सन्दर्भ सहिद दिवस : जब जुद्धशमेरले खुट्टा बजार्दै त्रिभुवनलाई भने -कीराले हीरा बिगार्यो, हाम्रो गाथगादी ताक्ने राजद्रोहीहरूलाई म के गरौं सरकार

image

धेरै बेरको प्रतीक्षापछि प्रधानमन्त्री तथा महाराज जुद्धशमशेर रोबरवाफका साथ त्यस भारी भेलामा आए। उनका पछि हुक्का, नली, चिलिम, लामो रबडको नली पनि थियो। त्यसको केही छिनपछि नै श्री ५ त्रिभुवनलाई आफ्ना तीनै युवराजहरू साथ नरशमशेरले सवारी चलाई ल्याए। मौसुफहरू ठूलो पालको काउचमा राज हुनेबित्तिकै जुद्धशमशेर हुक्का गुडगुडाउन छाडेर उठ्याउठ्यै एउटा लिखित भाषण पढ्न थाले।
‘कीराले हीरा बिगायो। नीच दर्जाका सोसलिस्टले उचालेको । गान्धीसँग भेटी नेपालको कुरा गरेको, यस्ता गाथगादी ताक्ने राजद्रोहीहरूलाई म के गरौंरु’ भनी खुट्टा बजारे।

कोतपर्व भण्डारखालपर्व रणोद्दीपपर्व र अन्य अनेकौं पर्व तथा मानव–हत्याले बलशाली र आतङ्ककारी भएको निरङकुश राणाशासनले लामो समयसम्म राजालाई राजदरबारमा कैदीतुल्य बनाएर नेपालमा यस्तो शोषण, अत्याचार र आतङ्क फलायो कि त्यसको वर्णन गरी साध्य छैन। नेपालीले न त आफ्नो देश, आफ्ना राजा, आफ्नो व्यक्तित्व र आफ्नो मान भन्न पाए, न त यिनको आर्थिक, शैक्षिक तथा मानसिक उन्नति हुन नै दिइयो। राणा प्रधानमन्त्रीको हकम नै सर्वोपरि कानुन थियो। सैनिक तथा निजामतीका सबै प्रमुख ओहदामा राणा–परिवारका सदस्यहरू नै हुन्थे। आफ्नो मान मर्यादा र व्यक्तित्वलाई तिलाञ्जलि दिएर चक्ली, चाकरी र आत्मसमर्पण गर्नेले मात्र सैनिकतर्फ लप्टन, कप्तानसम्म र निजामतीतर्फ खरदार, सब्बासम्म जागिर पाउँथे। त्यसभन्दा माथि एकाध अति विश्वासपात्रले मात्र उक्लन पाउँदथे।


जनतालाई एक पेट खान र एक धरो लगाउनसम्म मुस्किल थियो। सयौं रोपनी जग्गाको कम्पाउन्ड, बेलायती ढाँचाको सबै साधनले सजिएका बडाबडा दरबार, दरबारमा सुन्दर बाग–बगैंचा र हजारौं सुन्दरीहरू, पहाड, मधेस, ठाउँ–ठाउँका उर्वर हजारौं बिगाह जमिन र जङ्गल राणाहरूका मात्र हुन्थे। उनीहरूले स्वर्गलाई आफ्ना दरबारमा उतारेका थिए। उनीहरूको सोखसयल विश्व इतिहासका बडाबडा राजा–महाराजाको भन्दा कम थिएन। तीनैतिर ब्रिटिस–भारतले घेरिएको, उत्तरतर्फ संसारमा कहलिएका उत्तुङ हिम–पर्वतमालाको पर्खाल रहेको यस लुकेको भूभागमा दक्षिणका अङ्ग्रेज शासकलाई रिझाएर यिनले नेपालभित्र आफ्नो प्रभुत्व जमाएका थिए र नेपाली जनतालाई कमारातुल्य बनाएका थिए। राणाको शोषण र हुकुमको विरोध गर्ने कसैले साहस देखायो भने त्यसको सर्वनाश हुन्थ्यो।

