मजदुर हुदै प्रधानमन्त्री बनेका मनमोहन अधिकारी 

image

आदर्श स्कूलको अगाडी ठूलो चौर थियो । त्यहाँ विशाल जुलुस आयो । गाडी र कोलाहल नभएको वेला त्यतिका मानिसहरुले एक साथ नारावाजी गर्दा त विराटनगरका कुनाकुनामा इनकलाव जिन्दावादको नारा घन्कियो । ति दिन म (प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा) सानै थिए । कोइराला निवासबाट दौडिदै जुसुस हेर्न गए । जुलुसको अघि अघि बीपी काका, गिरिजा काका, मनमोहन अधिकारी, तारिणी काका, विकु, युवराज अधिकारी हुनुहुन्थ्यो  । 

नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्रीको निधन भएको पनि २२ वर्ष भयो । सादा जिवन, उच्च विचारका अधिकारी नेपालमा निष्ठा, इमान्दारीता र सिद्धान्तनिष्ट नेताहरुको सूचिमा अग्रपङतिमा पर्छन् । 
उनको राजनीतिक शुरुवातीका वारेमा नेकपा एमालेका पूर्व सांसद एवं नेता कमल कोइरालाको अनुभव ः 

राणाकालको कुरा हो । विराटनगरमा जम्मा छ जना पुलिस थिए । राणाहरुलाई मातपोत उठाउने, वजार अड्डाको ठेक्का लगाउने र लकडी (काठ) वेच्ने जस्ता मुल आम्दानीका कुरामा विशेष चासो थियो । शान्ति सुरक्षाको जिम्मेवारी भने राज्य प्रशासनको होइन, जमिन्दारहरुको हातमा थियो । 
विराटनगर औद्योगिक क्षेत्रका रुपमा विकसित भैरहेको थियो । जुट, कटन र केमिकल्स लगायतका मील थिए । जसमा चार पाँच हजार मजदुरहरु काम गर्थे । आठ आठ घण्टाका तीन सिफ्टमा चौविसै घण्टा काम हुन्थ्यो । द्धितीय विश्वयुद्ध चलेकाले जुटको व्यापक माग थियो । विराटनगरवाट कलकत्तामा कच्च र रेडिमेट दुवै खाले जुट प्रसस्त मात्रमा निर्यात हुन्थ्यो । नाफा हुने भए पछि मालिकहरु पनि चौविसै घण्टा मिल चलाउन पाउदा खुसी हुने नै भए । 
कटन मीलहरु ठिक ठिकै चल्थे । कपडाको खुव माग थियो । पद्म शमशेरका भाई रामशमशेर विराटनगरका वडा हाकिम थिए । वि.सं २००३ ताकाको कुरा हो । मजदुरले आन्दोलन थाले । त्यो भयानक जुलुस सामु आधा दर्जन प्रहरीले के नै गर्न सक्थे र । आदर्श स्कूलको अगाडी ठूलो चौर थियो । त्यहाँ विशाल जुलुस आयो । गाडी र कोलाहल नभएको वेला त्यतिका मानिसहरुले एक साथ नारावाजी गर्दा त विराटनगरका कुनाकुनामा इनकलाव जिन्दावादको नारा घन्कियो । ति दिन म (प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा) सानै थिए । कोइराला निवासबाट दौडिदै जुसुस हेर्न गए । जुलुसको अघि अघि बीपी काका, गिरिजा काका, मनमोहन अधिकारी, तारिणी काका, विकु, युवराज अधिकारी हुनुहुन्थ्यो  । 
श्याम झा भन्ने हाम्रो स्कूलका हेड माष्टर थिए । झाले यसो हात लगाएर बीपीलाई रोक्ने कोसिस गरे । हमको वडाहाकिम क्या कहेङगे भन्दै थिए उनी । बीपीले पनि हिन्दीमै भन्नु भयो बोल दिजिएगा –विश्ववेश्वर ने नही माना । 
