दरवार हत्याकाण्ड भित्रको राजनीतिक रहस्य

image

राजा वीरेन्द्र रानी ऐश्वर्य, युवराज दीपेन्द्र सहित शाह राजाको बंशनाश हुने गरी २०५८ साल जेठ १९ गते भएको दरवार हत्याकाण्ड अझै रहस्यमय छ । दुई दशक पुरा हुँदा समेत त्यो घटना कसरी भयो ? किन र कसले गरायो ? यो घटना राजनीतिक हो वा दुर्घटना ? योे बिषय रहस्यकै गर्भमा रहेको छ । 

शक्तिहिन भएर संवैधानीक हैसियतमा सिमित भएपछि राजा वीरेन्द्रमा छटपटाहट थियो । लामो समय सत्ता सञ्चालन गरेका राजा मन्त्रीहरुसंग कुरा गर्दा भन्ने गर्थे ‘यत्रो वर्ष राज्य सञ्चालनको मेरो अनुभवबाट फाइदा कसरी लिने ? मैले कसरी शेयर गर्ने ?’
तत्कालीन रक्षामन्त्री महेश आचार्यले लेखकलाई सुनाए ‘हामी भन्थ्यौ संवैधानीक राजाको सल्लाहकार भनेकै प्रधानमन्त्री हो । सरकारले आफ्ना अनुभव प्रधानमन्त्रीलाई शेयर गर्नु पर्छ ।’
ति दिन संसद, प्रजातान्त्रिक संस्था, राजनीतिक दल वदनाम थिए । माओवादीको शसस्त्र विद्रोह उग्र हुदै थियो । त्यही मौका छोपेर राजा (वीरेन्द्र) प्रजातन्त्र कमजोर वनाउन एकाग्र भएर लागि परेका थिए । 
माओवादीसंग मिलेर संसदवादी दललाई किनारा लगाउन ‘अधिराजकुमारको उपाधी छोडेर २०४५ मंसिर २८ मा लण्डन गएका कान्छा भाई धिरेन्द्रलाई राजाले १२ वर्ष पछि नेपाल बोलाएर नारायणहिटी दरवारमा आफूसंगै राखेका थिए । 
पत्रकार सुधिर शर्मा आफ्नो पुस्तक प्रयोगशालामा लेख्छन् –‘देश द्वन्द्वमा होमिदै गर्दा धिरेन्द्रको स्वेदशागमन अर्थपूर्ण थियो । स्वदेश फर्के लगत्तै उनी राजनीतिक अभिव्यक्ति दिन थालेका थिए । एउटा अन्तवार्तामा धिरेन्द्रले भनिदिए ‘गणतन्त्रको नारा उठाए पनि माओवादीहरु नेपाली राष्ट्रवादी नै हुन् । यस कारण हामीले वार्ताको पहल गर्नु आवश्यक छ ।’
२०५७ जेठ २४ गते राष्ट्रवादी युवा मोर्चाको कार्यक्रममा प्रमुख अतिथिको हैसियतमा सार्वजनीक भए उनी । त्यही कार्यक्रममा कलाकार मोहन निरौलाले भने ‘अहिलेको स्थितीमा सुधार ल्याउन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई मार्नु पर्छ भने पनि म तयार छु ।
‘निरौलाको त्यो अभिव्यक्तिलाई लिएर दुई दिनसम्म संसदमा हंगामा भयो । गृहमन्त्री गोविन्दराज जोशीले निरौलालाई गिरफ्तार गर्न आदेश दिए । निरौला भूमिगत रहे ।’
धिरेन्द्र मार्फत माओवादीसंग सम्वाद हुन थाले पछि दरवारिया र माओवादी दुवै प्रधानमन्त्री कोइराला प्रति आक्रामक बन्दै गए । ति दिन दरवार र माओवादी विच निरन्तर सम्वाद जारी थियो । 
यस सन्दर्भमा पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले लेखकलाई भनेका छन् ‘कही न कही राजा वीरेन्द्रले नेपालीका विरुद्ध सेना परिचालन गरि हाल्नु हुदैन भन्ने गरेको संकेत हामीले पायौ । त्यस पछि काठमाडौंमा काम गर्ने केन्द्रीय सदस्य कृष्णध्वज खड्का मार्फत सम्पर्क वनाउने कोसिस ग-यौ । दरवारको सम्पर्क सुत्र धिरेन्द्रसंग हाम्रा साथीहरुको पटक  पटक कुराकानी भयो । उनी मार्फत राजा बीरेन्द्रसंग हाम्रो सम्वाद हुन्थ्यो ।’ 
वीरेन्द्रवाट सकारात्मक संकेत पाए पछि ‘२०५७ (माघ फागुन) मा भारतको पञ्जावमा सम्पन्न माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनले राजासंग सहकार्य सम्भव हुने गरी सर्वपक्षीय सम्मेलन बोलाउने, त्यो सम्मेलनवाट अन्तरिम सरकार बनाउने र जनसंविधानको निर्माण सुनिश्चित गर्ने प्रस्ताव पारित ग-यो । जसमा कांग्रेस, एमाले लगायतका संसदवादी दललाई विस्थापित गरेर सम्भव भए दरवारसंगै गठवन्धन बनाई सत्तामा पुग्ने भन्ने थियो ।’ त्यसका लागि माओवादीले दरवार र सरकार विच अन्तरविरोध खडा गर्ने रणनीति बनायो । 
