ज्ञानेन्द्रको प्रस्ताव प्रचण्डलाई : तिमी र हामी मिलेर सत्ता चलाउ, संसदवादी नेतालाई म जेल हालिदिन्छु

image

अध्यक्ष दाहालले महरा मार्फत खवर पाए ‘राजाले प्रस्ताव गरेका छन् । माओवादी र दरवार मिलौ । संसदवादी दलका नेतालाई जेल हालौं । म तयार छु ।’ दरवारको योजना अनुसार राजा हेलिकप्टरमा ढोरपाटन शिकार आरक्ष आउने र अध्यक्ष प्रचण्डसंग बसेर सबै कुरा टुङग्याउने कुरा तय भएको खवर अध्यक्ष दाहालसम्म आई पुगेको थियो ।’ दरवारको सन्देश पाए पाछि अध्यक्ष दाहालले राजासंगको भेटवार्तामा के कस्ता एजेण्डा उठाउने भनेर नोट गर्न थालि सकेका थिए ।  

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शाहवंशका अन्तिम राजा ज्ञानेन्द्र र माओवादी अध्यक्ष पुष्पकमल दाहालका विच पाँच वुदे सहमति भएको अभिव्यक्ति दिएसंगै मुलुकको राजनीतिमा यो बिषय चर्चाको शिखरमा छ ।