यति भनेर बीपी अघि वढे । विचारा एक्लो हेडमाष्टरको के लाग्थ्यो । जुलुस आदर्श स्कूलको मैदान एकत्रित भयो । त्यही आमसभा भयो । गज्जवको कुरा त के भने नेपालमा भएको पहिलो जुलुसमा त्यसको आयोजक नेपाली राष्ट्रिय कांग्रेसको एउटा पनि झण्डा थिएन । किन भने त्यति वेलासम्म नेपाली राष्ट्रिय कांग्रेसको झण्डै वनेको थिएन । कसको झण्डा थियो भने भारतीय सोसलिष्ट पार्टीको । रातो कपडामा चक्र र हलो भएको । किसान र  मजदुरहरुले चलाउने । अर्को कुन झण्डा थियो भने कम्युनिष्ट पार्टीको रातो कपडामा हसिया र हथौडा भएको, जुन आजसम्म पनि छ । जुनजुन पार्टी भारतमा सकृय थिए तीनकै झण्डा प्रयोग भए । भारतीय राष्ट्रिय कांग्रेसको तिरंगा झण्डा पनि थियो, माथि र तल एउटा रंगको विचमा सेतो चर्खा भएको । 
चर्खा गान्धीको प्रतिकका रुपमा राखिएको थियो । अहिलेको झण्डामा चर्खाको ठाउँमा अशोकको चक्र फेरिएको छ । त्यति वेलासम्म भारत पनि अंग्रेजको चंगुलवाट मुक्त भैसकेको थिएन । भारतको राष्ट्रिय झण्डा वनि सकेको थिएन ।  
घटना म पुरै सम्झिन्छु । नारा पनि हिन्दीमै लगाइएका थिए । इनकलाव जिन्दावाद त कमन नै भयो । कमाने वाला खाएगा । हकके लिए लडेङगे । हम से जो टकराएगा चुर चुर हो जाएगा । यस्ता यस्ता नारा, जो भारतीय मजदुर आन्दोलनवाट कपी गरिएका थिए ।  
त्यत्रा मजदुरको सभामा माइक पनि थिएन । कराई कराई भाषण गर्नु पर्ने । बीपीले वोल्नु भयो । के वोल्नु भयो सम्झना छैन । 
स्लोचन धारेवा भन्ने विराटनगरको ३२ सय विघा जग्गाको मालिक थियो । उसले पनि जुलुस देखेछ । उसलाई कसैले भन्यो, आपको चन्दा देनेके लिए आना होगा । उ डरले हो वा के भएर हो आमसभामा पुगेको हुन्छ । भाषण चल्दै थियो । उसले युवराज अधिकारीलाई कति चन्दा दिने हो भनेर सोध्छ । युवराज अधिकारीले पाँच रुपैया दिनु प¥यो नी भनेको सुने । त्यो वेलाका लागि पाँच रुपैया निक्कै ठूलो रकम मानिन्थ्यो, त्यतिमा एक विघा जग्गा आउथ्यो । संकटाप्रसादको पनि ३२ सय बिघा जमिन थियो । त्यस्ता धेरै जमिन्दार थिए । अहिले त तीन बिघा जमिन हुने पनि धेरै धनी मानिन्छ । दुर्गावहादुर वर्मा भन्ने ७ कक्षाका विद्यार्थी थिए । उनले पनि म चार आना दिन्छु भने । अनी उद्घोषक युवराज अधिकारीले भन्नुभयो दुर्गावहादुर बर्मा नाम के एक विद्यार्थी ने आपना टिफिन से काटकर चार आना देनेका घोषणा । 
त्यो वेला मलाई आमाले टिफिनका लागि हरेक दिन एक आना दिनुहुन्थ्यो । त्यति पैसामा त्यो वेला पाइने सवै खालको उच्तम् खाजा पाइन्थ्यो । पकाएको आलु दम पाइन्थ्यो । 
आमसभा सकिए पछि त्यो जुलुस फेरी जोगवनी फर्कियो । वडाहाकिमकै वगलमा तेत्रो सभा भयो, रामशमशेरले के गर्ने ? प्रशासनका तर्फवाट कुनै प्रकारको वल प्रयोग भएन ।  
म तीन क्लासमा पढ्थे । एक दिन मैले के देखे भने विराटनगरमा आर्मिहरु आए । त्यति वेला विराटनगर वजारमा वल्ल वल्ल विजुलीका पोल गाडिएका थिए । मिल्स एरियामा विजुली छ, उद्योग धन्दा चलेको चल्यै, वजार क्षेत्र अझै टुकि र लालटिनकै भर । दुई साढे दुई सय सैनिक एकै ठाउँ जम्मा भए पछि त अमम्मैै लाग्यो । किन भने त्यस अघि त त्यस्तो दृष्य हामीले देखेकै थिएनौ । 