राणाहरू कलकत्ता, बनारस सयर गर्न बराबर जान्थे। नेपालीहरू पनि कार्यवश जान्थे। कुनै नेपालीले कुर्ता–धोती लगाएर गयो र उनीहरूसँग भेट्यो भने भारतीय भन्ठानी उनीहरू ‘आप’ भन्ने सम्बोधनले कुरा गर्दथे। तर, नेपाली भन्ने थाहा पाउनेबित्तिकै ‘तिमी’ भन्दथे। यसरी आफूभन्दा वृद्ध, आफूभन्दा विद्वान जे भए तापनि राणाहरूसँग बोल्दा वा व्यवहार गर्दा नेपालीले आफ्नो सम्मानलाई पैतालामुनि राख्नपर्दथ्यो। नेपाली जनतालाई यसरी हेप्ने र आफूलाई दयावतार, धर्मावतार, प्रभु भनाउने गरेका थिए। यसरी सारा नेपालीलाई राणा आतङ्कले थिचेको थियो। 
नेपालीहरू आफ्नो शिरमाथि ठूलो बोझले किचेको अनुभव गर्दथे र कहिलेकाहीं ब्रिटिस–भारतमा जाँदा पनि त्यो बोझबाट छुटेर हलुङ्गो भएको अनुभव गर्दथे। ब्रिटिस–भारतमा सीमित मात्रामा भए पनि वाक स्वतन्त्रता थियो, लेख्ने स्वतन्त्रता थियो, सयौं पत्रपत्रिकाहरू प्रकाशित हुन्थे। शासनको आलोचना गर्न र आन्दोलन गर्न भारतीय जनताले थालिसकेका थिए। कानुनको राज्य र कानुनको मर्यादाको आधार निकै सुव्यवस्थित भइसकेको थियो। रेल, ट्राम, बस, बाटोघाटो इत्यादिको निकै विकास भइसकेको थियो। कलकारखानाको जग बस्तै थियो।
नेपालमा नेपालीले अग्लो तला भएको र तीन तलाभन्दा अग्लो घर बनाउन मनाही थियो। घरबाहिर सेतो चुनले पोत्नसम्म पाइँदैनथ्यो। छोरीबेटी राम्रा भए राणाहरूका आँखाबाट बचाउन मुस्किल पर्दथ्यो। राणाहरू बाटामा हिँडेका बेला झुकेर सलाम–स्वस्ति गर्नुपर्दथ्यो। अलि नाम भएका व्यक्तिहरूले चाकरीमा गएन भने त्यसमाथि दागा धरिन्थ्यो र मौका खोजी त्यसको हुर्मत लिइन्थ्यो। जीउ–धन सरकारको ९याने राणाको० भन्ने सारा सबको थेगो नै बनिसकेको थियो।
नेपाली जनताको आफ्नो जीउ र आफ्नो धनमा कुनै आधिकार छैन, निरङ्कुश राणाशासनले कुनै बेला पनि जीउ–धन लिन सक्तछ भनी जनताको भलाइका निम्ति बोल्ने, अरू देशको उन्नतिको दाँजोमा आफ्नो लाई पनि पुर्‍याउन चाहने चेतनशील युवकहरू राणाशाहीका विरोधी मात्र होइन राजद्रोही ठहर्दथे। तथापि, ज्यानको बाजी लगाउने अठोट गरेर मातृभूमिको उत्थान र उन्नतिका निम्ति, जनताले बोल्न, लेख्न, सङ्गठन गर्न पाउने मौलिक हकका निम्ति तथा ५ महाराजाधिराजको संवैधानिक नायकत्वमा प्रजातन्त्र स्थापना गर्नका निम्ति प्रजा परिषदले सङ्गठन गरेको थियो र राणाशासनको विरोधमा जनतामा चेतना जगाउन र राणाहरूलाई चेतावनी दिन सर्वप्रथम पर्चा छरेको थियो। यो पर्चा होइन, जोडदार भाषामा लेखिएको खुलापत्र थियो। त्यसैले राणाहरूले सुराक पत्ता लगाई प्रजापरिषद्का सदस्य तथा अन्य कैयौं व्यक्तिहरूलाई पनि बन्दी तुल्याई कारबाई चलाइराखेका थिए।
करिब ३ महिनापछि १९९७ साल माघ ७ गतेको दिन आयो। हामी सबै नेल–सिक्री लगाइएका राजबन्दीहरू पाश्र्ववर्ती फौजको सङ्गिनका घेरामा सिंहदरबारको फुटबल चौरमा लगियौँ। हामीलाई पश्चिम मोहडा गराएर सङ्गिनका बीच खडा गरियो। अघिल्तिर पालमा राणाशासकहरू र चौरमा राणाका भारदारहरू रहेछन्। राणा प्रधानमन्त्री तथा श्री ३ महाराजको सशस्त्र बिजुली गारत एकतर्फ उत्तर मोहडा गरेर एटेन्सन पोजिसनमा थियो। हामी राजबन्दीहरू पश्चिम हेर्ने र राणा तथा उनीहरूका भारदार पूर्व हेर्ने भई हेराहेर भइरहेको थियो। घण्टौं हेराहेर नै भइरह्यो। राणाहरूमध्येका बुज्रुक केशरशमशेर जस्ताले मानौं राजबन्दीहरूको पानी हेरिरहेका थिए भने परिषद्का सदस्यहरू पनि राणाहरूको आत्मबललाई आँकिरहेका थिए।
धेरै बेरको प्रतीक्षापछि प्रधानमन्त्री तथा महाराज जुद्धशमशेर रोबरवाफका साथ त्यस भारी भेलामा आए। उनका पछि हुक्का, नली, चिलिम, लामो रबडको नली पनि थियो। त्यसको केही छिनपछि नै श्री ५ त्रिभुवनलाई आफ्ना तीनै युवराजहरू साथ नरशमशेरले सवारी चलाई ल्याए। मौसुफहरू ठूलो पालको काउचमा राज हुनेबित्तिकै जुद्धशमशेर हुक्का गुडगुडाउन छाडेर उठ्याउठ्यै एउटा लिखित भाषण पढ्न थाले।
‘कीराले हीरा बिगायो।।। नीच दर्जाका सोसलिस्टले उचालेको । गान्धीसँग भेटी नेपालको कुरा गरेको, यस्ता गाथगादी ताक्ने राजद्रोहीहरूलाई म के गरौंरु’ भनी खुट्टा बजारे।
अनि श्री ५ त्रिभुवनबाट हुकुम भयो, ‘मोडरेट गर्नुपर्छ।’
माहिला गुरुज्यूले मनुस्मृतिको श्लोक उद्धृत गर्दै भने, “राजद्रोही ब्राह्मण नै किन नहोस् त्यस्ता दुष्कर्मीलाई प्राणदण्ड दिन सकिन्छ।’
कर्नेल यक्षविक्रम धमलाले भने, ‘महाराज, यी सबैलाई काट्नुपर्छ।’

