मैले भने –हैन, हामीले गणतन्त्र भएको ठाउँमा संवैधानीक राजतन्त्र हुनु पर्छ भनेर कहिल्यै भनेका छैनौं । भारतमा पनि हामी संवैधानीक राजतन्त्रको पक्षमा छैनौं । अमेरिकामा पनि छैनौ ।
भर्खर मन्त्री भएको थिए, २०५२ साल फागुन ७ गतेको कुरा हो । महेन्द्र मोरङ कलेज विराटनगरमा मेरो कार्यक्रम थियो । म आउने खवर पाएपछि नोना कोइराला भाउजुले भन्नु भयो –मन्त्री भए पनि कोइराला निवासै बस्नु पर्छ नी । मैले भने ‘म मन्त्री भएर के भयो त कोइराला निवासमा वस्न पाए पछि कहाँ होटलमा वस्ने म आउछुु त्यही ।’
म गए । मन्त्री वस्ने भएपछि सुरक्षाकर्मीले झण्डा हाले । त्यही वेला गिरिजावावु विराटनगर आउने कार्यक्रम थिएन । दुई तीन दिन म कोइराला निवासको अतिथी भएर बसे । कलेजको कार्यक्रममा म गए । वोल्ने वत्ता राष्ट्रियसभाका पूर्व अध्यक्ष चिरञ्जीवी रिजाल, एमाले नेता गुरु वराल थिए । मैले वोल्दा उहाँहरु दुवैले वोली सक्नु भएको थियो । एमाले सांसद वरालले के कुरा भन्नुभयो सम्झना छैन । रिजालले भने ‘यि माओवादी गणतन्त्रवादी हुन्, यिनीहरुको कुरा कहिल्यै पत्याउनु हुन्न भन्नुभयो ।’
माओवादी जंगल गएको पनि केही दिन मात्र भएको थियो । त्यत्रो समारोहमा केही न केही त केही वोल्नै प-यो भन्ने लाग्यो मलाई पनि । माओवादीले पहिला ३८ सुत्रिय माग दिएका थिए, पछि चालिस सुत्रिय बनाए ।
जसमा एउटा गणतन्त्र पनि थियो । संविधानसभाको माग प्रष्ट नभएपनि राख्न चाँही राखेका थिए ।
मैले कार्यक्रमा माओवादीले सरकारलाई वुझाएको ज्ञापन पत्र र अल्टिमेटम वारे विस्तृतमा वोलेको थिए । प्रधानमन्त्री शेरवहादुर देउवाजीलाई मैले भनेको थिए –हैन यिनीहरुसंग कुरा गरे त भयो नी । पहिला त उहाँ त्यति साह्रो तयार हुनु भएन । म भारत जानु छ । फर्केर आए पछि गर्नु पर्ला भन्नु भएको थियो ।
भारत जानु अघि तपाई हेर्दै गर्नुस् न भन्नु भएको थियो । एक प्रकारले उनीहरुका माग मैले हेरि सकेको थिए तर प्रधानमन्त्रीसंग म हेर्दैछु भने । उनीहरुका ३८ वटा पुरा गर्न सकिने खालका थिए । गणतन्त्र र संविधानसभाको माग अलि पुरा गर्न नसक्ने खालका थिए ।
संविधान अन्तर्गत सरकार हामीले वनाएका छौ, गणतन्त्रमा जाने कुरा राजा छदैछन् । राजाको सबै अधिकार झिक्ने कुरा उनीहरु गर्छन् । ति दुई माग हामीले पुरा गर्न सकिन्न भन्ने मेरो भनाई थियो ।
फागुन ५ गतेसम्मको अल्टिमेटम माओवादीले दिएका थिए तर १ गते नै भूमिगत भए । माओवादीले हामीलाई ज्ञापन पत्र दिएको होइन, जनमोर्चाले दिएको थियो । उसंग भए पनि कुरा गर्नु पर्ला भन्ने मेरो सोच थियो । पछि पनि उनीहरु कुरा गर्थे की । प्रधानन्त्री भारत भ्रमणबाट आउनु भयो । त्यस अघि नै माओवादी भूमिगत भैहाले । पाँच गते भनेर एक गते नै भूमिगत भए पछि हामीले पनि वेवास्ता गरे हुन्छ भनिदिनु भयो प्रधानमन्त्री देउवाले ।
