द्वारिकादेवी ठकुरानी, दक्षिण एसियाकै पहिलो महिला मन्त्री

image

२०७६ साल साउन पहिलो साता विशालनगर स्थित निवासमा राणाले लेखकलाई भनेकी थिइन–त्यत्रो संसदमा हामी जम्मा दुई  महिला मात्र थियौ ।  मैले द्वारिकादेवीजीलाई सोधेकी थिए । हैन, तपाई कसरी चुनाव जितेर यहाँसम्म आई पुग्नु भयो । मेरो हात समाएर उहाँले भन्नु भएको थियो । बीपी आफैले टिकट दिएर चुनाव लड्ने वातावरण मिलाई दिएकाले मात्र यो सव सम्भव भएको हो ।

राणाकालीन नेपाल । त्यस माथि सुदुरपश्चिमको पहाडी जिल्ला डोटीको जैनोलीमा वि.सं. १९७१ मा जन्मिएकी द्वारिकादेवी ठकुरानीले नेपाल मात्र होइन, दक्षिण एसियाकै पहिलो महिला मन्त्री वनेर इतिहास रचिन । 

गोर्खापत्रमा प्रकाशित समाचार 

वि.सं. २००७ सालको सशस्त्र क्रान्तिमा सहभागी भएर ३२ दिन जेल वसेकी उनी २०१५ को प्रथम आम निर्वाचनमा डडेल्धुरा क्षेत्र नं ६९ बाट नेपाली काँग्रेसको उम्मेद्धवार थिइन । त्यो चुनावमा प्रतिश्पर्धा गर्ने र जित्ने उनी एक मात्र महिला उम्मेद्धवार हुन् । महिलाले राजनीति गरेको नरुचाउने समाज थियो । त्यसैले त उनको क्षेत्रमा विरोधीले पेटीकोटलाई भोट नदेऊ भन्ने नारा समेत लगाए । 
अन्नत फराकिलो मत अन्तरमा द्धारिकादेवी नै विजयी भइन । 
पहिलो जननिर्वाचित संसदमा नेपाली कांग्रेसको दुई तिहाई वहुमत थियो । तर चुनावी परिणाम घोषणा भएको तीन महिनासम्म राजा महेन्द्रले सरकार गठनका लागि आव्ह्रन गरेनन् । अन्तत २०१६ साल बैसाख २२ गते मन्त्रीपरिषद्का अध्यक्ष सुवर्णशमशेर राणाको ललीता निवास (हाल नेपाल राष्ट्र बैंक वालुवाटार रहेको भवन) मा कांग्रेस संसदीय दलको बैठक भयो, निर्वाचित एक मात्र महिला सदस्य द्धारिकादेवी ठकुरानीको अध्यक्षतामा । त्यही बैठकले बीपी कोइरालालाई दलको नेता र सुवर्णशमशेरलाई उप नेता चयन ग-यो । त्यसपछि राजाले बीपीलाई सरकार गठनका लागि आव्ह्रन गरे । अनी २०१६ साल जेठ १३ गते बीपीको नेतृत्वमा मुलुककै पहिलो जननिर्वाचित सरकार गठन भयो । ११ सदस्यीय मन्त्रीमण्डलमा द्वारिकादेवी उपमन्त्री वनिन् । उनलाई स्वास्थ्य र स्वायत्त शासन मन्त्रालयको जिम्मेवारी दिइएको थियो । 


गोर्खापत्रमा २०१६ जेठ १४ गते प्रकाशित समाचार 

त्यति बेला दुई सदनात्मक संसद थियो । तल्लो सदन प्रतिनिधिसभामा द्धारिकादेवी र माथिल्लो सदन महासभामा राजावाट मनोनीत कमल राणा मात्र महिला सदस्य थिए । राणा, सत्तारुढ दल नेपाली कांग्रेसका उम्मेद्धवार डीके शाहीलाई पराजित गरी महासभाको उपाध्यक्ष भइन । उनी पनि नेपाल मात्र होइन, दक्षिण एसियाकै संसदमा उपाध्यक्ष हुने पहिलो महिला हुन् । 
२०७६ साल साउन पहिलो साता विशालनगर स्थित निवासमा राणाले लेखकलाई भनेकी थिइन–त्यत्रो संसदमा हामी जम्मा दुई जना महिला मात्र थियौ । मैले द्वारिकादेवीजीलाई सोधेकी थिए । हैन, तपाई कसरी चुनाव जितेर यहाँसम्म आई पुग्नु भयो । मेरो हात समाएर उहाँले भन्नु भएको थियो । बीपी आफैले टिकट दिएर चुनाव लड्ने वातावरण मिलाई दिएकाले मात्र यो सव सम्भव भएको हो । जम्मा जम्मी १८ महिना मन्त्री भइन उनी । २०१७ साल पुष १ मा राजा महेन्द्रले निर्वाचित सरकार र संसद भंग गरेपछि प्रवासमा वसेर प्रजातन्त्रका लागि कृयाशिल भइन । २०५९ साल मंसिर २४ गते नेपालकी प्रथम महिला मन्त्री द्वारिकादेवी ठकुरानीको  निधन भयो । 




प्रतिक्रिया


  1. farmaci disponibile senza prescrizione a Genova MSD Vic–Manlleu dove trovare i farmaci in farmacia

    до чого сниться народження дівчинки для вагітної жінки верховний жрець таро людина шпилька для волосся сонник 22 аркан у грошах матриця

    medicijnen: Veelgestelde vragen beantwoord 1a pharma Bernal medicijnen beschikbaar in Algerije

    image интим досуг в краснодарском крае

    проститутки самары цена порно кабаре смотреть мужик не хочет секса что делать смотреть порно фильмы про лесбиянок бесплатно и без регистрации