दरवार हत्याकाण्ड : कसरी चुके ठूला मिडिया

image

कान्तिपुर, हिमालय टाइम्स, नेपाल समाचारपत्र लगायत सबै दैनिक अखबारका जेठ २१ गते छापिएका समाचारहरूले बजारमा सुनिएको हल्ला र अन्तर्राष्ट्रिय समाचार माध्यममा आइरहेका तथ्यबाहेक नयाँ कुरा दिन सकेनन् ।

नारायणहिटी राजदरबारमा २०५८ साल जेठ १९ गते (१ जुन २००१) साँझ अकल्पनीय घटना घट्यो । एम—१६ लगायत अत्याधुनिक बन्दुकबाट प्रहार गरिएको गोलीले तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतीको त्यसैरात निधन भयो । तत्कालीन युवराज दीपेन्द्र अति गंभीर अवस्थामा अस्पताल पु-याइए, जहाँ तीन दिनपछि उनको निधन भयो । उक्त काण्डमा पूर्व अधिराजकुमार धीरेन्द्र लगायत शाही परिवारका सदस्य तथा नातेदार गरी जम्मा १० जनाको देहावसान भयो । 
शुरुदेखि नै हत्याकाण्डको प्रमुख पात्र युवराज दीपेन्द्र रहेको बताइएको थियो र घटनाको छानबिन गर्न राजा ज्ञानेन्द्रद्वारा चार दिनपछि जेठ २३ गते गठित उच्च स्तरीय समितिले पनि दीपेन्द्रलाई नै दोषी ठह¥यायो । बेलुका ९ बजेतिर नारायणहिटी राजदरबारमा उक्त काण्ड घटेको थियो । करिब साढे नौ बजेदेखि नै काठमाडौंमा एम्बुलेन्सका साइरन गुञ्जिन थालेका थिए । सैनिक बाहन र एम्बुलेन्स तीब्र बेगमा हुइँकिएका थिए । आफ्नो ड्युटी सकेर घर फर्केका सुरक्षाकर्मी फिर्ता बोलाइए । उनीहरूले आ—आफ्ना घरमा फोन गरेर संक्षिप्त जानकारी दिंदै कफ्र्यु लाग्न सक्ने सूचना दिए । सुरक्षाकर्मीका परिवारमार्फत उनीहरूका नातेदार र छिमेकीले कुनै अनिष्ट घटेको थाहा पाए । राजधानीमा मध्यरातसम्ममा सनसनी फैलियो । टेलिफोनका घन्टी निरन्तर बजिरहे । 
राती करिब दुई बजेतिर बीबीसी र सीएनएन जस्ता अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले ‘ब्रेकिङ्ग न्यूज’ दिन थाले— ‘आफ्नो विवाहको कुरा नमिलेपछि नेपालका युवराज दीपेन्द्रले राजा रानी सहित परिवारलाई सखाप पारेर आफू पनि आत्महत्या गरे ।’ उक्त हत्याकाण्डले केही समयका लागि नेपाली समाज अस्तव्यस्त बनायो । राजसंस्थाका प्रमुख राजा वीरेन्द्र लगायत राजपरिवारका अन्य व्यक्तिहरूको मृत्युले सर्वसाधारण आहत भए । 
संविधानको दायरामा बाँधिएर संसदीय प्रक्रियामा सक्रिय दलहरूमाझ घटनाको तत्काल पछि के गर्ने भन्ने विषयमा अन्यौल कायम रह्यो । घटना छानबिनको प्रक्रियामा कसरी जाने भन्ने मुद्दामाथि बहस र विचार गर्नुको साटो सत्तारुढ नेपाली कांग्रेस र प्रमुख विपक्षी एमाले लगायतले ‘सम्बन्धित निकायले छानबिन गर्नुपर्ने’ माग गरे । संविधान नमान्ने गणतन्त्रवादी माओवादीको शीर्ष नेतृत्वले राजा वीरेन्द्रको प्रशंसा गर्दै घटनामा देशी विदेशी षडयन्त्र रहेको ठोकुवा ग-यो ।
नेपाली समाजले तीव्र चासो राखेको तथा मुलुकको राजनीतिको एउटा प्रमुख पाटोको रूपमा रहेको राजसंस्थाभित्र घटेको घटनावलीलाई सञ्चार माध्यमले जसरी ‘कभर’ गरे त्यसलाई ‘राजनीतिक रिपोर्टिङ्ग’ को एउटा प्रकार मान्न सकिन्छ । संवैधानिक राजतन्त्रको रूपमा राजनीतिमा संलग्न संस्थाबारे गरिएको रिपोर्टिङ्गले सबैलाई सूचित गर्ने प्रयास गरेको थियो भने सर्वसाधारणको आवाजलाई महत्व दिएर सरकार र दरबारलाई जिम्मेबार बन्न दवाव सृजना गरेको थियो । मिडियामार्फत हत्याकाण्डका बिभिन्न पाटालाई उजागर गर्दै चर्चा, टिप्पणी, विश्लेषण गरिएका थिए । तर सो हत्याकाण्डका बारेमा मिडियाले
गरेको कभरेजलाई लिएर बिभिन्न टिकाटिप्पणी गरिएको पाइन्छ । मिडियाको भूमिकामाथि प्रश्न उठाएको पाइन्छ ।
सरकारी स्वामित्वका दुई ठूला पत्रिका गोरखापत्र र राइजिङ नेपाल सँगसँगै निजी क्षेत्रबाट निस्केका ६ वटा (कान्तिपुर, काठमाडौं पोष्ट, हिमालय टाइम्स, नेपाल समाचारपत्र, स्पेसटाइम र राजधानी ) दैनिकको अध्ययनबाट अहिलेको मुल प्रवाहमा रहेका अखबारमा भइरहेको राजनीतिक पत्रकारिताका बारेमा यथेष्ट जानकारी प्राप्त हुन्छ । समाचार प्रस्तुत गर्ने स्वतन्त्रता नपाएका गैर सरकारी रेडियोमा प्रसारण गरिएका समाचार दैनिक पत्रिकाहरूमा नै आधारित हुने गरेकाले रेडियो पनि अध्ययनबाहिर परेको छ ।

