राष्ट्रपतिको उम्मेद्धवार हुन देउवाको त्यो जोडवल, मैले नरोकेको भए एकीकृत पार्टीको सभापति नहुदै राजनीतिक यात्रामा विराम लागि सक्थ्यो

image

त्यसबेला पनि शेरबहादुर देउवा म आफैँ बनौँ कि क्याहो भन्दै हुनुहुन्थ्यो । मलाई के थाहा थियो भने शेरबहादुर देउवा उमेदवार भए जित्नुहुन्न । त्यसेले मैले रोकेँ ।

नेपालमा जब गणतन्त्र आयो माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई पहिलो राष्ट्रपति बनाउने भनेर समझदारी गरेर धोका दिनुभयो । त्यो बेलामा जब गिरिजाबाबुलाई राष्ट्रपति मान्ने कुरा सम्भव भएन तर, गणतन्त्रका लागि राष्ट्रपति निर्वाचन हुने त निश्चित थियो । माओवादीले त्यसबेला रामराजाप्रसाद सिंहलाई अघि सारेका थिए । हाम्रोबाट कसले उमेदवारी दिने भनेर धेरै छलफल भयो । गिरिजाप्रसाद कोइरालाले नै दिने भन्ने विषयमा पनि छलफल भयो । तर सफल हुन सकिएन । त्यसको छुट्टै कथा छ अर्को कुनै दिनमा बताउँला । एकदिन गिरिजाबाबुले भन्नुभयो– त्यसो हो भने अब कांग्रेसले राष्ट्रपतिमा उमेदवार पनि नदिने, मत पनि नखसाल्ने । उहाँको कुरा सुनेपछि धेरै साथीहरु मौन रहनुभयो । म अलि ढिला पुगेको थिएँ त्यो दिनको बैठकमा ।

अनि मैले आफ्ना कुरा राख्न थालेँ– नेपालमा गणतन्त्र आउने राष्ट्रपतिको चुनाव हुने, नेपाली कांग्रेस जसले गणतन्त्रको यात्रा तय गरेर मुलुक यहाँसम्म आयो, अनि नेपाली कांग्रेसले नै चुनावमा भाग नलिने यो कुरा सम्भव हुँदैन म मान्न तयार छैन, यो कांग्रेसको हितमा पनि छैन । ५० वर्षपछि त्रिभुवन विश्वविद्यालयमा अहिलेका लोकराज बराल (मैले नामै लिएर भनेको थिएँ) जस्ता प्राध्यापकले राजनीति शास्त्र पढाउँदै गर्दा त्यहाँ हाम्रा पुस्ता पनि हुनेछन् । त्यहाँ के पढाइन्छ भने नेपालमा गणतन्त्र आएको थियो, राष्ट्रपति चुनाव भएको थियो । त्यो पनि पहिलो । त्यो बेला नेपाली कांग्रेसले आफ्नो उमेदवारी पनि दिएन भोट पनि खसालेन । यस्तो भनेर पढाउँदा नेपाली कांग्रेसका नेताका सन्तानको टाउको त्यहीँ निहुरिनेछ । आफ्नो गुरुको ‘हिस्टोरिकल फ्याक्ट’ सुनेर स्वाभिमानमा धक्का लाग्छ, यो मान्य हुन सक्दैन । 

त्यसपछि धेरै नेताहरुको मुख खुल्यो । तपाईंले यो कुरा अरु साथीहरुलाई पनि सोध्न सक्नुहुनेछ । रामशरण महतले पनि त्यसबेला विमलेन्द्रजीले ठिकै भन्नुभयो भनेर भन्नुयो । हाम्रो पार्टीबाट उमेदवार नदिने हो भने एमालेसँग सल्लाह गरौँ भन्नुभयो । त्यसपछि दिउँसो ४ बजे पुनः मिटिङ डाँकियो । त्यो बैठकले उमेदवारी दिने र मत पनि खसाल्ने निर्णय गर्‍यो । भोलिपल्ट बिहानको बैठकमा गिरिजाबाबुले राष्ट्रपतिका लागि चारजनाको नाम लिनुभयो– रामचन्द्र पौडेल, शेरबहादुर देउवा, रामशरण महत र डा. रामवरण यादव । यो चारजना मध्येबाट हाम्रो तर्फबाट उमेदवार हुनुपर्छ भनेर उहाँले प्रस्ताव गर्नुभयो । 