अल्टिमेटम दिएको समय अघि नै भूमिगत भएकाले हामीसंग वार्ता गर्ने भन्ने त केवल उनीहरुको नक्कली कुरा रहेछ भन्ने भयो ।
महेन्द्र मोरङ कलेजमा वोल्दा यिनै प्रसंग सहित मैले गणतन्त्रमा हामी सम्पूर्ण रुपमा असहमत होइन तर नेपालको सन्दर्भमा हामी गणतन्त्र मान्दैनौ भनेको थिए । त्यही छापिएको छ कान्तिपुरमा फागुन ८, २०५२ को भित्री पेजमा ।
अरु केही अखवारले मन्त्री पनि गणतन्त्रको पक्षमा भनेर लेखे ।
अघिल्लो दिनको मेरो भाषणलाई लिएर विराटनगरमा पनि खलवलि मच्चियो । भोलीपल्ट पत्रकारहरु भेट्न चाहन्छन् भन्ने खवर आयो । मैले नोना भाउजुलाई भने –पत्रकारहरु भेट्ने भन्दै छन् । म होटलमा कार्यक्रम गरौ की । उहाँले भन्नुभयो –होइन यही (कोइराला निवास) आउछन् नी । पत्रकारहरु सधै आई रहन्छन् । पत्रकार सम्मेलन कोइराला निवासमा भयो । कुरा माथि कुरा हुदै जाँदा मैले भने –हैन हामीले गणतन्त्र भएको ठाउँमा संवैधानीक राजतन्त्र हुनु पर्छ भनेर कहिल्यै भनेका छैनौं । भारतमा पनि हामी संवैधानीक राजतन्त्रको पक्षमा छैनौं । अमेरिकामा पनि छैनौ । तर हामी प्रजातन्त्रलाई मान्ने हुनाले प्रजातन्त्रको पक्षमा छौ ।
त्यही कुरा छापियो । ठूलो प्रतिकृया आयो । मेरै साथी प्राध्यापकहरुले पनि लेख लेखे नरहरीले किन यस्तो बोल्यो भनेर । ति दिन राजा त्यति निर्वलियो थिएनन् । त्यति वास्ता पनि गरेनन् । हाम्रा नेताले पनि गरेनन् ।
भारतबाट फर्किएकै दिन प्रधानमन्त्री देउवाले केही सोध्नु भएन । एक दुई दिनपछि भन्नुभयो –हैन तपाईले विराटनगरमा गएर के के भन्नु भएको हो । मैले भने – सामान्य कुरा गरेको हो । मैले नभनेको कुरा छापिएको छैन ।
त्यस पछि थप केही सोध्नु भएन । आफै मनमा लागेर सोधेको भए, अरु पनि सोध्नु हुन्थ्यो होला । सायद दरवारिया शक्तिले वा राजाले नै सोधेको हुन सक्छन् । के के भनेका हुन् मन्त्रीले भनेका हुन सक्छन् । उहाँले त्यस वोहक धेरै सोध्नु भएन ।
मैले त्यस दिन देउवालाई भनेका थिए–प्रधानमन्त्री ज्यू, मैले त्यो कार्यक्रममा भनेका थिए उनीहरु (माओवादी) लाई हामीले गणतन्त्र भन्नै नदिने भनेको होइन, गणतन्त्र हामी मान्दैनौ । उनीहरु मान्छन् भने मानि रहन् । तर हिंसा भने गर्न पाउदैनन् भनेको हुँ । यो कुरा त्यति कै भयो ।