यत्तिकैमा हामीलाई उभ्याइएको हारको उत्तर छेउमा उभिएका शुक्रराजले आङ चलाउँदै, खट्टा पनि बजार्दै नेल–सिक्रीको आवाज साथै ‘प्रजालाई थिचोमिचो गरी आफ्नो स्वार्थपूर्ति मात्र गर्न खोज्ने शासकलाई पनि धर्मशास्त्रमा सजाय तोकिएको छ महाराज, उद्धत गर्न पाऊँ’ भने।
‘यी सबैको नाइके तैं होस्, अझ कराउँछस्। तँलाई पल्टनले कुल्चाएर मारौंला’ भनी जुद्धशमशेर कुर्लिए।
यति कुरा के भएको थियो श्री ५ त्रिभुवन र युवराजहरू अप्रत्याशित ढङ्गले उठी मोटरतर्फ गई सवारी फिर्‍यो। अनि महाराज र उनका सेनामेना किर्तव्यविमुढझैँ भए। प्रधानमन्त्री सिंहदरबारतिर लागे। अरूहरू पनि छितरिए। हामीलाई स्कूल घरमा लगियो। पालमा राखिएकालाई पनि त्यतै लगियो।
यसैबीच प्रधानमन्त्रीसहित चार कमान्डिङ र उच्चपदस्थ राणाहरूको सिंहदरबारमा बैठक बस्यो। मुद्दाको फैसला सुनाउने कार्यमा श्री ५ का अप्रत्याशित आक्रोशयुक्त फिर्ती सवारीले पूर्वनिश्चित योजनामा बाधा परे तापनि सिंहदरबार अगाडिको माछापोखरीको पटाङ्गिनीमा उभ्याई सजाय सुनाउनू भन्ने कुराको निर्णय भएछ। घण्टौँ उभ्याई फर्काइएका हामीहरू सुस्ताउन पनि पाएका थिएनौं, हामीलाई पुनः हिँडाइयो। नेल–सिक्रीको छिन्द्रिङछिन्द्रिङ आवाज गर्दै हामी पुनः हिँड्यौं। 
सिंहदरबाको मोहडाको लामो माछापोखरीको दक्षिणतर्फको ढुङ्गे पथमा हामी लहरै उभियौं। हामी प्रत्येकका पछिल्तिर बन्दुकधारी सैनिक तैनाथ थिए। उक्त पथदेखि दक्षिणतर्फ रूख–कमलको बोटमुनि चौरमा चार कमान्डिङ र अन्य सम्बन्धित जर्नेलहरू र केही राणा जर्नेल, काजी, सरदार र सुब्बाहरू थिए। केही बेरपछि रत्नमान काजीका हातमा बेरिएको नेपाली कागजको एक मुठो देखियो। आपसमा कुरा गरेपछि त्यो कागज पढ्न काजीले महत सुब्बालाई कर गरेको देखियो। निर्देशानुसार नाउँ बोलाउनासाथ हामी एक पाइला अगाडि बढ्दथ्यौं, आफूलाई भएको सजाय सुन्थ्यौं र फेरि आफ्नो रोहमा उभिन्थ्यौं। रोहमा पनि हामीलाई आ–आफ्नो क्रियाकलापअनुसार रोलक्रम जस्तो गरेर उभ्याइएको थियो। 
राणाशाहीको अत्याचारी फैसलाको नाटक सकिएपछि साँझ–साँझ पर्न लागेको थियो। पुनः खुट्टामा जकडिएको सिक्रीको आवाजसाथ आ–आफ्ना बिछ्यौनामा पुर्‍याइयौं। आ–आफ्ना घरबाट ल्याएको खाने कुरा खायौं र बिछ्यौनामा पल्ट्यौं। साथीहरूको ज्यान जाने र आफू जेल जाने नयाँ परिस्थितिको कल्पनामा रङ्गिदै रात बित्यो। 