समाचार
घटना पश्चात नारायणहिटीबाट अस्पताल र विशिष्ट चिकित्सकहरूको खोजीमा हुइंकिएका साइरनयुक्त बाहनका कारण त्यो रात राजधानीका सडक अनपेक्षित रूपमा व्यस्त थिए । काठमाडौंबाट राती ढिलो गरी समाचार संकलन गरेर प्रकाशित हुने गरेका प्रभावकारी राष्ट्रिय दैनिकहरू उक्त घटनाको रिपोर्टिङ्ग गर्न असक्षम देखिए । भोलिपल्ट बिहान नेपाल समाचारपत्र र स्पेसटाइमले संक्षिप्त समाचार (विषयवस्तुको हिसाबमा) प्रकाशित गरे ।

सरकारी दैनिक गोरखापत्र तथा सबैभन्दा बढी बिक्ने र प्रायजसो घटनामा तुलनात्मक रूपमा बढी जानकारी दिने समाचार प्रकाशित गर्ने कान्तिपुरमा समेत उक्त काण्डबारे कुनै समाचार प्रकाशित भएन । जेठ २० गते प्रकाशित नेपाल समाचारपत्रमा राजा रानीको फोटो सहित एउटा समाचार छापियो । ‘राजदरबारमा गोलीकाण्ड, कैयौं हताहत, राजारानी र युवराजको अवस्था आधिकारिक रूपमा अपुष्ट’ शीर्षकको उक्त समाचार ‘ब्यानर न्यूज’को रूपमा छापिएको थियो । राती तीन बजे लेखिएको भनिएको उक्त समाचारमा राजा, रानी, युवराज, अधिराजकुमार, अधिराजकुमारी लगायत राजपरिवारका अन्य सदस्यलाई पनि गोली लागेको तर स्वास्थ्य स्थिति स्पष्ट नभएको उल्लेख गरिएको छ । समाचारसूत्र उल्लेख गर्दै गोली लागेका मध्ये १५ जनाको मृत्यु भएको तर पुष्टि भै नसकेको बताइएको छ । 

