राजसंस्था आज जसरी पतन भएको छ, त्यसलाई विचार गर्दा त्यो बेला कार्टुन निकै कडा भएछजस्तो लागेर आउँछ ।
दलहरू राजा फालेर गणतन्त्र ल्याउनुपर्छ भन्न थालेका बेला गिरिजाप्रसाद कोइराला राजसंस्था पूरै फाल्न नहुने बरु ‘बेबी किङ’ भए पनि राख्नुपर्छ भनिरहेका थिए । सञ्चारमाध्यम नियन्त्रितजस्तो अवस्थामा थियो ।
सेन्सरसिप लागेकाले खबर दुब्लाएर आउन थालेका थिए । सम्पादकीयसमेत सामान्य विषयमा आउन थालेका थिए । समाचार हेर्दा लाग्थ्यो— चारैतिर स्खलित अवस्थाछ । कार्टुन बनाउन जाँगर मरिरहेको थियो । कसलाई व्यंग्य गर्ने, केलाई हान्ने भन्ने दुविधा थियो । मलाई झोंक चलिरहेको थियो । मलाई लाग्दै थियो— कान्तिपुरभित्र पनि दुई धार छ, स्थिति राजाको पक्षमा बलियो हुन्छया गणतन्त्रको बिस्तारै उठेको मागमा । पत्रिकाले जनताको पक्षमा लेख्थ्यो तर, समाचार हेर्दा धेरै सम्पादकीय समूहले धेरै सावधानी अपनाइरहेको जस्तो लाग्थ्यो । राजसंस्था संवैधानिक व्यवस्थामा बस्न रुचाइरहेको थिएन, बिस्तारै जनतामा राजसंस्थाप्रति नकारात्मक लहर बढ्दै थियो । जनतालाई सुसूचित गर्ने भनिए पनि सञ्चारगृहमा आखिर ठूलो लगानी छ । यसले आफ्नो भविष्यबारे सोचेन भने लगानीकर्तामात्रै होइन यसमा आश्रित सबैलाई गाह्रो पर्छ नै ।
म पोखरा बस्छु । काठमाडौंका कुरा पत्रिका, टीभी र रेडियोबाट नै थाहा पाउने हो । अभिव्यक्ति स्वतन्त्रता भएन भने पत्रकारिताको के अर्थ ∕ कसरी काम गर्लान् भन्ने लागिरहेको थियो । प्रतीक प्रधान त्यसबेला काठमान्डु पोस्टका सम्पादक थिए । एक साँझ उनले फोन गरे, ‘दाइ, केही यस्तो कार्टुन बनाउनुपर्यो । अलि गोद्ने खालको ।’ मैले ‘हुन्छ’ भनें । मलाई लाग्यो, गणतन्त्र पक्षधरको मत बलियो भएको अवस्था हुनुपर्छ । त्यसबेला दी काठमान्डु पोस्ट र कान्तिपुरमा एउटै कार्टुन छापिन्थ्यो । कान्तिपुरमा नेपाली, पोस्टमा त्यसैलाईअंग्रेजी बनाएर ।
कार्टुन साँच्चै चोटिलो, दनक दिने खालको बनाउन मुडमा पनि भर पर्छ । मैले धेरै सोचिनँ । कार्टुन बनाएँ, पठाएँ । पठाएपछि अफिसमा सम्पादकीय समूहको बैठक भएछ । ‘जे पर्छ पर्छ छापौं’ भन्ने सबैको सल्लाहपछि छापिएछ । पोखरामा पत्रिका त्यो बेला अलि ढिला आइपुग्थ्यो । भोलिपल्ट मात्रै मैले हेर्न पाएँ । कार्टुन गिरिजाप्रसाद कोइरालाले गधारूपी राजसंस्था बोकेको थियो ।
