गणतन्त्र कार्यान्वयन : रोमाञ्चक अनुभूती र नक्कली श्रीपेचको त्रास

image

तीन बजेतिर अचानक राजप्रसाद सेवाका राजकीय सम्पत्ति कोषका एक कर्मचारी श्रीपेचसहितका सामान बुझाउन आइपुगे। हामीले फायरप्रुफ सेफ लगिसकेका थियौं। यी बहुमूल्य सामान सक्कली हुन् कि नक्कली यकिन गर्न सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यसहितको टोलीले श्रीपेच, टायरालगायतका सामानमा जडित हिरा, मोती, माणिक्य परीक्षण गरी मुचुल्का गरिदिएपछि नेपाली सेनाको मागअनुरूप शाही अतिथिका लागि नयाँ बनाइएको सैलुन कोठामा श्रीपेच, टायरा, राजदण्ड, श्रीपेचको रेल्पिका सेफमा म, रक्षा सचिव, सामान्य प्रशासन सचिवसहितले लाहछाप लगाई सिल्ड गर्‍यौं। 

अढाई सय वर्षको राजतन्त्र ढालेर गणतन्त्र घोषणा हुनु नेपालको इतिहासमै अभूतपूर्व घटना थियो। तर मुलुकमा गणतन्त्र त्यति सहजै आएको भने होइन । दोस्रो जनआन्दोलनबाट पुनः स्र्थापित संसद्बाट गणतन्त्र स्थापना गर्ने क्रम शुरु भयो । त्यस पछिका घटनाको ‘फ्ल्यासब्याक’ रोमाञ्चक लाग्छ। 
२०६२–०६३ को जनआन्दोलनबाट पुनः स्थापित प्रतिनिधिसभाले नेपालको म्याग्नाकार्टा भनिने ‘संसद्को घोषणा’ २०६३ जेठ ४ गते जारी गरेको थियो। त्यसै दिनदेखि निरंकुश राजतन्त्रका सबै प्रचलन र परम्परा हटाउँदै राजाका विशेषाधिकारसमेत निलम्बनमा परे ।  श्री ५ को सरकारको सट्टा ‘नेपाल सरकार’ लेख्ने, शाही नेपाली सेनालाई ‘नेपाली सेना’ बनाउने, राष्ट्रिय गीत फेर्ने, राजतन्त्रलाई निलम्वन गर्ने र तत्कालका लागि राज्यप्रमुखको जिम्मेवारी प्रधानमन्त्रीले बहन गर्ने, राजतन्त्रको भविष्य संविधानसभाको पहिलो बैठकबाट तय गर्ने युगान्तकारी निर्णय भए । 
संसद्को त्यो घोषणा हुने दिन एउटा हल्लाले काठमाडौंको बातावरण निक्कै ततायो । संसदले राजाका अधिकार कटौती गर्नु अघि नै  सेनाले संसद घेर्दै छ । नेताहरुका दिन अव गए । सबै गिरप्तार हुदैछन् । 
 यसबाट सिर्जना हुनसक्ने सम्भावित खतराबाट त्यहाँ उपस्थित सबै आतंकितजस्तै देखिन्थे। प्रधानसेनापति प्याराजंग थापा र उनी पछिको कमाण्डमा बलाधिकृत रथीमा रुक्मांगत कटवाल थिए। पूर्ण सन्नाटाबीच तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उक्त घोषणा वाचन गरे । तर हल्लाविपरीत त्यहाँ कुनै घटना भएन। पछि मैले विभिन्न स्रोतबाट चुहिएको समाचारबाट थाहा पाए सैनिक नेतृत्वले जनमतविपरीत जान नमानेपछि यो दुर्घटना रोकिएको थियो। 
ति दिन म गृह सचिव थिए । ‘ श्री ५ को सरकार’ लाई ‘नेपाल सरकार’ ले विस्थापित गर्दै सरकारी छाप र लेटर प्याड संसद घोषणाको भोलीपल्टैवाट लागू गर्ने दायित्व मेरो काँधमा थियो। रातरात नेपालभरका कार्यालयमा त्यो निर्णय कार्यान्वयन गर्ने बातारण बनाइयो 
