सन्दर्भ कम्युनिष्ट पार्टी स्थापना दिवस : गणेशमानलाई हायल कायल पार्ने पुष्पलाल

image

सिंहका कार्यकर्ताहरुले भनेका थिए— ‘गणेशमान दाइले दुई–चार वटा आमसभालाई सम्बोधन गरिदिए हुन्छ । अरु हामी समाल्छौं । तपाईं देशभर पार्टीको चुनावी अभियानमा जानुहोला । चुनाव जिताउने काम हाम्रो । तर चुनाव आउन थालेपछि सहरभरि ‘गणेशमान हार्दै छन्’ भन्ने हल्ला चल्यो । सिंह मत माग्न टोल टोलमा पुगे । अन्तिम समयमा त उनले हरेक घरका ढोकाचोटासम्म पुग्नु प¥यो ।”


चुनावभन्दा एक–दुई दिनअगि काठमाडौंमा कम्युनिस्टहरुले विशाल जुलुस निकाले । वामनेता नारायणमान विजुक्छे त्यो जुलुसमा सहभागी हुन चाहन्थे तर उनीसँग एक मोहर मात्र थियो । भक्तपुरबाट काठमाडौं आउन बसलाई एकतर्फी एक मोहर भाडा तिर्नुपर्ने, फर्किन र खाजाका लागि थप अरु दुई मोहर थिएन । उनी ढिलो पुगे । बाटोभरि अबिर छ होली जस्तो । अब कता जाने, थाहै भएन । जता धेरै अबिर थियो, त्यतै गए विजुक्छे ।
कांग्रेस नेता गणेशमान सिंहका प्रतिस्पर्धी सहिद गङ्गालाल श्रेष्ठका भाइ पुष्पलाल थिए । जनतामा राणा विरोधी भावना थियो । पुष्पलाल राम्रा वक्ता । नेपाली र नेवारी भाषामा टोल टोलमा भाषण गर्थे । विजुक्छे भन्छन्— “अहिले जस्तो नेताले पैसा खाए भन्ने पनि थिएन । राम्रो छवी थियो ।” कांग्रेस र कम्युनिस्टबीच हिजोआज जस्तो कटुता थिएन, सैद्धान्तिक बहस भने राम्रैसँग हुन्थ्यो । “पुष्पलालसँग चुनाव लडेको भए पनि थुप्रै भोट ल्याएर जित्छु भन्ने विश्वास थियो गणेशमानलाई । उनी आफूलाई ‘जनताको नेता’ भनेर गर्व गर्थे ।”
राजनीतिक अडानमा कडा भए पनि सिंहलाई असाध्यै हँसीमजाक गर्नुपर्ने । भाषण पनि हँस्यौली पाराबाट गर्थे । विजुक्छे सम्झन्छन्— “गणेशमानजी अलि कडै बोल्नुहुन्थ्यो, हँसाउनु पनि हुन्थ्यो । भन्नुहुन्थ्यो— हेर, कम्युनिस्ट आयो भने ‘दाल, भात तरकारी सबै कुरा सरकारी’ हुन्छ । पूर्व प्रधानमन्त्री डा. के.आई. सिंह पनि कांग्रेस–कम्युनिस्ट दुवैलाई छेडछाड गर्थे । ‘त्यो टङ्कप्रसाद आचार्य केको नेता, त्यो त सिमेन्टको बोरा हो’ भनेर मान्छे हसाउँथे । गणेशमानमाथि व्यङ्ग्य गर्दै सिंह भन्ने गर्थे— गणेशमान, त्यो जिउभरी गु लाएर भाग्ने मान्छे केको वीर । सिंहदरबारलाई २४ घण्टा कब्जा गर्ने म के.आई. सिंह पो वीर । उनी मञ्चमै गीत गाउँथे— धानको बाला (सिंहको चुनाव चिह्न) झुल्यो हजुर देशै रमाइलो । सिंह कांग्रेसको खुब विरोध गर्थे । सेनामा निकै लोकप्रिय थिए । कांग्रेस, कम्युनिस्ट पार्टीको जुलुसमा विद्यार्थी, बुद्धिजीवी बढी देखिन्थे तर सिंहको जुलुसमा पूर्व सैनिक र पाका मानिसहरु हुन्थे । हिजोआज जस्तो तल्लो स्तरको आलोचना कहिल्यै भएन । अचेल जस्तो ‘जागिर दिन्छु, बाटो बनाइदिन्छु, विकास गर्छु, ठेक्का मिलाइदिन्छु’ भन्ने आश्वासन दिएर कसैले भोट मागेको सुनिएन । चुनावको शैली असाध्य राम्रो थियो ।”