जीवनमा त्यसअघि पनि धेरै कार्टुन बनाएको थिएँ र अहिलेसम्म निरन्तर बनाइरहेको छु । तर, त्यो कार्टुन सधैं सम्झनामा रहिरहने बन्यो । त्यसले बहस मात्रै सिर्जना गरेन, पक्राउ पर्ने पनि सम्भावना बढायो । नारायण वाग्लेले फोन गरे, ‘कान्तिपुरका सम्पादक, प्रकाशक र कार्टुनिस्टलाई पक्राउ गर्ने कुरा छ ।’ घरमा सुनाएँ । के होला कसो होला भनेर परिवारमा अलि चिन्ता पनि भयो । त्यो फोनले सतर्क गराए पनि म घर छाडेर कतै गइनँ । बरु पक्राउ गरेर लगिहाले भने मलाई दिनदिनै चाहिने सामान के–के हुन्छ त्यो ठीक पारेर राखेँ । ती दिन प्रहरी हिँडेको देख्ता पनि मलाई लैजान आएका हुन् कि जस्तो लाग्दै थियो । तर एक, दुई, तीन दिन बित्यो तर पक्राउ गरेनन् ।
राजसंस्था आज जुन अवस्थामा पुगेको छ, त्यसलाई विचार गर्दा त्यो बेला कार्टुन निकै नै कडा भएछजस्तो लागेर आउँछ ।
म कुनै बेला ‘गोरखापत्र’ मा काम गर्थें । मनमोहन अधिकारीले ल्याएको अविश्वास प्रस्ताव फेल भएको बेला बनाएको एउटा कार्टुन थियो । सिकार खेल्न गएका मनमोहन भाँचिएको बन्दुक लिएर फर्किएको । सरकारी सञ्चारमाध्यमले त्यस्तो कार्टुन छापेर विपक्षीको मानमर्दन गरेको भनेर त्योबेला सदनमै हंगामा भएको थियो ।
मेरो कार्टुन कलाको यात्रा रमेशनाथ पाण्डेले चलाउने ‘नयाँ सन्देश’ बाट सुरु भएको थियो । ती दिन उनले मलाई के कस्तो बनाउने भनेर हिन्ट्स दिन्थे । म त्यहीअनुसार बनाउँथेँ । ती मेरा सुरुआती दिन थिए । ‘समीक्षा’, ‘मातृभूमि’, ‘राष्ट्रपुकार’ र ‘देशान्तर’ लगायत थुप्रै साप्ताहिक पत्रिकामा काम गर्दागर्दै २०५२ बाट म कान्तिपुर पब्लिकेसन्समा आबद्ध भएको हुँ । त्यसबेला श्यामबहादुर केसी सम्पादक थिए । म पोखरा घर फर्किएको थिएँ । मलाई कान्तिपुरमा काम गरौं भन्ने प्रस्ताव लिएर किशोर नेपाल भेट्न आए । मैले काम थालेँ । पत्रिका श्यामश्वेत निस्कन्थ्यो । कार्टुन पनि श्यामश्वेत नै बनाउनुपथ्र्यो । म कार्टुन बनाएर फयाक्सबाट पठाउँथें ।
पोखरामा म चित्र कोर्दै, कार्टुन बनाउँदै एउटा शैक्षिक संस्थामा ‘आर्ट’ पनि पढाउँथें । सम्पादकसँग कैलाश (सिरोहिया) सर र विनोद (ज्ञवाली) सरको सल्लाह भएछ । ‘के पोखरा बसिरहनुहुन्छ, आउनुस् । यतै आएर काम गर्नुस्,’ भन्ने बोलावट आयो । त्यसैले २०५६ पछि म ‘फुल टाइमर’ भएर काठमाडौंमैकाम गर्न गएँ ।
छोराहरू हुर्किए, पढ्न काठमाडौं नै पुगे । घर हेर्ने कोही भएन । अनि म २०५८ मा फेरि पोखरा फर्किएँ । प्रविधि छिटोछिटो विकसित भइरहेको थियो । पत्रिका रंगीन भइसकेको थियो भने कार्टुन अब फयाक्समा पठाउनुपर्ने अवस्था थिएन । बनाएर ‘स्क्यान’ गरेर इमेल गर्दा हुन्थ्यो । म कार्ट‘न बनाउँथें, बजारमा मैले इमेल गर्ने साइबर थियो । शनिबार कार्टुन पठाउनुपर्ने, शनिबार नै पोखराको बजारलाई सप्ताहिक बिदा लाग्ने । पोखरामा धेरै पानी पर्छ । मैले कार्टुन मेल गर्न लिएर निस्केका दिन धेरैपल्ट