भोलिपल्ट ११ बजेतिर गुन्टा बाँध्ने निर्देशन आयो र जेलतर्फ हिँडाइने तरखर हुन थाल्यो। ज्यान सजाय पाएका साथीहरूलाई स्कूल घरमै राखिने सुइँको पाइयो। अब ती साथीहरूसँग सदाका लागि बिछोड हुने भयो भन्ने कुरा यकिन भयो। यत्तिकैमा १२ बज्न लागेको हुँदो हो अनि राणा प्रशासनको सङ्गिन र कडाइको कत्ति पर्बाह नगरी ज्यान सजाय पाएका परम मित्रहरूसँग अन्तिम भेट गर्न उनीहरूलाई राखिएको कोठातर्फ गयौं। अगाडि म थिएँ, त्यसपछि अरू पनि थिए। सर्वप्रथम हामी धर्मभक्त माथेमा भएको कोठामा पग्यौं। सुब्बा पूर्णनारायण पनि थिए। दुवैसँग हात मिलायौं, ढाडस दियौं र बिदा माग्यौं। धर्मभक्तले भने, ‘म देश र जनताको भलाइका निम्ति आफ्नो ज्यान अर्पण गर्दैछु।’
हामीले सान्त्वना दिँदै भन्यौं, ‘नेपालको इतिहासमा तपाईं अमर हुनुहुनेछ।’
त्यसपछि हामी दशरथ चन्द र गङ्गालाललाई राखिएको कोठामा जबर्जस्ती घुस्यौं। दुवैसँग हात मिलायौं, अङ्कमाल गर्‍यौं। अन्तिम बिदाको यस करुण बेलामा हाम्रा गहमा आँसु थियो। यस्तै, ती दुवै वीरहरूका आँखा पनि रसिला थिए। यत्तिकैमा दशरथले अङ्ग्रेजीमा भने, ‘एनपीपी इज आवर लाइफ, सो लङ एनपीपी रिमेन्स, वी रिमेन।’ -नेपाल प्रजापरिषद् नै हाम्रो जीवन हो, जबसम्म नेपाल प्रजापरिषद् रहनेछ हामी पनि जीवित रहनेछौं।०
फेरि उनले भने, ‘राणाशाहीको अन्त्य र प्रजातन्त्रको उदय तपाईंहरूले देख्नुहुनेछ।’
यसै उक्तिलाई गङ्गालालले पनि मुखाकृतिबाट समर्थन जनाए। यसमा गणेशमानले हामी सबैको प्रतिनिधित्व गर्दै शहीद हुने ती वीर आत्माहरूलाई छाती ठोक्दै जवाफ दिए, ‘हामी बाँचेका छौं, धन्दा मान्नुपर्दैन। प्रजातन्त्र ल्याउनेछौं।’
यो अन्तिम भेट बडो मार्मिक र वेदनापूर्ण थियो।
त्यसपछि हामी ३२ जना राजबन्दीहरूलाई आ–आफ्ना गुन्टा बोक्न लगाई सिंहदरबारको पटाङ्गिनीतर्फ हिँडाइयो। सकी–नसकी कसैले घिसार्दै, कसैले दाहिने काँध र देब्रे काँध सार्दै र कसैले दायाँ कम्मर र बायाँ कम्मरमा च्याप्तै, कति ठाउँमा बिसाउँदै सिंहदरबारको पश्चिम–दक्षिण पटाङ्गिनीसम्म पुर्‍यायौं। यो दर्शनीय दृश्य सिंहदरबारका झ्यालबाट ती विशाल महिलावर्गले लुकीछिपी हेरेको हामीले पनि थाहा पायौँ। प्रमुख राणाहरू पनि कुनै झ्यालभित्रबाट हेरिरहेका होलान्। हामी हरेकका साथसाथ सधैँझैँ बन्दुकधारी पाश्र्ववर्ती पल्टनका सिपाहीहरू थिए। हामीलाई नेल–सिक्री र त्यसका छिन्द्रिङछिन्द्रिङ आवाजका साथ जेलतिर जान त्यति नरमाइलो लागेको थिएन। गुन्टाका भारी बोकेर जेलसम्म पुग्ने कार्य चाहिँ हाम्रा निम्ति असम्भव थियो।