राजाका अधिकार क्रमश काटिदै लगियो । अनि २०६४ चैत्र अन्तिम साता संविधानसभा निर्वाचन सम्पन्न भयो । संविधानसभामा ६०१ सदस्य रहने भएपछि सिंहदरबारभित्रको संसद् भवन (ग्यालरी बैठक) अपुग हुने भयो । त्यसैले बानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संविधानसभा भवन वनाइयो ।  सुरक्षाको दृष्टिकोणले सुरक्षा पोस्ट्हरू तयार पार्ने र वरिपरि कन्सोर्टिना तार राख्ने काम नेपाल प्रहरी लगाएर रातारात तयार पार्न लगाइयो। २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठक हुने दिन  सभाहल बेहुली झैं सिँगारियो । आफ्ना जनप्रतिनिधिमार्फत संविधान लेख्ने नेपाली जनताको ६ दशकदेखिको चाहना पुरा हुने दिन संविधानसभा भवन मात्र होइन, देश भर उत्साहको वातावरण थियो । 
संविधानसभाका निर्वाचित सदस्यहरू सभा हलमा आआफ्ना परम्परागत जातीय र क्षेत्रीय भेषभूषामा उपस्थित भए । यो देख्दा लाग्थ्यो, पूरै नेपालको तस्बिर त्यहाँ थियो। ज्येष्ठ सदस्यको हैसियतमा कांग्रेसका कुलबहादुर गुरुङले पहिलो बैठकको अध्यक्षता गरे । पहिलो बैठकको पहिलो निर्णयप्रति के होला भन्ने कूतुहलता देखिन्थ्यो।
यसैबीच बैठकमा गणतन्त्र कार्यान्वयन सम्वन्धी प्रस्ताव राखियो र राष्ट्रिय प्रजातन्त्र पार्टीका चारजना वाहेक सबैले राजतन्त्र हटाउने पक्षमा मतदान गरे । २३८ वर्ष लामो राजतन्त्र अन्त्य गर्दै मुलुक गणतन्त्रमा प्रवेश गर्दा हलमा हर्षोल्लासपूर्ण वातावरण थियो। मतदानमा केही आश्चर्यलाग्दा दृश्य पनि देख्न पाइयो। राजाको कृपामा पञ्चायती राजमा बारम्बार सत्तामा पुग्ने सूर्यबहादुर थापाजस्ता पुराना महापञ्चहरूले गणतन्त्रका पक्षमा मतदान गर्नुले राजनीतिमा जे पनि जायज छ भन्ने उक्ति चरितार्थ भएजस्तो लाग्थ्यो। त्यस्तै अर्को विडम्बना, जस्तोसुकै दुःख हुँदा पनि जिन्दगीभर संवैधानिक राजतन्त्रको वकालत गर्ने बीपीका सच्चा अनुयायी कुलबहादुर गुरुङ आफैंले गणतन्त्र घोषणा गर्नुपरेको थियो। संविधानसभाका सदस्यहरूमा नयाँ संविधान निर्माण समयमै गरिछाड्ने विश्वास र प्रतिबद्धता प्रदर्शित भइरहेको थियो। फ्रान्समा फ्रेन्च क्रान्तिअघि त्यहाँको नेसनल एसेम्बलीका सदस्यहरूले संविधान नदिई कोही पनि नछुट्टिने शपथ खाएका थिए, जसलाई ‘टेनिस कोर्टको शपथ’ भनिन्छ। त्यो घटना र नेपालका संसद्हरूमा एउटै फरक थियो– फ्रान्समा राजाले संसद् भवनमा ताला लगाएपछि नजिकैको टेनिस कोर्टमा सांसद्हरूले बैठक सञ्चालन गरेका थिए भने नेपालमा राजा शक्तिहीन र निलम्बित हैसियतमा थिए।
संविधानसभाले गणतन्त्र घोषणा गरेपछि १५ दिनभित्र नारायणहिटी दरबार खाली गराउन सरकारलाई निर्देशन दियो । अनी मन्त्रिपरिषद्ले जेठ १७ गते दरबार खाली गर्न राजालाई पत्राचार गर्ने निर्णय गर्‍यो। पत्राचार भएपछि दरबारको समग्र वस्तुस्थिति बुझ्न र त्यहाँ सरकारको उपस्थिति देखाउन गृहसचिवको हैसियतमा मलाई खटाइयो भने सम्पत्तिको अभिलेख तयार पारी बरबुझारथ गर्न सामान्य प्रशासन सचिवको नेतृत्वमा अर्को टोली खटाउने निर्णय भयो । 
