"बीपी" फिल्म अलपत्र (भिडियो रिर्पोट)

image

खरेल भन्नुहुन्छ उहाँहरुले ठूला ठूला योजना वनाउनु भयो । म बीपी र नेपालको प्रजातान्त्रिक आन्दोलन सम्वन्धित दृष्य लिन वम्बै पुगे । आफ्नै पैसामा सबै खोजेर ल्याएको दृष्य बीपी पुत्र श्रीहर्ष कोइरालाको जिम्मा लगाएको थिए । तर प्रतिवद्धता वमोजिम कार्यतालिका वमोजिमको सहयोग नपाए पछी परियोजनाबाट वाहिरिए । 

नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको जीवनीमा आधारित फिल्म वनाउने प्रयास पटक पटक भए । तर अहिलेसम्म त्यसले मूर्त रुप भने पाएको छैन । बीपीको शतवार्षिकी मनाउने क्रममा बीपी चिन्तन प्रतिष्ठानका तर्फवाट फिल्मको शुभमूर्त गरियो, उनको पुख्यौली सिन्धुलीको दुम्जामा । संयोगले कुशेश्वर मन्दीरमा फिल्मको शुभारम्भ गर्दा लेखक पनि त्यही थियो । त्यस अघि पूर्व प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षमा रहेको बीपी ट्रष्टले वरिष्ठ निदेर्शक यादव खरेललाई फिल्म बनाउने जिम्मा दिएको थियो । तर वजेट अभावमा दुवै टोलीले फिल्म वनाउन सकेनन् । र यो अभियान अझै अधुरै छ । 

निर्देशक यादव खरेलले २०५८ ताका नै  नेपालको प्रजातान्त्रिक आन्दोलनमा आधारित  ऐतिहासिक फिल्म बनाउन गृहकार्य थाल्नुभयो । खरेल जस्ता अनुभवी निर्देशकलाई समेत छ दशक लामो राजनीतिक घटनाक्रम समेटेर एक करोडको लागतमा चलचित्र बनाउने काम चुनौतीपूर्ण हुनेछ भन्ने ज्ञान नभएको पनि होइन ।

चलचित्र निर्देशक खरेल भन्नुहुन्छ नेपालको प्रजातान्त्रिक आन्दोलनको चलचित्र वनाउन जुन कोणबाट कथा लेखे पनि बीपी त नायक नै हुनुहुन्छ । मैले समग्र प्रजातान्त्रिक आन्दोलनको चलचित्र वनाउने प्रस्ताव राखेको थिए कांग्रेसका नेताहरुले त्यसको नाम बीपी राखौ भन्नु भयो । त्यो बेला बीपीका भाइ गिरिजावावु प्रधानमन्त्री हुनुहुन्थ्यो । अहिलेका प्रधानमन्त्री शुशील कोइराला अध्यक्ष रहेको बीपी प्रतिष्ठानले फिल्म वनाउन सहयोग गर्ने वचन दिनु भयो । उहाँहरुले हामीले कार्यालय राख्यौ प्रधानमन्त्री निवास वालुवाटारको उत्तर ढोका अगाडी नै । 

दुई हजार सात सालयताका सबै परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको पार्टी कांग्रेसबाटै सहयोगको प्रतिवद्धता पाएसँगै उत्साहित खरेलले आफ्नै खर्चमा वम्वैबाट वीपीसँग सम्वन्धित दृष्य खोजेर ल्याउनु भयो ।  एक वर्षसम्म काम भयो । खरेल भन्नुहुन्छ उहाँहरुले ठूला ठूला योजना वनाउनु भयो । म बीपी र नेपालको प्रजातान्त्रिक आन्दोलन सम्वन्धित दृष्य लिन वम्बै पुगे । आफ्नै पैसामा सबै खोजेर ल्याएको दृष्य बीपी पुत्र श्रीहर्ष कोइरालाको जिम्मा लगाएको थिए । तर प्रतिवद्धता वमोजिम कार्यतालिका वमोजिमको सहयोग नपाए पछी परियोजनाबाट वाहिरिए । 

वीपीको जन्म शताव्दीको अवसर पारेर म्यान्मारकी प्रजातान्त्रिक नेतृ आङसाङ सूचीको प्रमुख आतिथ्यतामा विश्व समाजवादी सम्मेलन गरेको वीपी चिन्तनले अहिले  चलचित्र बनाउने अभियान थालेको छ ।  बीपी चलचित्रका निर्देशक दिपेन्द्र दाहालले कोइरालाहरुको पुर्ख्यौली दुम्जा स्थित कुशेश्वर मन्दिरमा पूजाआजा गरी वीपी चलचित्रको शुभ मुहुर्त गरिसकिएको जानकारी दिनुभयो । राणाकालमा बीपीले भूमिगत रुपमा दुम्जाका युवाहरुलाइ जम्मा गरेर कुशेश्वर मन्दिर परिषरमा भाषण दिएको र दुम्जा कोइरालाहरुको पूर्ख्यौली गाउँ पनि भएकाले फिल्मको शुभमुहर्त यहीबाट गरेको जानकारी गराउनु भयो ।

वीपी चिन्तन प्रतिष्ठानका हरिवोल भट्टराइले छ महिना भित्र फिल्म वनिसक्ने जानकारी दिनु भयो । तर प्रतिष्ठानका मिडिया सयोजक कृष्ण केसीले फिल्म वनाउन शुरु गरीए पनि त्यसका लागि एक रुपैया वजेट नभएको वताउनु भयो । निर्माताहरुले अहिलेसम्म बीपी र अन्य मुख्य नेताहरुको भूमिका कसले गर्ने भन्ने वारे सार्वजनीक नगर्ने वताएका छन् ।

राजनीति र साहित्यिक फाँटमा उत्तिकै प्रखर राजनेता वीपीको योगदान प्रतिविम्वित हुने गरी चलचित्र बनाउने काम त्यति सहज नभएको निर्देशक खरेलको भनाइ छ । 

कथा वस्तुलाइ न्याय गर्न सके बीपी चलचित्र वनाउदा त्यसको एतिहासिक महत्व छ । तर कथावस्तुलाइ न्याय दिन सकिएन भने फिल्म वनाउन बीपी माथि अन्याय हुनसक्छ ।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको जन्मशताव्दी मनाउने अभियान जारी छ । उनको नाममा कांग्रेसजनले पटक पटक सत्ता र शक्ति आर्जन गरे पनि बजेटको अभावमा फेरि पनि वीपी नामक चलचित्र तत्काल बनिहाल्ने वातावरण सुनिश्चित भइसकेको छैन ।

कान्तिपुर टेलिभिजनमा २०७२ मा प्रशारित 



भिडियो पनि हेर्नुहोस


प्रतिक्रिया


  1. Faber est suae quisque fortunae