भारी वर्षा भएर हैरान पारेको अनुभव छ । धन्न साइबर सञ्चालक भाइले बजार बन्द हुँदाका दिन पनि मलाई इमेल गरिदिने व्यवस्था मिलाएका थिए । गर्दागर्दै कम्प्युटर सिक्ने प्रयास गरेँ । मलाई फोटोसपमा काम गर्नुपर्ने, कम्प्युटर सिक्ने अरू धेरैका लागि फोटोसप प्राथमिकताको विषय थिएन । पछि घरमा कम्प्युटर ल्याइयो । आफैं स्क्यान गरेर पठाउन सजिलो हुन थाल्यो तर एउटा समस्या पनि आयो । त्यो के भने मेरो नाति सत्कार (छोरीको छोरा) ले चलाएर कम्प्युटर बिग्रिरहन्थ्यो । बोकेर बनाउन बजार गइरहनुपथ्र्यो । आज नाति ठूलो भएर आईटी पढ्नकै लागि काठमाडौं पुगिसकेको छ । उसलाई कम्प्युटरमा आउने समस्या फोनबाट भन्दा उसले उतैबाट अनलाइन बसेर ‘रिमोट मनिटर’ बाट कम्प्युटर बनाइदिन्छ । अहिले मैले घरैबाट कार्टुन इमेल गरेर पठाउन थालेको ६ वर्ष भयो ।
धेरैले सोध्छन्, ‘कसरी बनाउनुहुन्छ कार्टुन ? कसरी विषय फुर्छ ।’ यसको सोझो जवाफ दिन सजिलो छैन । कार्टुन धेरैपल्ट झ्वाँकले बनाइन्छ । देश, काल, परिस्थिति बुझिरहेर खबर पढ्दा–सुन्दा, चिया गफमा निस्कँदा सर्वसाधारण मान्छेका सुनेका कुरा पनि घत पर्ने हुन्छन् । ती प्रेरणाका स्रोत हुन् । धेरैलाई लाग्दो रैछ, ‘कान्तिपुरको सम्पादक र सम्पादकीय समूहले यस्तो बनाउनुस् भनेर सुझाव दिँदा होलान् ।’ तर, मेरो यत्रो वर्षको अनुभवमा कहिल्यै पत्रिकाका जिम्मेवार कसैले पनि यस्तो कार्टुन बनाएर पठाउनुस् भनेका छैनन् । जे पठायो, छापेका छन् । राजनीतिप्रेरित व्यंग्यात्मक कार्टुनले बेलाबेला चर्चा पाउँछन् । सामाजिक प्रवृत्तिमाथिका कार्टुन पनि मान्छेलाई निकै घत पर्ने रहेछन् ।
मैले कान्तिपुरमा चार जना सम्पादकसँग काम गरिसकेँ । सबैका आआफ्नै खालका बानी । श्याम केसीले कार्टुन छापिएको साता फोन गरेर कस्ता प्रतिक्रिया आए भनेर सुनाउँथे । मलाई लाग्छ, त्यो मेरा लागि हौसला बढाउन थियो । युवराज घिमिरे सालीन, कम बोल्ने र जरुरी परे मात्रै कुरा गर्ने बानीका । नारायण वाग्ले पहिल्यैदेखि काम गरेका भएकाले कुराकानीमा फरासिला । अहिलेका सम्पादक सुधीर शर्मा ठिक्क बोल्ने । के चाहिएको छ, के सहयोग गर्नुपर्छ भनेर सोध्ने बानी छ उनको । हुन त सम्पादकको ओहदा नै त्यस्तो होला, ‘पर्सनालिटी मेन्टेन’ का लागि पनि ठिक्क बोल्दा होलान् । तर, कार्टुनकै विषयमा किन यस्तो बनाउनुभयो भनेर कहिल्यै कसैले सोधेका छैनन् । यसले मलाई स्वतन्त्र निर्णय गर्दै कार्टुन कोर्न सजिलो छ ।
