सत्तरी वर्षसम्म खुलेन सिंहदरवार कव्जाको रहस्य : महेन्द्र र कम्युनिष्ट बिच थियो, कुनै सहकार्य !

image

पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले यो घटनामा तत्कालीन युवराज महेन्द्रको हात रहेको वताएका छन् । पछि आफू राजा बनेपछि सिंहलाई आममाफी दिएर उनैले प्रधानमन्त्री बनाएका कारण भट्टराईको त्यो दावी सत्य नजिक भए जस्तो पनि देखिन्छ । तर यस विषयमा गहन अध्ययन अनुसन्धान नभएकाले महेन्द्रको साथ सहयोगमा सिंहदरवार कव्जा भएको हो भनिहाल्ने तथ्य फेला परेको छैन ।

नेपालको इतिहासमा माघ ८ गते विशेष छ । सत्तरी वर्ष अघि २००८ सालमा यही दिन विद्रोहीले मुलुकको प्रमुख प्रशासनीक निकाय सिंहदरवार २४ घण्टाका लागि कव्जा गरेका थिए । 
राजाहरुले राजनीतिक ‘कु’ मार्फत जननिर्वाचित सरकारलाई च्युत गरी पटक पटक सिंहदरवार कव्जा गरे पनि राणा विरुद्व २००७ सालको क्रान्तिमा लडेको मुक्ति सेनाका विद्रोही अर्थात सर्वसाधारण जनताले सिंहदरबार कब्जा गरेको त्यो नै पहिलो घटना हो । 
यस्तो दुस्साहशिक कदमको नेतृत्व गर्ने व्यक्ति मध्ये एक थिए, पूर्व प्रधानमन्त्री डा. के.आई. सिंह र उनलाई साथ दिने अर्का व्यक्ति थिए, मुक्ति सेनाका कमाण्डर रामप्रसाद राई । 
२००७ सालको क्रान्ति रोक्न भएको दिल्ली सम्झौता नमान्ने भनेर भैरहवा मोर्चामा विद्रोह गरेका डा. केआइ सिंहलाई सरकारले पक्राउ गरी थुनामा राखेको थियो । केही समय भैरहवामा राखिएका उनलाई पाल्पा सारियो र त्यहाँबाट रातारात काठमाडौं ल्याई सिंहदरवारमा थुनियो । त्यसै गरी संझौताको विरोधमा रहेका मुक्ति सेनाका कमाण्डरहरु रामप्रसाद राई र अग्निप्रसाद खरेल लगायत अरु केही सदर जेलमा थिए । 
यिनै विद्रोहीहरुको नेतृत्वमा रक्षादलका सिपाहीले राति नै बारुदखाना, तोपखाना, बन्दूकखाना, मुलुकीखाना, प्रमुख सचिवालय लगायत मुख्य मुख्य स्थान कव्जा गरी त्यहाँको टेलिफोन सम्पर्क विच्छेद गरिदिए । 
रक्षा दलमा विद्रोह भएको खवर फैलिएपछि प्रधानमन्त्री मातृकाप्रसाद कोइराला सहित अधिकांश मन्त्री राति नै भागेर नारायणहिटी दरवार पुगे । तर मन्त्री गणेशमान सिंहलाई भने विद्रोहीले आफ्नो कव्जामा लिई हाले । त्यो वेलाको संक्रमणकालीन अवस्थामा राणाको वाहुल्यता रहेको राष्ट्रिय सेना माथि कांग्रेसको विश्वास थिएन । त्यसैले कांग्रेसका तर्फबाट मन्त्री भएकाहरुको सुरक्षाका लागि मुक्ति सेनाबाट रक्षा दलमा परिणत भएको फौजका सदस्यहरुलाई खटाइएको थियो । यसरी आफ्नै वडीगार्डले मन्त्री सिंहलाई कव्जामा लिएका थिए । 
सिंहदरवार कव्जा भएको खुसीयालीमा माघ ९ गते बिहान कम्युनिष्ट पार्टीका कार्यकर्ता गौरीभक्त प्रधान लगायत केही मानिस जीपमा चढेर माइकिङ गर्न थाले ।
उता टुँडिखेलमा राष्ट्रिय सेना तैनाथ भयो, विद्रोहीबाट सिंहदरवार मुक्त गर्ने मिसनका साथ । नारायणहिटी भित्रको फौजलाई सिंहदरवार घेराउ गर्न थप खटाइयो । अपरान्ह्र १२ वजेसम्म अधिकांश विद्रोही पक्राउ परे । झण्डै तीन घण्टा सिंहदरवार भित्र रहेको विद्रोही र टुडिखेल तिर पोजिसन लिएर बसेको सरकारी सेनाका विच दोहोरो फायरिङ भयो । 
केही सैनिक घाइते भए । एकजना नागरिकको मृत्यु भयो । रक्षादलका एक चालक मारिए । 
अन्तमा माघ १० गते डा. के.आई. सिंह सहित विद्रोहीहरु सिंहदरवारको पर्खाल नाघेर भागे । अनी मात्र प्रमुख प्रशासनीक सचिवालय सरकारी सेनाको मातहतमा आयो । 

