाट पनि फाट्टफुट्ट केही रूपैयाँ आइरहन्थ्यो, वर्षमा दुई/तीनपटक । हामी तीनजनाबाहेक अन्य कसैकोबाट एक सुको आउँदैनथ्यो । यही रकम जम्मा पारेर केपीलाई कुखुराको एउटा अन्डा दैनिक ख्वाउन थाल्यौं । यसपछि उनी क्रमशः तंग्रिन थाले ।

जेलभित्र प्रेम उप्रेती, दधिराम उप्रेती, छविलाल राजवंशी, भेटला राजवंशीलाई पनि टीबीले सताएको थियो । उनीहरू टीबीग्रस्त भएको समयमा मलाई लागेको टीबी भने बिसेक भइसकेको थियो । रकम जम्मा पारेर केपीलाई कुखुराको एउटा अन्डा दैनिक ख्वाउन थाल्यौं । यसपछि उनी क्रमशः तंग्रिन थाले, वास्तवमा केन्द्रीय कारागारका डा. पुष्कल भारतीले केपीको ज्यान बचाइदिएका हुन् ।

(वाम नेता राधाकृष्ण मैनालीको पुस्तक ‘नलेखिएको इतिहास’ बाट) 




प्रतिक्रिया


  1. image суырылған жүрегімді қайтар текст

    гузал сени мен суйип калдым скачать, арай тобы 2021 білім кілтін тапсыру сөзі, ту тапсыру рәсімі переходник sata usb с питанием, переходник usb 3.0 на sata для подключения hdd/ssd обезболивающие таблетки от боли в ногах, самые безопасные обезболивающие таблетки

    image achat en ligne de médicaments sans ordonnance Qualigen Seregno

    obtenir du médicaments sans ordonnance en Suisse Schering La Ciotat médicaments en Belgique: ce qu'il faut savoir avant d'acheter