प्रधानमन्त्री कोइराला माओवादी विद्रोहको समाधानका लागि सेना परिचालन गर्नु पर्ने पक्षमा थिए । तर दरवार भने ‘सरकारलाई अल्मल्याउने र माओवादी समस्या समाधानको जस आफै लिने रणनीतिमा थियो ।’ 
सरकारले प्रहरी संगठनलाई शक्तिशाली वनाएको दरवारलाई चित्त वुझेको थिएन । उ सैन्य संगठनलाई विस्तार गरी शसक्त वनाउन चाहन्थ्यो । राजा बीरेन्द्रका एडीसी सुन्दरप्रताप रानाले आफ्नो पुस्तकमा लेखेका छन् ‘माओवादी द्वन्द्व चर्किए पछि १२ वर्ष भित्र गर्ने भनिएको सैन्य विस्तार एक डेढ वर्षमै भयो । ४६ हजारबाट सेना ९३ हजारमा पुग्यो । जो इतिहासमै सबभन्दा धेरै संख्या भएको अवस्था हो ।’
नेपाली सेनालाई चमू अवधारणा अन्तर्गत लैजान र २०५८ बैसाख १ गते पूर्व प्रधानसेनापति धर्मपालवरसिंह थापालाई अतिरथी ‘फिल्डमार्शल’ नियुक्त गरी सबै सुरक्षा निकायसंग समन्वय गर्न लगाएर कुनै कदम चाल्ने गृहकार्यमा राजा लागेका थिए । यस प्रसंगमा सैनिक सचिव विवेककुमार शाह आफ्नो पुस्तक मैले देखेको दरवारमा लेख्छन् ‘सरकारवाट २०५७ फागुन ४ गते फिल्ड मार्शलको नियुक्ति सुरक्षा परिषद्को सिफारिसवाट गर्ने की मन्त्रीपरिषदबाटै गर्ने वा दरवारले सिधै गर्ने भन्ने बिषयमा  गृहकार्य गरी सुझाव दिन भनिबक्सियो ।’ 
सेनाको संख्या लगातार वृद्वि गरिए पनि आन्तरिक द्वन्द्व समाधानमा उसलाई परिचालन गर्न राजा तयार नहुदा सरकार र दरवार विचको असमझदारी चुलिमा थियो । राजा सेना परिचालनमा किन तयार भएनन् त ? मेरो यो प्रश्नमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले लेखकसंग भनेका छन्–प्रत्यक्ष भेट नभए पनि राजासंग पटक पटक मेरो अनौपचारिक सम्वाद भयो । कुन कुन च्यानलबाट सम्वाद हुन्थ्यो, सायद सबै कुरा अहिले भन्न आवश्यक पनि छैन र उचित पनि हुदैन । त्यो सवै म मेरो संस्मरणमा राख्ने छु ।’
पटक पटकका अनौपचारिक छलफल पछि २०५८ बैसाख १३ गते माओवादी प्रतिनिधि कृष्णध्वज खड्कासंग धिरेन्द्रको लामै वार्ता भयो । निक्कै गोप्य राखिएको त्यो भेटमा धिरेन्द्र खुलेर प्रस्तुत भए । 
माओवादीको वटमलाईन पत्ता लगाएर वार्तालाई टुंगोमा पु-याउने जिम्मेवारी पाएका उनले खड्कासंग एक पछि अर्को प्रश्न ते-याए । 
‘माओवादीले चाहेको के हो  ? यसको समाधान कसरी गर्न सकिन्छ ? अध्यक्ष प्रचण्डको राजनीतिक धारणा के हो ? ठूल्दाई (राजा बीरेन्द्र) बारे के भन्नुहुन्छ ? दरवार र माओवादीको मिलन विन्दु के हुन सक्छ ? 
जवाफमा खड्काले भनेका थिए ‘शोषिण उत्पिडन हटाउन दरवारले पहल गर्नु पर्छ । सत्ता वाडफाड हुनु पर्छ । त्यति भयो भने राजतन्त्र मान्न हामीलाई आपत्ति हुदैन ।
कुराकानीका क्रममा धिरेन्द्रले भनेका थिए ‘राजा बीरेन्द्र, अधिराजकुमार ज्ञानेन्द्र र आफू माओवादी राष्ट्रवादी हुन् र यीनलाई राष्ट्रिय राजनीतिको मुलधारमा ल्याउनु पर्छ भनेर सहमत छौ । माओवादी अध्यक्ष प्रचण्डलाई विश्वास दिलाउन चाहन्छौ कि, कुनै पनि हालतमा सेना परिचालन हुदैन ।
राजाका प्रतिनिधिसंगको वार्ता वारे खड्काले उपत्यका व्युरो इन्चार्ज रामवहादुर थापा बादल र वादलले प्रचण्डलाई रिपोटिङ गर्थे ।
भेटवाट उत्साहित धिरेन्द्रले कुराकानीलाई लिपिवद्व गरी नौ वुदे सहमति पत्र माओवादी अध्यक्ष प्रचण्डलाई पठाए । जसमा दरवारले सेनालाई आफू मातहत राखेर प्रधानमन्त्री माओवादीलाई दिने र कांग्रेस एमाले लगायतका संसदवादी दललाई पाखा लगाउने मार्गचित्र थियो । 