राजा वीरेन्द्रका पाँच परिवारको फोटो सहित छापिएको ६ अनुच्छेदको उक्त संक्षिप्त समाचारमा गोली लागेको तथ्य बाहेक अरू सबै अनुमानका भरमा लेखिएको गलत सूचना प्रवाहित भएको छ । जस्तो कि तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रलाई शुक्रबार (जेठ १९) राती नै हेलिकप्टरबाट राजधानी ल्याइएको भनिएको छ । तर घटनाको छानबिन गर्न गठित उच्चस्तरीय समिति समक्ष सेना प्रमुख प्रज्वल्ल शमशेर राणाले
‘हेलिकप्टर उडाउने प्रयास गरिएको तर खराब मौसमका कारण संभव नभएको’ बताएको पाइन्छ । काण्ड भएको रात हेलिकप्टर उडेको राजधानीमा सुनिए पनि उपत्यकाबाहिर हेलिकप्टर लैजाने प्रयास विफल भएको थियो । त्यसैगरी ‘मन्त्रीपरिषद र राजपरिषदको आकस्मिक बैठक बसेको’ ठोकुवा गरिएको छ जुन क्रमशः भोलिपल्ट सवेरै तथा अपराह्न मात्र संभव भएको थियो ।
जेठ २० गते नै स्पेसटाइमले फोटो बिनाको ब्यानर न्यूज छाप्यो । सामान्य भन्दा धेरै ठूलो अक्षरमा छापिएको उक्त समाचार समाचारपत्रको भन्दा केही फरक थियो । दरवार वरपरका निवासीलाई ‘कोट’ गरेर ‘दरबारभित्र विस्फोटक पदार्थ पड्किएको सुनिएको’ थियो भन्ने समाचारमा उल्लेख गरिएको छ ।  समाचारमा राती दश बजेको घटना भनिए पनि करिब नौ बजे काण्ड घटेकोले अनुमानको भरमा दरबार वरपर निवासी भन्ने ‘कोट’ गरिएको हुन सक्छ । 
राती एक बजेतिर प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला छाउनी अस्पतालमा देखिएको, डा. उपेन्द्र देवकोटालाई नर्भिक नर्सिङ होमबाट छाउनी लगिएको जस्ता तथ्य सही थिए । त्यसैगरी राजपरिषद स्थायी समितिका सदस्यहरू रातीदेखि आ-आफ्ना निवासमा तम्तयार रहेको पनि समाचारले जनाएको थियो जुन समाचारपत्रको भन्दा विश्वसनीय तथ्य थियो । सरकारी विद्युतीय र छापाका सञ्चार माध्यमले कुनै सूचना प्रवाह नगरेका बेला संक्षिप्त र अपुष्ट भए पनि समाचार प्रकाशित गरेकाले जस समाचारपत्र र स्पेसटाइमलाई जान्छ । ती समाचारले कमसेकम शहरी क्षेत्रका धेरै मानिसलाई घटना घटेको मात्र भए पनि पुष्टि ग-यो । तर अरू ठूला पत्रिकाको सन्दर्भमा भन्नुपर्दा रिपोर्टिङ्ग जे कारणलेनगरिएको भए पनि विश्व इतिहासमै विभत्स र दुर्लभ घटना घट्दा प्रमुख अखबारका संवाददाता, सम्पादक, प्रकाशकहरू मौन रहनु आश्चर्यजनक छ । त्यसले पत्रपत्रिकाको समाचार स्रोतमाथिको पहुँचमा कमी भन्दा पनि विषयवस्तुको जटिलताका कारण खतरा नमोलेको प्रष्ट हुन्छ ।