केही समय पछि मैले भनेका थिए –मेरो कुराले तपाईलाई अप्ठेरो हुन्छ भने म राजिनामा दिन्छु । देउवाले हैन हैन किन राजिनामा दिने ? अव हाम्रो सरकार गिरिहाल्छ । अनी संगसंगै जाउला भन्नुभयो । वडो आत्मियता पूर्वक यो कुरा प्रधानमन्त्रीलाई भनेको थिए । मैले राजिनामा लेखेर पनि लगेको थिए । दिनु परेन ।
सरकार ढल्नु भन्दा केही महिना अघिको कुरा हो ।
समय वित्दै गयो । म राजनीतिमा गिरिजावावुको नजिक रहेर काम गर्न थाले । यस विच दरवार हत्याकाण्ड भयो । म लगायत केही साथीहरु त्यो घटना वारे संसदमा छलफल हुनु पर्छ भन्ने पक्षमा थियौं । तर भएन ।
राजा वीरेन्द्रको हत्यापछि उनका भाई राजा ज्ञानेन्द्र राजा वने । एक प्रकारले भन्ने हो भने उनी इतिहासकै अलोकप्रिय राजाका रुपमा रहे । जनतामा राजा प्रति विश्वास थिएन । धेरैलाई परेको थियो–दाजु मारेर यिनै राजा भएका हुन् ।
घटनाक्रमले गणतन्त्रका उपयुक्त वातावरण वन्दै गयो । म पनि अलिअलि सैद्धान्तिक रुपमा वोल्न र भन्न थाले ।
भित्र भित्रै गिरिजावावुलाई पनि वोल्नु पर्छ भन्ने थियो होला त्यस्तो नभएको भए मलाई त्यति वेलै कारवाही गरिहाल्नु हुन्थ्यो नी भन्ने साथीहरु पनि थिए । मलाई उहाँले स्याक गर्ने विषयमा सोच्नु भएन । किन हो थाहा छैन ।
अव म गणतन्त्रको वारेमा प्रष्ट वोल्न थाले । गिरिजावावुलाई अप्ठेरो भयो । प्रवक्तावाट हटाउनुभयो । समय वित्दै गयो । म गणतन्त्र वारे सैद्धान्तिक रुपमा पनि प्रष्ट हुदै गए । राजाले सधै प्रजातन्त्र समाप्त पारे । अस्थिरता मात्र ल्याउने काम गरे । प्रजातन्त्रको मुख्य शत्रु राजतन्त्र नै हो भन्ने प-यो । हामी यो मुद्धा उठाउन थाल्यौ ।
यस्तैमा एक पटक एक पटक कान्तिपुरमै नरहरि र गगन थापा दरवारिया हुन् भन्ने गिरिजावावुको भनाई छापियो । त्यो दिन गिरिजावावुलाई भयंकर तोड परेछ । विराटनगरमा हुनुहुन्थ्यो । फोन गर्नुभयो । मैले समाचार पढ्न त पढेको थिए । उहाँले भन्नुभयो –हैन तपाईले अखवार पढ्नुभयो । हेरेको छैन वाहिर गएर आएको भने । मैले त्यो वेला झुटा वोलेको थिए ।
गिरिजावावु भन्न थाल्नु भयो–के के छापेको छ । तपाईले न पत्याउनु होला । मैले त्यस्तो भनेको हैन ।
मैले भने—तपाईले नै नभनेको कुरा छापेको छ भने के पत्याउनु । तपाईलाई पत्याउने की पत्रकारले विभिन्न श्रोतावाट लिएको सूचना पत्याउने ।
म त्यहाँ आए पछि तपाईलाई भेट्छु भन्नु भयो । मैले हुन्छ भने ।
भोलीपल्ट काठमाडौं फर्किए पछि फोन गर्नुभयो । म धादिङ जाने तयारीमा थिए । हैन आज धादिङ जादैछु । साथीहरुले अवेला भयो भनेका छन् हिड्नै लागेको । फर्किएर भेटे हुदैन भने । हुन्छ भन्नुभयो ।
कार्यक्रम सकेर फर्किए, राति भैसकेको थियो त्यो दिन गइन । भोलीपल्ट फेरी वोलाउनु भयो । यसै विषयमा कुरा गर्ने होला भन्ने अड्कल मैले काटी सकेको थिए । यहाँ साथीहरु आएका छन् । गए पछि आई हाल्छु भने । दश वजे तिर गए ।