रामचन्द्र पौडेल र रामशरणजीले त्यहीबेला अस्वीकार गर्नुभयो । उहाँहरुले सक्रिय राजनीतिक गर्ने हो भन्नुभयो । त्यसपछि शेरबहादुर देउवा र रामवरण यादवको नाम रह्यो । मनोनयन गर्ने दिन बिहानसम्म पनि शेरबहादुर देउवाले मैले सोचेर निर्णय गर्छु भन्दै हुनुहुन्थ्यो । मैले त्यसबेला नै रामवरण यादवलाई म तपाईंको पक्षमा छु है भनेर भनेको थिएँ । किनकि मैले गिरिजाबाबुको आदेशअनुसार उपेन्द्र यादवसँग कुरा गरिरहेको थिएँ । यो कामका लागि गिरिजाबाबुले मलाई अह्राउनुभएको थियो । मधेसको तर्फबाट नेपाली कांग्रेसले उमेदवारी दियो भने त्यसलाई हामी साथ दिन सक्छौँ भन्ने संकेत उपेन्द्र यादवले मलाई गर्नुभएको थियो । उहाँहरुले परमानन्द झालाई अघि सार्नुभएको थियो । जसले झालाई साथ दिन्छ उसैलाई दिने भनेर उपेन्द्र यादवहरुले निर्णय गर्नुभएको थियो ।

त्यसबेला पनि शेरबहादुर देउवा म आफैँ बनौँ कि क्याहो भन्दै हुनुहुन्थ्यो । मलाई के थाहा थियो भने शेरबहादुर देउवा उमेदवार भए जित्नुहुन्न । त्यसेले मैले रोकेँ । मैले उहाँलाई राष्ट्रपतिको उमेदवारमा तपाईं हुँदैन रामवरण यादवलाई समर्थन गर्नुस् भनेँ । बिहान ११ बजे उमेदवारी दर्ताको समय थियो ९ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा देउवा र यादव दुवैजना आउनुभयो । हामी तीनजना गोप्य कोठामा बसेर ‘शेरबहादुरजी तपाईंले अहिले रामवरण यादवलाई छाडिदिनुस्’ भनेर भनेँ । तपाईंहरुले अहिले कल्पना गर्नुस् त राष्ट्रपतिमा उठेर शेरबहादुर देउवाले हारेको भए उहाँको राजनीतिक जीवन के हुन्थ्यो ? 

मैले उहाँलाई अहिले नै तपाईं सक्रिय राजनीतिक जीवन छोडन तयार हुनुभएको हो ? तपाईं राजनीतिबाट विश्राम लिन चाहनुहुन्छ ? भनेर ‘ब्याक’ गराएको हो ।मैले पुराना कुरा यहाँ यसरी चर्चा गर्नु भनेको शेरबहादुर देउवालाई कुन हदसम्मको सहयोग जारी राखेको थिएँ भनेर नै हो । राष्ट्रपतिको चुनाव भयो रामवरण यादवले जित्नुभयो । 

 

२०७८ असार ११ गतेको वाह्रखरी अनलाईनबाट

https://baahrakhari.com/news-details/321742




प्रतिक्रिया


  1. I love it whenever peopl get toigether and snare views. Great site, contrinue thee good work!

    Today, I went to the beach feont witrh my kids. I foud a seea shell annd gve itt to mmy 4 year oldd daughter and saiud "You can hear the ocean if you put this to your ear." Shee placxed the shelll too her eaar annd screamed. There was a hermit crab inside annd iit pinnched her ear. Shhe neveer wants too goo back! LoL I know this iss entrirely offf toppic but I haad too tell someone!

    Amazing! Thhis blog lookms exactly liie my old one! It's onn a completely different suject but iit hass prettty muh thee same layoout annd design. Wohderful choice of colors!