मतगणनाका लागि गाउँ गाउँबाट बाकस काठमाडौंतर्फ ल्याउने काम भइरहँदा विजुक्छे शम्भुराम श्रेष्ठको निवासमा गए । त्यहाँ नेताहरु ‘हामी जित्छौं’ भन्दै थिए । तर आफू एजेन्ट बसेको धर्मस्थलीमा त सबै भन्दा कम मत आउने रिपोर्ट विजुक्छेले सुनाए ।
काठमाडौंमा कांग्रेस नेता गणेशमान सिंह र वामनेता पुष्पलाल श्रेष्ठबीचको प्रतिस्पर्धालाई निक्कै चासोका साथ हेरिएको थियो । सुरूका दिनमा कांग्रेससँग आबद्ध पुष्पलालले नै २००६ सालमा कम्युनिस्ट पार्टी स्थापना गरेका थिए । गणेशमानका प्रतिस्पर्धी श्रेष्ठ गलामा माला लाएर काठमाडौंका चोक र गल्लीहरुमा पुग्दा ‘पुष्पलाल जित्यो जित्यो’, गणेशमान हा¥यो हा¥यो’ भन्ने नाराबाजी हुने गरेको थियो । उम्मेदवारी दर्ता गर्ने समयमा सिंहका कार्यकर्ताहरुले भनेका थिए— ‘गणेशमान दाइले दुई–चार वटा आमसभालाई सम्बोधन गरिदिए हुन्छ । अरु हामी समाल्छौं । तपाईं देशभर पार्टीको चुनावी अभियानमा जानुहोला । चुनाव जिताउने काम हाम्रो । तर चुनाव आउन थालेपछि सहरभरि ‘गणेशमान हार्दै छन्’ भन्ने हल्ला चल्यो । सिंह मत माग्न टोल टोलमा पुगे । अन्तिम समयमा त उनले हरेक घरका ढोकाचोटासम्म पुग्नुप¥यो ।”
पार्टीको पक्षमा माहोल बनाउन देशभर घुम्ने चाहना थियो सिंहको तर उनी आनो क्षेत्र बाहिर जानै सकेनन् । बीपीले भनेका छन्— “गणेशमानजी चुनावी अभियानमा सक्रिय थिए । तर उनी आनो चुनावी क्षेत्रबाट प्रतिष्ठाको लडाइँमा उत्रिएका थिए । त्यसैले उनीसँग चुनावी अभियानमा जिल्ला जिल्ला घुम्ने समय नै भएन । गणेशमानजी जस्तै अरु ठूला नेता पनि चुनावमा उठेका थिए । उनीहरु पनि आनै क्षेत्रमा व्यस्त भए । सिंह ‘हार्छु कि’ भनेर असुरक्षित महसुस गरिरहेका थिए । ‘ज्यानको बाजी लगाएर राणा विरूद्ध सङ्घर्ष गर्ने गणेशमान, मतदान सकिएपछि हारियो भने त ठूलो बेइज्जत हुन्छ’ भनेर मतगणना अवधिभर उनी बनेपा गएर बसे । काठमाडौंबाट चुनाव जितेको खबर सहित जिप पठाएपछि मात्र उनी उतैबाट विजय जुलुसका साथ काठमाडौं आए ।
काठमाडौंमा रत्नपार्कस्थित हाल विद्युत् प्राधिकरणको मुख्यालय रहेको स्थानमा सिंहका समर्थकहरुले विजय सभा आयोजना गरेका थिए । बनेपाबाट आएर सिंहले सिधै त्यही सभालाई सम्बोधन गर्दै आक्रोशित मुद्रामा भने— “काठमाडौंको जनता दास नै हो । मैले यही जनताको मुक्तिका लागि ज्यानको बाजी लगाएर राणासँग लडें तर आज म झन्डै हारेको । त्रिपक्षीय भिडन्त भएका कारण केही मत अन्तरमा मात्र जितें ।” त्यस दिन उनी भक्कानिए । निर्वाचनमा गणेशमानले १०,९८६ पुष्पलालले ७,८४८ र प्रेबहादुर शाक्यले ७,१७७ मत पाएका थिए । काठमाडौं उपत्यकाको क्षेत्र नं. १ मा २७,३९४ मत खसेको थियो । त्रिपक्षीय प्रतिस्पर्धा भएकाले उनी तिन हजार मतको अन्तरमा विजयी त भए तैपनि कम मतको अन्तरमा जित्ता सिंहलाई फिटिक्कै चित्त बुझेको थिएन । उनी जति बेला पनि फतफताइ रहन्थे— “मामपाकाहरु, स्वागत गर्ने बेलामा पचास हजार मान्छे आउँछ, भोटचाहि“ दश हजार”




प्रतिक्रिया