राजाले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई बर्खास्त गरी शासनसत्ता हातमा लिएपछि माओवादीलाई सत्तामा ल्याउन खोजेका थिए । यस प्रसंगमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले लेखकलाई सुनाए ‘राजा ज्ञानेन्द्रसंग मेरो कहिल्यै सिध कुरा भएन । देउवालाई असक्षम भनेर वर्खास्त गरेका राजा ज्ञानेन्द्रले फेरी उनैलाई प्रधानमन्त्री वनाए पछिको कुरा हो । मैले एउटा वक्तव्य दिएको थिए, अव नोकरसंग वार्ता गरेर केही अर्थ भएन । मालिकसंगै गरिन्छ ।’ 
दुई पटक सरकारसंग वार्ता टेवलमा वसिकेका नेता कृष्णवहादुर महराले ति दिन सम्पर्क श्रोत मार्फत दरवारसंग सम्वाद गरिरहेका थिए । राजासंगको कुराकानी बारे महरा दिनहु अध्यक्ष दाहाल (प्रचण्ड) लाई रिपोटिङ हुन्थ्यो । 
यस सन्दर्भमा माओवादी नेता महराले लेखकलाई सुनाए ‘दरवारका मान्छे हौं । राजासंग भेटेर आयौं भन्थे । रामबहादुर थापा र मैले उनीहरुसंग धेरै पटक राजालाई भेट्नु प¥यो भन्यौ तर पाएनौ ।’
राजाका प्रतिनिधि र माओवादी विच विभिन्न चरणमा कुरा भयो । माओवादीले राजा ज्ञानेन्द्रलाई सन्देश पठाए ‘तपाई गद्वि छोड्नु होस् या त शक्ति । गद्धि छोडेर निर्वाचन आउनु भयो भने तपाईलाई हामी पहिलो राष्ट्रपति वनाउछौं । सेनाको सर्वोच्च कमाण्डर छोडेर शाही सेनालाई निर्वाचित सरकारको मातहतमा ल्याउन सहयोग गर्नुहोस् । संवैधानीक राजाको भूमिकामा रहनुस् ।’
दरवारका प्रतिनिधिहरु भन्ने गर्थे ‘सहमतिको विषयमा तपाईहरु आफै राजासंग कुरा गर्नुस् । हामी भेटको तारतम्य मिलाउछौं । वरु राजालाई भेट्दा एउटा टोपी व्यवस्था चाँही लगाई दिनु होला ।’ ति दिन महरासंग टोपी थिएन । उनी भन्ने गर्थे ‘टोपी त किनौला, कुन ठूलो कुरा भयो र ।’ राजासंग आज भेट हुन्छ, भोली हुन्छ भन्ने खवर आइरहदा महरा टोपी लगाएर तयारी अवस्थामा वसेका हुन्थे तर पनि भेटको तारतम्म मिलिरहेको थिएन ।’ 
दरवारका प्रतिनिधिहरु भन्थे अहिले मिलेन अर्को दिन खवर गछौं । 
त्यस विच अध्यक्ष दाहालले महरा मार्फत खवर पाए ‘राजाले प्रस्ताव गरेका छन् । माओवादी र दरवार मिलौ । संसदवादी दलका नेतालाई जेल हालौं । म तयार छु ।’ दरवारको योजना अनुसार राजा हेलिकप्टरमा ढोरपाटन शिकार आरक्ष आउने र अध्यक्ष प्रचण्डसंग बसेर सबै कुरा टुङग्याउने कुरा तय भएको खवर अध्यक्ष दाहालसम्म आई पुगेको थियो ।’
दरवारको सन्देश पाए पाछि अध्यक्ष दाहालले राजासंगको भेटवार्तामा के कस्ता एजेण्डा उठाउने भनेर नोट गर्न थालि सकेका थिए ।  
यस प्रसंगमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले लेखकलाई सुनाए ‘प्रचण्डजी राजासंग संझौता गर्दा अधिकार पाइन्छ भने लिदा हुन्छ भन्नेमा हुनुहुन्थ्यो । ढोरपाटनमा राजासंग भेट्ने कुरा भएको प्रचण्ड आफैले मलाई सुनाउनु भएको हो । त्यो वेला उहा“ राजासंग मिलेर सत्तामा पुग्न खोजेको वुझ्थे म । हामी दुवै भूमिगत रुपमा छुट्टा छुट्टै बस्थ्यौ । एक दिन वेलुका प्रचण्डले अचानक मलाई फोन गरेर भन्नु भन्नुभयो । राजावाट यस्तो प्रस्ताव आयो । बार्ता गर्ने, मिलेर जाने सम्भावना भयो । दुई सेना मिलाउने र सत्ता वाडफाट गर्ने र हामीले पनि राजालाई स्थान दिने भनि सके पछि त यो पुरै रायमाझीको अवतार भयो भनेर मैले भने यो त एकदमै गलत हुन्छ ।’ प्रचण्डको कुरा सुने पछि बाबुरामले आफ्ना सहयोगी डोरप्रसाद उपाध्याय (पूर्व सांसद)लाई भनेका थिए ‘प्रचण्डले राजासंग मिल्ने कुरा गर्नुभयो । यो सर्वथा गलत हुने छ । हामी मर्ने सम्भावना पनि हुनसक्छ । म मरेछु भने पनि इतिहासमा तपाईले यो रकेर्ड राख्नु होला ।’
त्यो वेला माओवादीमा प्रष्ट दुई धार थिए । राजासंग वार्ता गरी सत्तामा जाने लाईनमा अध्यक्ष प्रचण्ड र दलहरुसंग सहकार्य गरी गणतन्त्रमा जानु पर्छ भन्ने बाबुराम पक्ष । २०६१ माघ को कुरा हो । रुकुमको लाहवाङ सम्पन्न माओवादी पोलिटव्युरो बैठकले पा“च दिनको गर्मागर्म वहस पछि राजासंग बार्ता गर्ने निर्णय पारित ग¥यो । गणतन्त्र पक्षधर वावुराम भट्टराईलाई ‘भारतपरस्त गद्दार’ को आरोप लगाउदै साधारण सदस्यता मात्र रहने गरी माघ १७ गते अनिश्चितकालका लागि निष्काशन गरियो । 
त्यो बैठकमा भट्टराईले भनेका थिए ‘म माथि लगाइएको आरोप प्रमाणित भए जनमुक्ति सेनाकै एउटा गोलीले उडाई दिए हुन्छ (क“डेल, २०७५ ः २४८)।’ जवाफमा जनसेनाका नेताहरुले भने ‘गद्दारलाई जनसेनाको गोली खर्चिइदैन (क“डेल, २०७५ ः २४८)।’ भट्टराई सहित उनी दिनानाथ शर्मा र हिसिला यामी (भट्टराई पत्नी) लाई छापामारहरुको घेरामा राखियो । राजा ज्ञानेन्द्र र माओवादी अध्यक्ष प्रचण्ड विच सहकार्यको अन्तिम तयारी भैरहदा वावुराम माथि कारवाही भएको थियो । 
राजाले २०६१ माघ १९ गते सैनिक ‘कु’ मार्फत मुलुकको शासनसत्ता आफ्नो हातमा लिए । त्यो दिन विहानसम्म पनि अध्यक्ष प्रचण्ड राजाले सकारात्मक संकेत दिने आसामा कानमा रेडियोमा लगाएर वसेका थिए ।’ तर उनको अपेक्षा विपरित देउवा सरकार विघटन गरी राजाले कार्यकारी अधिकार आफ्नै हातमा लिएको घोषणा मात्र गरेनन्, माओवादीलाई वाटो विराएका अपराधी भनेर संवोधन गरिदिए । अनी वल्ल प्रचण्ड झल्यास्स भए ।’ त्यति वेलासम्म माओवादी भित्र खुलेआम ‘प्रचण्डलाई दरवार परस्त र वावुरामलाई भारत परस्तको आरोप लगाउने’ होडवाजी शुरु भैसकेको थियो । राजासंग मिलेर सत्तामा जाने अध्यक्ष प्रचण्डको सपना तुहयिो । 
राजाले आफ्नै अध्यक्षतामा मन्त्रीपरिषद गठन गरी देशभर संकटकाल लगाए । प्रमुख दलका शिर्ष नेता घरमै नजर वन्द गरिए । संचारगृहमा सेनाको व्यारेक राखेर सेन्सर हुन थाल्यो । माओवादीसंग नरम व्यवहार गर्दै आएका राजा अव सैनिक समाधान गरेर आफू सर्वशक्तिवान हुने लाइनमा गैसकेका थिए । 
पूर्व प्रधानमन्त्री दाहालले लेखकलाई सुनाए ‘त्यति वेला राजाले कु नगरी हामीसंग वार्ता गरेको भए इतिहास अर्कै तिर जान सक्थ्यो । कुनै स्वरुपको राजतन्त्र रहन पनि सक्थ्यो ।’ तर संसदवादी र माओवादी दुवैलाई धोका दिए । 