कोर्रा खाँदा, कटक बिजुली लगाउँदा र हामी सबैलाई झुन्ड्याउने वा गोला खुवाउने कुरा चल्दा पनि हामीलाई कुनै पर्बाह लागेको थिएन। हामी मातृभूमिको उन्नति र प्रजातन्त्रका निम्ति आफ्नो ज्यान अर्पण गर्न हरबखत तयार थियौं। हामीले आफ्ना मनस्थिति तदनुसार बनाइसकेका थियौं। तर, गुन्टा बोक्ने कार्य हाम्रो सामथ्र्यबाहिरको कुरा थियो र हामीले आफ्नो मनलाई राणाशाहीसँग पुनः जुध्न दृढ पार्‍यौं।
के कारणले हो पटाङ्गिनीमा हामीले निकै बेर थकाइ मार्ने मौका पायौँ र सिंहदरबारका झ्यालबाट चियाई–चियाई हेर्नेले हाम्रो तमासा निकै बेरसम्म हेर्न पाए। धेरै बेरपछि केही अफिसरहरू आए र हामीलाई जेलतर्फ हिँडाउने अर्डर दिए। पुनः गुन्टा बोकेर हिँड्न भनियो। यो कुरा सन्नासाथ हामीले विरोध गर्‍यौं। विरोध गर्नेमा टंकप्रसाद नै अगुवा हुनुभयो। ‘हामी गुन्टा–सुन्टा बोक्न सक्तैनौं’ भनी गुन्टा फालिदियौं। राणाका डिट्ठा अफिसरहरू र हाम्राबीच निकै रन्कारन्की पर्‍यो।
त्यसपछि पुनः हामीलाई त्यहीं निकै बेर राखियो। सायद यी सब कुरा प्रधानमन्त्री श्री ३ महाराजसम्म पुर्‍याउन र आवश्यक हुकम पाउन होला। एकतन्त्री शासनमा तल्लो तहले कुनै आँट गरेर निर्णय लिन सक्ने न त क्षमता हुन्छ, न त परम्परा नै। राजबन्दीहरूले गुन्टा बोक्नैपर्छ भन्ने कसैको हिम्मत भएन।
यत्तिकैमा अढाई–तीन बजेको हुँदो हो, हामीलाई जेलतर्फ हिँडाइयो। गुन्टा बोक्न परेन। हामीलाई जेल लैजाँदा पनि रोलक्रम मिलाएजस्तो गरी सबैभन्दा अगाडि टंकप्रसाद अनि रामहरि अनि चूडाप्रसाद अनि गोविन्दप्रसाद अनि चन्द्रमान अनि पुष्करनाथ अनि बलबहादुर अनि गणेशमान अनि हरिकृष्ण यसरी नै क्रम मिलाएर हिँडाइयो।
राणाशाहीको आतंक र कडाइ हुँदाहुँदै पनि सिंहदरबारको ढोकानिर उत्तर–दक्षिणका बाटामा निकै युवकहरू हामीलाई हेर्न जम्मा भएका रहेछन्। सिंहदरबार–भद्रकालीसम्मको माथिल्लो बाटोबाट जनताले हिँड्न पाउँदैनथे। त्यस बाटोको दक्षिण तलतिर जनताले हिँड्ने अर्कै बाटो थियो। सिंहदरबारको ढोकाअगाडि जनताले उत्तर–दक्षिण पार गर्ने टनेल बाटो थियो। हामीलाई माथिल्लो बाटो पैदल लगियो। हामी हरेकका पछाडि बन्दुकधारी सिपाही थियो र दायाँ–बायाँ पनि त्यस्तै सिपाहीहरू थिए। 
भद्रकालीमा हामीलाई हेर्न निकै मानिसहरू जम्मा भएका थिए र पर–परबाट दगुर्दै आइरहेका पनि थिए। जेलको ढोकानिरको बाग्द्वार -हाल पेट्रोल पम्प-मा पनि जम्मा भएका जनताहरू कौतुहलका साथ हेरिरहेका थिए। हामीलाई भद्रकालीबाट सोझै पश्चिम सुन्धारा पुग्ने बाटैबाटो नलगी टुँडिखेल -हाल आर्मी हेडक्वार्टरको अघिल्तिर-बाट छड्के गरी बाग्खोर पुर्‍याई २ नम्बर भद्रगोल जेलभित्र हालिएको थियो। यस बेला करिब ४ बजेको हुँदो हो।
 