मुलुकमा संसाँझै प्रधानमन्त्रीको हत्या भएको हुँदो हो त त्यसको रिपोर्टिङ्ग गर्न कुनै अखबार चुक्तैनथे तर राजा, राजपरिवारसम्बन्धी घटना भएकाले मौन रहन रुचाए । २०४६ को जनआन्दोलनले स्थापना गरेको प्रजातन्त्रले प्रदान गरेको खुला वातावरणमा सशक्त बन्दै गएको र सबैभन्दा फष्टाएको एक मुख्य विधाका रूपमा लिइंदै आएको ठूला अखबारहरू वास्तविक रूपमा निर्भीक र बलियो भइनसकेको तथ्य उक्त
घटनाले प्रष्ट्याएको छ । 

कान्तिपुर र काठमाडौं पोष्टले जेठ २० गते साँझ एउटा अतिरिक्ताङ्क निकाले । जम्मा चार पेजका ती अतिरिक्ताङ्कका मुखपृष्ठमा समाचारसूत्रहरू उल्लेख गर्दै घटना विवरण, राजपरिषद स्थायी समितिको निर्णय र दीपेन्द्रलाई राजा तथा अधिराजकुमार ज्ञानेन्द्रलाई ‘राज्य सहायक’ घोषणा गरिएको समाचार छापियो । दुवै पत्रिकाका भित्री पृष्ठ राजा, रानी, युवराज, अधिराजकुमार तथा अधिराजकुमारीका जीवन्त फोटोहरूले भरिएका थिए भने अन्तिम पृष्ठमा राजा वीरेन्द्रको शासनकालमा भएका विभिन्न महत्वपूर्ण घटनाक्रम प्रस्तुत गरिएको थियो । काठमाडौं पोष्टले विशेष सम्पादकीय प्रकाशित ग¥यो आफ्नो अतिरिक्ताङ्कमा । भोलिपल्टको नियमित अंकमा दोहो-याइएको उक्त सम्पादकीयमा विभत्स र अकल्पनीय घटना घटेकोमा दुःख प्रकट गर्दै धैर्य र संयमका लागि आह्वान गरिएको थियो । 