सिंहदरबार विद्रोहमा सामेल रामप्रसाद राई मारिए । भागेर चीनको शरणमा पुगेका डा केआइ सिंह ६ वर्षपछि २०१४ मा स्वदेश फर्किए । तत्कालीन राजा महेन्द्रले उनलाई आम माफि दिएर वोलाएका थिए र त्यही बर्षको साउनमा उनी मुलुकको प्रधानमन्त्री बनाइए । यसरी सिंहदरवार कव्जा गर्ने विद्रोही १० महिना मुलुकको प्रधानमन्त्री भए ।
अझै पनि रक्षा दल विद्रोहमा कसको हात थियो भन्ने बिषय रहस्यमय नै छ । पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले यो घटनामा तत्कालीन युवराज महेन्द्रको हात रहेको वताएका छन् । पछि आफू राजा बनेपछि सिंहलाई आममाफी दिएर उनैले प्रधानमन्त्री बनाएका कारण भट्टराईको त्यो दावी सत्य नजिक भए जस्तो पनि देखिन्छ । तर यस विषयमा गहन अध्ययन अनुसन्धान नभएकाले महेन्द्रको साथ सहयोगमा सिंहदरवार कव्जा भएको हो भनिहाल्ने तथ्य फेला परेको छैन ।

केही लेखकहरुले यो घटनामा कम्युनिष्टहरुको हात थियो पनि भनेका छन् । त्यो घटनापछि सरकारले नेपाल कम्युनिष्ट पार्टी माथि प्रतिवन्ध पनि लगायो । तर त्यति बेला सिंहदरवार कव्जा गर्ने शक्ति कम्युनिष्टहरुसंग थियो भनेर पत्याउने आधार पनि भेटिदैन । 




प्रतिक्रिया


  1. C4b4A3M0D4

    генетическая травма,генетическая травма дизайн человека, родовая травма,исцеление травмы,сакральная травма,сакральная рана,генетические травмы,исцеление родовой травмы,кармические узлы,родовые программы,психоэмоциональные блоки,родовая память,генетическая память,энергетическое очищение рода, духовная трансформация,генетическая травма в дизайне человека,родовая генетическая травма,генетическая травма отрицания,генетическая травма вины,генетическая травма отвержения, генетическая травма предательства,генетическая травма подавления, генетическая травма разделенности,генетическая травма разделения,генетическая травма стыда,как вычислить генетическую травму,как определить свою генетическую травму

    Faber est suae quisque fortunae

    Excellent post. I was checking continuously this blog and I am impressed! Extremely helpful information particularly the ultimate section :) I deal with such info much. I was looking for this certain info for a very long time. Thanks and best of luck.

    When I initially commented I clicked the "Notify me when new comments are added" checkbox and now each time a comment is added I get four emails with the same comment. Is there any way you can remove people from that service? Thanks!

    Woah! I'm really enjoying the template/theme of this site. It's simple, yet effective. A lot of times it's difficult to get that "perfect balance" between superb usability and visual appearance. I must say that you've done a awesome job with this. In addition, the blog loads very fast for me on Chrome. Outstanding Blog!

    You made some decent points there. I checked on the internet to find out more about the issue and found most people will go along with your views on this site.

    I've been browsing online more than 3 hours today, yet I never found any interesting article like yours. It is pretty worth enough for me. In my opinion, if all web owners and bloggers made good content as you did, the web will be a lot more useful than ever before.

    Write more, thats all I have to say. Literally, it seems as though you relied on the video to make your point. You clearly know what youre talking about, why waste your intelligence on just posting videos to your blog when you could be giving us something informative to read?

    Normally I don't learn post on blogs, but I wish to say that this write-up very compelled me to try and do it! Your writing taste has been amazed me. Thanks, quite nice article.

    Hello There. I found your blog using msn. This is a really well written article. I'll be sure to bookmark it and return to read more of your useful info. Thanks for the post. I'll certainly comeback.