राजा बीरेन्द्र र अध्यक्ष प्रचण्ड दुवै वार्ताको टेवलमा वसेर अन्तिम रुपम दिनु पर्ने धिरेन्द्रको सन्देश पाए पछि माओवादी उत्साहित थियो । अध्यक्ष प्रचण्ड राजासंग हुने शिर्ष वार्तामा के कस्ता मुद्वा उठाउने भन्ने वारे गृहकार्य गर्न थालि सकेका थिए ।
२०५८ सम्म आई पुग्दा माओवादी सत्तारुढ दलसंग होइन, सिधै मालिक (राजा)संग बार्ता गर्ने बताउन थालि सकेको थियो । ‘माओवादीले समेत दलिय पद्वतीलाई पूर्णत नजरअन्दाज गरेर राजासंग  वार्ता गर्ने भने पछि दरवार शक्ति हत्याउने मौका यही  नै हो  भन्ने तहमा पुगेको  थियो ।’
अन्तिममा धिरेन्द्रले ‘राजा बीरेन्द्र प्रचण्डलाई भेट्न आतुर रहेको खवर पठाए । 
यस प्रसंगमा पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डले लेखकलाई सुनाए ‘खाली कसरी भेट्ने ? कहा भेट्ने ? काठमाडौंमा भेट्न कति सजिलो हुन्छ ? या वाहिर कसरी भेट्ने भन्ने वारेमा चर्चा हुदै थियो ।’
त्यो वेला राजाले दरवारको सुरक्षा घेरा र सरकारी संयन्त्रलाई छलेर आतंककारी घोषित माओवादी प्रमुख प्रचण्डलाई भेट्न सहज पनि थिएन । 
धिरेन्द्र भन्ने गर्थे ‘पहिला माल्दाई (ज्ञानेन्द्र) अनी ठूल्लदाई (राजा बीरेन्द्र) संग भेट्नु पर्छ ।’ ति दिन दरवार भित्र अनुदारवादी धारको चुपुवामा परेका थिए राजा बीरेन्द्र । माओवादी विद्रोह उत्कर्षमा पुगेको, दलहरु विचको विवाद चुलिएको र संसदीय व्यवस्था चरम वदनाम भएकाले सत्ता लिने यही नै उपयुक्त समय हो भन्नेमा थिए, वडामहारानी, ऐश्वर्य, युवराज दीपेन्द्र र अधिराजकुमार ज्ञानेन्द्र । ‘यो खेमा राजा महेन्द्रलाई आदर्श मान्थ्यो, राजा कडा हुनु पर्छ, दलहरुलाई पेलरै जानु पर्छ भन्ने ठान्थ्यो ।
अर्को तिर वेलायतमा उच्च शिक्षा लिएका राजा वीरेन्द्र हतार गरेर होइन, विस्तारै कदम चाल्नु पर्छ भन्नेमा थिए । यस सन्दर्भमा पूर्व प्रधानमन्त्री कोइरालाले लेखकसंग भनेका छन् ‘माओवादी विद्रोहलाई कारण वनाएर दरवार सत्ता हत्याउने रणनीतिमा थियो । ज्ञानेन्द्र माओवादीसंग मिलेर चाडै सत्ता लिन राजालाई माथि दवाव वढाईरहेका थिए । तर वीरेन्द्र चाही गो स्लो भन्ने मान्यता राख्दथे । यसैमा दाजुभाई विच मतभिन्नता भएको थियो ।
त्यही ताका धिरेन्द्रले प्रचण्डलाई सन्देश पठाए ‘ठूल्दाई मानिरहनु भएको छैन, तर उहालाई मनाउन सकिन्छ । माल्दाई र दिपेन्द्रसंग पनि कुरा भएको छ उनीहरुले मानेका छन् । 
२०५७ सालको अन्त्य तिर आई पुग्दा कसरी अघि वढ्ने भन्ने विषयमा दरवार भित्र तिव्र वहस चलिरहेको थियो । पुष १४ गते राजा बीरेन्द्रको जन्मोत्सवको पार्टीमा पनि त्यसको झलक देखियो । 
ज्ञानेन्द्र ः ठूल्दाई जनता धेरै मरि सके । अव दरवार चुप लागेर वस्नुहुन्न । 
बीरेन्द्र ः (वेट) पर्ख हतार गर्नुहुन्न । 
दाजु भाईको सम्वाद नियाली रहेका राजा बीरेन्द्रका एडीसी सुन्दरप्रताप राना आफ्नो पुस्तकमा लेख्छन् ‘ज्ञानेन्द्र सरकारलाई दाईको कुरा चित्त वुझे जस्तो देखिन मैले । त्यस वेलाको बोली र अनुहारको हाउभाउ हेर्दा अधिराजकुमार निकै विचलित भईसकेको जस्तो प्रतीत हुन्थ्यो ।
‘माओवादी र दरवार दुबैको साझा तारो २०४७ सालको संविधान थियो । माओवादी त्यसलाई च्यातेर आफूले चाहे जस्तो सत्ता ल्याउन चाहन्थे भने दरवारियाहरु राजतन्त्रलाई ‘रबरस्ट्याम्प’ सरह बनाएको भन्दै असन्तुष्ट थिए । उनीहरुको लक्ष्य फरक थियो तर भत्काउनु पर्ने घर एउटै थियो । दरवारमा सत्ता लिने नलिने विषयमा व्यापक वहस चलिरहदा २०५८ जेठ १९ गते दरवार हत्याकाण्ड भैहाल्यो । 