गोरखापत्र, हिमालय टाइम्स, राइजिङ नेपाल जस्ता राष्ट्रिय दैनिकहरूले भने जेठ २० गतेको डेटलाइनमा घटनाको पर्सिपल्ट जेठ २१ गते मात्र राजा रानीको अन्त्येष्टिको समाचार सहित काण्डबारे रिपोर्टिङ्ग गरे । जेठ २१ गते कान्तिपुरमा ब्यानर न्यूज छापियो ‘राजदरबारमा विभत्स हत्याकाण्ड, युवराजाधिराज दीपेन्द्र श्री ५ महाराजाधिराज घोषित, मौसुफको स्वास्थ्यस्थिति चिन्ताजनक, श्री ५ अधिराजकुमार ‘राज्य सहायक’, श्री ५ वीरेन्द्र, श्री ५ ऐश्वर्य, श्री ५ अधिराजकुमार निराजनसमेत राजपरिवारका अन्य पाँच सदस्यको स्वर्गारोहण’ शीर्षकमा । उक्त समाचारमा अतिरिक्ताङ्कको धेरै तथ्य दोहो¥याइएको थियो । समाचारमा युवराज दीपेन्द्रले शुक्रबार आयोजना हुने नियमित रात्रिभोजमा अन्धाधुन्ध गोली चलाएको भनिएको छ । रात्रिभोजमा आधा घन्टामात्र बसी ‘गुडनाइट’ भनेर हिंडेका युवराज डेढ घन्टामा ‘कम्ब्याट’ पहिरनमा फर्केको र आफूसँग भएको एचके गन र पेस्तोलले राजा वीरेन्द्रलाई पहिलो निसाना बनाएकोे उल्लेख गरिएको छ । सबैलाई हानेपछि आफैंलाई गोलीको निसाना बनाएका युवराजको विवाहबारे असहमति कायम रहेको पनि समाचारसूत्रलाई उल्लेख गर्दै प्रकाशित गरिएको थियो ।
कान्तिपुर, हिमालय टाइम्स, नेपाल समाचारपत्र लगायत सबै दैनिक अखबारका जेठ २१ गते छापिएका समाचारहरूले बजारमा सुनिएको हल्ला र अन्तर्राष्ट्रिय समाचार माध्यममा आइरहेका तथ्यबाहेक नयाँ कुरा दिन सकेनन् । घटना घट्नुको मुख्य कारण युवराज दीपेन्द्रको विवाह भएको समाचार छापिए पनि त्यसको आधिकारिकता पुष्टि गर्ने प्रयास कुनै पनि पत्रिकाले गरेनन् । आधिकारिकता भन्नाले कुनै पनि सूत्रले रात्रिभोजमा युवराज दीपेन्द्रको विवाहप्रसंग उठेको बताएका छैनन् । न त त्यसबारे युवराज दीपेन्द्रको उनका आमाबाबु र नातेदारहरूबीच कटुता रहेको उल्लेख गरेका छन् । समाचारमा उल्लेख भएका सूत्रहरू एउटा पनि प्रत्यक्ष रूपमा उल्लेख गरिएको छैन ।
समाचारहरूमा दीपेन्द्रले लाग्ने गरी रक्सी पिएको उल्लेख छ । तर त्यसरी लाग्ने गरी रक्सी पिएका व्यक्तिले कसरी केही बेरमै आफ्नो पहिरन फेरेर थुप्रै मशिनगन बोकी रोजी रोजी मान्छे मार्ने काम गर्नसक्छ भन्नेबारे जेठ २१ गतेका अखबारमा कुनै टिप्पणी गरिएन । सर्वसाधारणका लागि अत्यन्त अपत्यारिलो बनेको उक्त तथ्य अहिलेसम्म पनि जनमानसमा प्रश्नका रूपमा रहिरहेको छ । पछि घटना छानबिन गर्न बनेको
समितिसमक्ष युवराज दीपेन्द्रकी कथित प्रेमिका देवयानीले दिएको बयानमा पनि दीपेन्द्रको लरबराइरहेको स्वरको कुरा निस्केकाले दीपेन्द्रले नशालाग्ने गरी केही खाएको प्रष्ट हुन्छ । ‘नाम नखुलेको कालो पदार्थ’का कारण उनको स्वर लरबरिएको हो भने, त्यस्तो मानिसले उठेर जथाभावी गर्न सक्छ कि सक्दैन भन्ने विषयमा पनि सर्वसाधारणलाई भरपर्दो जवाफ दरबार, सरकार वा छानबिन गर्न गठित उच्चस्तरीय समिति तथा
विज्ञहरूका सहायतामा दैनिक अखबारहरूले तत्काल दिने प्रयास गरेनन् । 