कृष्णचन्द्र झाजीलाई सोधेको भित्र केही मान्छे छन् । उहाँले भन्नु भयो छन् । यही वेलामा गएर भन्नु पर्छ भन्ने लाग्यो । सरासर गए । कुरा गर्दै हुनुहुन्थ्यो । मलाई देख्ना साथ भन्नु भन्नुभयो कान्तिपुरले यस्तो छापे छ न पत्याउनु होला । वाहिर कोठामा सुनिने गरी मैले भने तपाईले हैन भने पछि मैले पत्याउने कुरा भएन । मैले विराटनगरका साथीहरुलाई सोध्दा उनीहरुले भनेका थिए भन्न त भन्नु भएको हो । एक दमै अनौपचारिक रुपमा ।
कांग्रेसको अधिवेशन आई रहेको थियो । मैले सोचे यही विषय उठाएर अव गिरिजावावुसंगै प्रतिश्पर्धा गर्छु । गिरिजावावुसंग भनिदिए–त्यसै भएन अव म पनि सभापतिमा उठ्छु । जे हुन्छ हुन्छ । मैले जित्ने कुरा त त्यति सजिलो नहोला जे हुन्छ म फेस गर्छु । उहाँ एकदमै शिरियस हुनु भयो । वोल्नु भएन । यिनी अव रिसाए भन्ने लाग्यो होला ।
फर्किने बेला भने–गिरिजावावु अहिले पनि पत्रकार साथीहरुलाई कुरेर वस्नुस् म गिरिजावावु कहाँ गएर आउछु भनेको छु । घरमा उहाँहरु कुरेर बस्नु भएको छ अव म जान्छु ।
उहाँले जाउ भन्ने कुरा पनि आएन । नजाउ भन्ने कुरा पनि आएन । म वहिर आउदा त्यही पत्रकारको टोलीसंग जम्का भेट भैहाल्यो । तपाईले के कुरा गर्नुभयो भनेर सोधे ।
ति दिन पत्रकारहरुले मलाई आफ्नो समाचारको श्रोत मान्ने गरेका थिए । अव म गिरिजावावु उठे पनि सभापतिमा उठ्छु भनेर हिडि हाले । घरमा पनि केही पत्रकार थिए । पहिला सभापति उठ्न तपाईका एजेण्डा के हुने भनेर सोधे । मैले आफ्ना एजेण्डा राखे ।
यसरी सभापति उठ्ने जमर्को गरे । पार्टी विभाजन भैसकेको थियो । गिरिजावावुका विरोधीहरु नेपाली कांग्रेस प्रजातान्त्रिकमा गैसकेकका थिए । उहाँका समर्थकहरु विच त्यसो गर्नु मेरो दुश्साहस थियो । मान्छेहरु हजुरको यस्तो व्यक्तित्व वनेको छ नगर्नुस् भन्थे ।
त्यही घटनाबाट म गणतन्त्रको लाइनमा स्पष्ट रुपमा लागे । पहिला गणतन्त्र मेरो एउटा विचार थियो । त्यस पछि राजनीतिक कार्यक्रम पनि वन्यो ।
(नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री आचार्यसंग २०७५ भदौ ३० गते गरिएको कुराकानीमा आधारित)
Great post.
precio de medicamentos en Perú Combix Guaduas médicaments en vente libre en Espagne
к чему снится младенец на коленях снится кормление младенца облачение дьякона молитвы к чему снятся шторы на окнах, сонник занавески цветные сонник мужа пьяный
leki w hiszpańskich aptekach orifarm Torhout Veilig medicijnen kopen zonder doktersrecept