अझै पनि दरवार हत्याकाण्ड रहस्यमै छ । घटना भएको दुई दशक पुरा हुदा देशमा राजतन्त्रको अन्त्य भै गणतन्त्र आएको पनि तेह्र वर्ष भैसक्यो । तर त्यो हत्याकाण्ड राजनीतिक हो वा युवराज दिपेन्द्रको विवाह विवादका कारण श्रृजित हो । अथवा यसमा राष्ट्रिय अन्तराष्ट्रिय षड्यन्त्र छ भन्ने कुरा रहस्यमै छ । लेखकसंगको कुराकानीमा तत्कालीन प्रधानमन्त्री कोइरालाले भनेका थिए–मान्छेहरु भन्छन्—अधिराजकुमार ज्ञानेन्द्र राजा वीरेन्द्रलाई चाँडै सत्ता हातमा लेउ भनेर दवाव दिन्थे तर वीरेन्द्र चाही गो स्लो भन्ने मान्यता राख्दथे । यसैमा दाजुभाई विच मत भिन्नता भएको थियो । माओवादीले पनि राजा वीरेन्द्रसंग हाम्रो सहकार्य थियो भनेका छन् ।  ज्ञानेन्द्रसंग पनि त उनीहरुको सहकार्य भयो होला ? राजा नभए पनि आखिर राजाका भाई त थिए नी । यीनको चाहना चाडै माओवादी र राजा वीच सहकार्य गराउने थियो । उनले ढिलो गरे त्यसैले दरवार हत्याकाण्ड भयो भन्छन् मानिसहरु  । म एकिन अड्कलेर भन्न सक्दिन । 




प्रतिक्रिया


  1. V2e8z9i6Q1

    до чого сниться каблучка віддати померлому комбінація таро місяця та долі до чого сниться що мене з'їли свині влада ольховська легенда про зодіак

    image acquisto farmaci senza ricetta medica a Milano apotex Reggio Emilia

    achat médicaments en Belgique fiable Medcor Maarssen Guide pour acheter médicaments en ligne