एक महिनाभन्दा ढिलो गरी असार २२ गतेको कान्तिपुरमा नारायण वाग्लेको रिपोर्ट थियो-‘दीपेन्द्रबाट रक्सी र लागू पदार्थ सेवन भएको थिएन’ भन्ने । वाग्लेले अनुसन्धाताहरूलाई ‘कोट’ गर्दै ‘घटनास्थलमा खोलिएका रक्सीका बोत्तल संख्या तथा चुरोटका ठुटाहरूका आधारमा दीपेन्द्रले लाग्ने गरी कुनै पदार्थ नपिएको’ बताएका छन् । ‘खासगरी दीपेन्द्रको सानैदेखिको हार स्वीकार नगर्ने हुर्काइ, विवाहबारेको विवाद र विशेष चुरोटको बढ्दो सेवनले भयानक संहारकारी घटना घटाउने मनस्थितिमा पु-याएको अनुमान’ सूत्रहरूलाई ‘कोट’ गर्दै वाग्लेले लेखेका छन् । धेरै ढिलो गरी पे्रषित उक्त समाचारले असन्तुलित मानसिक स्थितिले भयानक घटना घटाउन सक्छ भन्ने तर्क प्रस्तुत गरे पनि सर्वसाधारणका लागि भने अन्तिम दिनसम्म सार्वजनिक समारोहमा अत्यन्त सन्तुलित व्यवहार देखाउँदै आएका दीपेन्द्रले आफ्नो वंश विनाश गर्न सक्छन् भन्ने तथ्य अपत्यारिलो बनेको थियो । त्यसैगरी दाहिने हात चल्ने दीपेन्द्रको मृत्यु देब्रे कञ्चटमा गोली लागेर हुनु पनि धेरैका लागि स्वीकार्य थिएन । घटनाको भोलिपल्ट जेठ २० गते विहानैदेखि सरकार नियन्त्रित रेडियो, टेलिभिजनमा राजपरिषद स्थायी समितिको बैठक आह्वान गरियो । दिउसो साढे एक बजे समितिले राजा रानी र अधिराजकुमार निराजनको मृत्यु भएकाले श्री ५ दीपेन्द्रलाई राजा तथा
उनको गंभीर स्वास्थ्यका कारण श्री ५ ज्ञानेन्द्रलाई ‘राज्य सहायक’ घोषणा ग-यो ।
समितिको औपचारिक बैठक बस्नुअघि स्थायी समितिका अध्यक्ष डा. केशरजंग रायमाझीको बहादुर भवनस्थित कार्यकक्षमा प्रधानमन्त्री, प्रधानन्यायाधिश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभा अध्यक्ष, विपक्षी दलका नेता र पूर्व प्रधानमन्त्रीहरू सूर्यबहादुर थापा, किर्तिनिधि बिष्ट र मरिचमान सिंहबीच करिब दुइ घन्टा अनौपचारिक छलफल भएको थियो । जबकि औपचारिक बैठक आधा घन्टा मात्र बसेको थियो ।
अखबारहरूले औपचारिक बैठकको रिपोर्टिङ्ग गरेर औपचारिकता मात्र निर्वाह गरे । अनौपचारिक बैठकमा के भयो भन्नेबारे कुनै रिपोर्टिङ्ग गरिएन । औपचारिक बैठकमा उठेका केही विरोधका स्वर भने अखबारहरूले उल्लेख गरेका थिए ।
जेठ २१ गते नै कान्तिपुर तथा हिमालय टाइम्समा प्रकाशित समाचारमा सरकारले घटनाबारे कुनै विवरण उपलब्ध नगराएको एवं जानकारी दिन, प्रतिक्रिया जनाउन र टिप्पणी गर्न कुनै निकाय वा पदाधिकारी तयार नभएको समाचार छापिएको छ । तर कोसँग सोध्न खोजिएको थियो र को बोल्न चाहेनन् भन्ने उल्लेख छैन । जेठ २१ गतेदेखि २३ गतेसम्म विभिन्न अखबारमा छापिएका समाचारका आधारमा तिनले घटनाको यथार्थ पत्ता लगाउन गरेको प्रयास, सत्य तथ्य सार्वजनिक गर्न सरकार र दरबारलाई दिन खोजेको दबाब र त्यसको प्रतिफलबारे निम्न कुराहरू भन्न सकिन्छः ।

(मार्टिन चौतारीले गरेको अध्ययन रिर्पोटको अंश हो यो । विस्तृत रिर्पोट पढ्न यो लिंक क्लिक गर्नू होला http://www.martinchautari.org.np/files/SINHAS-Articles/SINHAS-Vol.7-No.1_Rama-Parajuli.pdf ।)




प्रतिक्रिया


  1. задачи на определение направления магнитного поля, направление магнитных линий в данной точке отбасылық группаға ат қою, достарға ат қою леп белгісі өлең, леп белгісі мысалдар этика мораль мен адамгершілік туралы ілім ретінде презентация, этиканың негізгі мәселелері

    acquisto sicuro di farmaci online Pharmathen Zárate farmaci da acquistare in Europa

    Erfahrungen mit Medikamente ohne Rezept in Frankfurt am Main Accord Belén de Escobar Comprar medicamentos en línea en Buenos Aires