उपाध्यायको पुस्तक ‘नेपालको प्रजातान्त्रिक इतिहास सन्दर्भ’बाट । नेपाल प्रजापरिषद्का संस्थापक उपाध्याय, चार सहिदसंगै पक्राउ परेका, त्यो काण्डमा जेल परेका यौद्धा हुन् 


 




प्रतिक्रिया


  1. I muyst thank yoou foor tthe efforts yoou haave putt in pennming tgis site. I reall hope tto view thhe same high-grade content bby yoou iin thee ffuture aas well. In truth, your creative wroting avilities hass inspired me too gett mmy ownn site noww ;)

    Whhen I originally conmented I clicked thhe "Notify me when new comments are added" checmbox and now each time a comment is addded I get three e-mails withh the same comment. Is there any way yoou can remove people frdom that service? Thanks a lot!

    I amm actually plesased to read this webdite postts which carries tons of useful information, thahks ffor provioding thee kinds of data.

    Whats up aare using Wordoress ffor yoour blkg platform? I'm new tto thee blog woprld but I'm ttrying to geet staqrted and sset upp mmy own. Do you require any htmml coding expertise to makme your own blog? Any hep would bbe greatl appreciated!

    Hello, yyes this piece of writing is actualy gooid and I have earned lot off things frtom iit on thhe topiic of blogging. thanks.