आन्दोलन तह लगाउन नसके पछि काठमाडौंवाट मगाइएको थियो, त्यो सुरक्षा वल । पहिला पहिला भारतीय रेल मार्गवाट आउने गथ्यो नेपाली सेना । त्यस पटक पनि भारत सरकारको अनुमति लिएर काठमाडौंवाट वीरगञ्ज, रक्सौल हुदै जोगवानी नाकावाट सेना विराटनगर पुग्न निक्कै समय लाग्यो । त्यतिञ्जेल विराटनगरमा दिनहु नारावाजी भैरह्यो । एक दिन मेरो आमा र इन्दिरा दिदी चन्दा उठाउन भनेर माडवाडी कहाँ पुगनु भएको थियो । एकाएक हस्याङ फस्याङ गर्दै घर आउनुभयो । कसले खवर ग¥यो कुन्नी, मिल्स एरियामा बीपी, गिरिजाबाबु, मनमोहन दाई, तारिणी काका सहित आन्दोलनकारी पक्राउ परे । 
उहाँलाई एउटा खुल्ला लरीमा आर्मी गार्डले घेरेर वडाहाकिमको कार्यालयमा ल्याइयो । मोटरवाट झारिएन । मजदुरहरु दौडिदै त्यही आई पुगे । गाडीको पछि पछि दौडिर्दै । अहिले जस्तो पक्की वाटो त थिएन, मोटर एकदमै स्पिडमा कुदाउनलाई । 
हामीहरु पनि पुग्यौं । गर्मी लाग्ने समय भएकाले टाउकोमा रुमाल राख्नु भएको थियो, बीपीहरुले । चैत लाग्न लागेको वेला । मजदुरहरुले जान दिन्नौ भनेर गाडीको अगाडी जम्मा भए । अनी बीपीले हिन्दीमा भन्नु भयो यो गान्धीको जस्तो अहिंसात्मक आन्दोलन हो । वलजफ्ती गर्नु हुदैन, हामीहरुलाई पक्रियो, ठिक छ, जान दिनस् । तपाईहरु अगाडीवाट हटिदिनुस् । अनी मजदुरहरु हटे । अनी त्यो गाडी भित्र लग्यो । वन्दुक लिएका सिपाही चारै तिर वसे । उहाँहरु डिलमा वस्नु भएको छ । गाडी हिड्यो । धरान हुदै धनकुटा तिर गयो । 
त्य वेला पक्राउ परेका छ मध्ये तीन जना (बीपी, गिरिजा र मनमोहन) प्रधानमन्त्री हुनुभयो मनमोहन अधिकारीले मुलुककै पहिलो कम्युनिष्ट प्रधानमन्त्रीको इतिहास रच्नु भयो । 




प्रतिक्रिया


  1. image факультатив математикадан 3 сынып

    жанымда бол казакча, жанымда бол казакча текст информатика пәнін оқыту құралдары, мұғаліммен оқыту информатика мысал страховка на рус учет, страховка авто проверить ауылдағы той текст, той тойға ұлассын перевод

    image православна молитва за любов

    до чого сниться що тебе цілують у губи африканський чаклун картинки трава зелена висока до чого сниться жінці зірка вега в астрології

    image tablettes où puis-je acheter Pfizer Florencio Varela

    comprar medicamentos en Mónaco zydus Bruck an der Leitha achat en ligne de médicaments en France

    cena leków w Polsce Nisshin Mortsel Vind medicijnen zonder recept nodig in Groningen, Nederland

    image acheter des médicaments aux États-Unis sans ordonnance Actavis Bergheim

    farmaci disponibile senza prescrizione ad Amsterdam Juventus Sesto San Giovanni achat de médicaments de la marque Mylan