सरकारको निर्देशन पालना गर्नु एक कर्मचारीको कर्तव्य नै थियो, त्यसैले जेठ १९ गतेदेखि नै म र रक्षासचिव वामनप्रसाद न्यौपानेसहितको टोली दरबार पुग्यौं। सुरक्षामा खटिएका सैनिक अधिकारीहरूबाट राम्रै सहयोग प्राप्त भयो । हाम्रा लागि दरबार चोटाकोठासम्मको निरीक्षण गर्नु नौलो अनुभूति थियो। सर्वसाधारणको पहुँचबाहिर रहेको दरबारका रहस्यमय मानिएका स्थानहरूको निरीक्षण गर्दा मन खिन्न भयो। सामान्यतया राजाहरूको दरबार भन्नासाथ राजाहरूको वैभवशाली जीवन दर्शाउने भव्यताको कल्पना हुने गर्छ। तर, त्यहाँ त्यस्तो केही देखिएन। साना कोठा, अँध्यारो प्यासेज, अव्यवस्थित पुस्तकालय, स्याहार नगरिएको बगैंचा, दरबार हत्यापछि खण्डहर बनाइएको त्रिभुवन सदन, रङरोगन नभएर फुङ्ङ उडेको राजा वीरेन्द्र हुर्किएको श्री सदन मेरो कल्पनाभन्दा बाहिरको दृश्य थियो। महेन्द्र मञ्जिल ९जहाँ रत्न राज्यलक्ष्मीको निवास छ० मात्र केही हेर्नलायक देखियो। बेलुका दरबारबाट फर्किंदा पत्रकारहरू दरबार कस्तो रहेछ ? भन्ने जिज्ञासा राख्ने गर्थे र सोचेजस्तो नभएको जवाफ दिइन्थ्यो। एक हप्तासम्म दरबारका पूर्वतर्फका कोठाहरू निरीक्षण गर्न नपाएपछि मैले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई टेलिफोनमा यो कुराको जानकारी गराएँ।
नेपाली हल्लाको संस्कृतिअनुरूप राजाले सबै सम्पत्ति लगिसकेको, सक्कली श्रीपेच लगी नक्कली राखेको जस्ता चर्चापरिचर्चाले सहर तातेको जानकारीसमेत गराएँ। गिरिजाबाबुले आफूले बरु १०र१५ करोड मन्त्रिपरिषद्को निर्णयले राजालाई दिन सक्ने तर शान्तिसुरक्षालाई ख्याल राखेर दरबार कहिले छाड्ने हो ? राजालाई सोध्न निर्देशन दिनुभयो। एउटा निजामती कर्मचारीका लागि यो काम कठिन थियो तैपनि मैले राजाको सुरक्षा हेर्ने जर्नेलमार्फत राजालाई सन्देश पठाएँ। उनीमार्फत भोलि २६ गते मंगल सदनमा भेट्ने खबर प्राप्त भयो। साँझ म गृह मन्त्रालय फर्किएपछि मैले गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई समेत जान अनुरोध गरें। प्रधानमन्त्रीको निर्देशनपछि उहाँ जान तयार हुनुभयो। मैले मुख्य सचिव भोजराज घिमिरेलाई समेत जान अनुरोध गरें। दरबारका तत्कालीन प्रमुख सचिव पशुपतिभक्त महर्जनसँग कुरा भएपछि जेठ २६ गते बिहान ११ बजे गृहमन्त्री, मुख्य सचिव भोजराज घिमिरे, रक्षा सचिव वामन न्यौपानेसहितको टोली दरबार पुग्यौं। हामी पुग्दा मंगल सदनमा पूर्वराजाको पहिल्यै उपस्थिति भइसकेको रहेछ। कुराकानी सुरु हुनासाथ पूर्वराजा ज्ञानेन्द्रले ‘सबै कुरा सहज रूपमा जाओस् भन्ने हाम्रो पनि इच्छा छ’ भन्दा अनुहारमा कुनै आक्रोश थिएन। कुराकै क्रममा मेरो मन्त्रीज्यूसँग केही राजनीतिक कुरा छ भनेपछि हामी बाहिरियौं। पछि बोलाइएपछि थाहा भयो– आमा रत्नलगायतको निवासको चिन्ता व्यक्त भएको रहेछ। आफूले तीन महिनाभित्र दरबार खाली गरिदिने आश्वासन प्राप्त भयो। त्यसको भोलिपल्टै मन्त्रिपरिषद्ले पूर्वराजाका लागि नागार्जुन दरबार र बयोवृद्ध सरला महारानी र मुमा बडामहारानी रत्नका लागि बाँचुञ्जेल नारायणहिटीमै बस्न दिने निर्णय गर्‍यो।