प्रतिक्रिया


  1. Precios de medicamentos en Australia 123ratio Tome acquisto online di farmaci a Buenos Aires

    Thanks for some other excellent post. The place else could anyone get that kind of information in such a perfect manner of writing? I have a presentation subsequent week, and I am on the search for such info.

    бірінші адамға өмір керек, адамға ең бірінші білім емес дарига бадыкова дети, дарига бадыкова семья дети тұрақты сөз тіркестер сөздігі, тұрақты тіркестер мысалдар мағынасымен таныстыру сөздері мұғалімге слайд, таныстыру сөздері қазақ тілі

    ата ана туралы тақырыптар, ата-ана туралы өлең шумақтар балабақша сөз байланысын сызбамен көрсету, сөйлемдегі сөздердің байланысы 3 сынып факты майские жуки бәрі түзеліп келеді музыка скачать, көк жиектен күн көрінеді текст

    image гороскоп для діви риси характеру

    діти в таро які карти показують сіріус планетарій сочі таро значення карт еротичного таро 2016 рік гороскоп на січень 2016

    acheter du médicaments en Allemagne Genericon Xico Medikamente kaufen in Europa

    Les avantages de commander médicaments sur internet kern pharma Bresso dove acquistare i farmaci

    image acheter des comprimés de médicaments Cevallos Montería

    Precios bajos de tabletas Actavis Overveen farmaci senza prescrizione medica e consegna immediata

    image médicaments achat en ligne en France orifarm Le Rœulx

    medicamentos sin receta en Suiza Pharlab Aerdenhout bestel medicijnen in Brussel

    kopen van medicijnen in Frankrijk Daito Villa di Serio medicijnen om te kopen in Frankrijk