युवराज घिमिरे सम्पादक भएका बेला बनाएको तत्कालीन भारतीय प्रधानमन्त्री अटलविहारी वाजपेयीको कार्टुनका विषयमा दूतावासले आपत्ति जनाएछ । मलाई थाहा भयो । तर, सम्पादकले मलाई केही भनेनन् । मेरो अनुभव के हो भने जे समाचारमा प्रस्ट भन्न गाह्रो छ, त्यसलाई कार्टुनमा डयाम्म दिन पाउँदा सम्पादकीय समूह खुसी हुन्छ । मलाई दिएको जिम्मेवारीमा सम्पादकीय समूहको अपेक्षा मैले बुझेको छु । त्यसैले पनि मलाई सायद यस्तो पठाउनुस् नभनेका होलान् । कलाकारलाई आदेश, निर्देशनको परिधिभित्र बाँधिएन भने उसको सिर्जना सबैले मन पराउने बनाउन सजिलो पनि हुन्छ । म जनभावनासँग मेल नखाने विषय छान्दिनँ ।
कतिले मलाई सोध्छन्, ‘कार्टुन बनाएर के हुन्छ, कसलाई पेच पर्छ ?’ मलाई लाग्छ, नैतिकतामा बसौं भन्नेलाई धेरै घोच्छ । अनैतिकलाई जस्ता खबर र कार्टुनको पनि असर पर्दैन । अनैतिकको घेरामा पनि केही ‘इथिक्स मेन्टेन’ गरेर जानुपर्छ भन्नेहरू हुन्छन्, तिनलाई कार्टुनले पेच पर्छ । सच्चिन प्रयास गर्छन्, आफूले भन्न हुने ठाउँमा सल्लाह देलान् ।
कार्टुन बनाउने काम यथार्थ र सिर्जनशीलताको सम्मिश्रण हो । भएकैकुरालाई कार्टुनमा चोटिलो तरिकाले दिनुपर्दा चित्रका भाव र तिनमा राखिने संवादको मेल एकदमै जरुरी छ । खबरले जे शब्दमा प्रस्ट भन्न गाह्रो पर्छ वा सकिँदैन, ती कुरा कार्टुन मार्फत अभिव्यक्त गर्न सकिन्छ । मुख्य कुरा ‘कन्सेप्ट’ हो, के बनाउने भन्नेमा प्रस्ट भइयो भने चित्र कोर्न गाह्रो पर्दैन । ड्रइङ र कलर ठूलो कुरा होइन । धेरैपल्ट के बनाउने भन्नेमा अलमल हुन्छ । यसो विचार गर्दा ‘यो ठीकहुन्छ, यसलाई हान्नुपर्छ’ भन्ने भएपछि म बनाउन बसिहाल्छु ।
v5X8a2L5N8
Погрузитесь в мир кинематографа отличного качества онлайн - ведущий онлайн кинозал. Смотреть кино в интернете идеальное решение в 2024 году. Видеоконтент онлайн отменном качестве kinokrad
medicamentos sin prescripción Combix Krems an der Donau dónde encontrar medicamentos en Buenos Aires
n6e9P8h6g5
наснилося що стрижка каре якщо сниться колишнє кохання до чого це сниться символіка карти таро диявол молитва матері за сина, який перебуває під слідством
médicaments vente libre en Suisse Daito Caseros prijs van medicijnen met een recept in Nederland
peut-on obtenir du médicaments sans ordonnance Teva Binche farmacia online in Italia che vende farmaci
comprar medicamentos en Bélgica sin receta médica Landsteiner Sint-Niklaas médicaments en pharmacie en ligne : comment éviter les contrefaçons ?
comprar medicamentos en Francia Zentiva El Jagüel medicijnen te koop in Europa