जेठ २९ गते हाम्रो टोली सबेरै दरबार पुगेको थियो। त्यस दिन श्रीपेचलगायत बहुमूल्य सामानको बरबुझारथ गर्नु थियो। तीन बजेतिर अचानक राजप्रसाद सेवाका राजकीय सम्पत्ति कोषका एक कर्मचारी श्रीपेचसहितका सामान बुझाउन आइपुगे। हामीले फायरप्रुफ सेफ लगिसकेका थियौं। यी बहुमूल्य सामान सक्कली हुन् कि नक्कली यकिन गर्न सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यसहितको टोलीले श्रीपेच, टायरालगायतका सामानमा जडित हिरा, मोती, माणिक्य परीक्षण गरी मुचुल्का गरिदिएपछि नेपाली सेनाको मागअनुरूप शाही अतिथिका लागि नयाँ बनाइएको सैलुन कोठामा श्रीपेच, टायरा, राजदण्ड, श्रीपेचको रेल्पिका सेफमा म, रक्षा सचिव, सामान्य प्रशासन सचिवसहितले लाहछाप लगाई सिल्ड गर्‍यौं। त्यति नै बेला पूर्वराजा ज्ञानेन्द्रको पत्रकार सम्मेलन हुँदै थियो। त्यहाँ राजाबाट जनताको नासो श्रीपेच जिम्मा लगाएर आफू दरबार छाड्न लागेको भनी बोलेको जानकारी हुन आयो। पत्रकार सम्मेलनपश्चात् राजा ज्ञानेन्द्र आफ्नी रानीका साथ दरबारबाट निस्किएको दृश्य मार्मिक लाग्थ्यो। इतिहास निर्मम हुने गर्छ र जनता जागेको बेला अति निर्दयी पनि हुने गर्छ। नेपाल एकीकरण गर्ने वंशको दुई सय ५० वर्षको वंशाणुगत शासन हुन पुग्यो। तर, यो बहिर्गमन शान्तिपूर्ण हुनुमा राजाको पनि योगदान छ। बेलायतको गौरवपूर्ण क्रान्तिजस्तै विनारक्तपात ठूलो परिवर्तन सम्भव भयो। जर्मनी एकीकरण गर्ने बिस्मार्कले भनेका थिए, ‘जनमत अन्धो बलवान् दानवजस्तै हो। यसलाई सजिलैसँग काममा लगाउन सकिन्छ, तर रिसाएमा भयानक हुन सक्छ।’ यही नबुझ्दा नेपालको राजतन्त्रको अन्त्य हुन गयो।

गोपालप्रसाद रिमालका क्रान्तिकारी कवितामा ‘एक जुगमा एक दिन एकपटक आउँछ, उलटपुलट, उथलपुथल, हेरफेर ल्याउँछ’ भनेजस्तै अढाई सय वर्षको इतिहासमा वंशाणुगत राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना यस्तै उथलपुथलपूर्ण युगीन परिवर्तन थियो। यसैमा गर्व गर्नुबाहेक वर्तमान पुस्ताका हाम्रा लागि छाती फुलाउने अन्य विषय छैनन्।
(गणतन्त्र कार्यान्वयन गर्ने ऐतिहासिक कालखण्डमा मैनाली गृहसचिव थिए, २०७३ असोजमा अनामनगर स्थित निवासमा  मैनालीसंग गरिएको कुराकानी)।




प्रतिक्रिया


  1. farmaci su prescrizione medica hexal Wattrelos kopen van medicijnen in Spanje

    image гороскопы с юмором для мужчины

    диван кофейного цвета в интерьере нарушил закон магии асцендент для овна женщины по дате рождения к чему снятся вещи в сумке самая древняя книга магии читать