रेडियोमा आफूले गाएका गीतले क्रान्तिका लागि कस्तो वातावरण बनायो, कतिले सुने भन्ने विषयमा उनलाई न चासो थियो न कुनै जानकारी नै । रानुले लेखकसँग भनिन् — म त गाउन पाए भनेर दंग थिएँ ।
रेडियोमा पहिलो पटक गीत गाउने महिला हुन् रान्देवी अधिकारी । राणाशाही विरुद्धको शसस्त्र क्रान्ति जारी रहदा तारिणीप्रसाद कोइरालाको सकृयतामा नेपाल प्रजातन्त्र रेडियो खोलिएको थियो । जसमा क्रान्तिका सूचना र समाचार प्रवाह गर्ने अनी आम जनतालाई जागरुक वनाउने लक्ष्यका साथ । त्यही रेडियोमा पहिलो पटक नेपाली जनताले रानुको श्वरमा क्रान्तिकारी गीत सुन्ने अवसर मौका पाए ।
निरंकुश राणा शासनविरुद्ध नेपाली कांग्रेसले जनक्रान्ति चलाएताकाको कुरा हो । रानुदेवी अधिकारी भर्खर १५ वर्षकी थिइन् । रानुदेवी तिनै महिला हुन् जसले रेडियोमा पहिलोपटक क्रान्तिकारी गीत गाएर नेपाली जनतालाई जागरुक बनाएकी थिइन् ।
राणा विरोधी गतिविधिमा संलग्न उनको परिवार क्रान्ति सुरु भएदेखि विराटनगरको सीमामा पर्ने सानो भारतीय सहर जोगबनीमा वस्न थालेको थियो ।
विसं २००३ सालमा भएको मुलुककै पहिलो मजदुर आन्दोलनमा युवराज अधिकारी (बिकु) बीपी, तारिणी, गिरिजा केइराला, मनमोहन अधिकारीसँगै पक्राउ परेका थिए । कोइराला परिवार निकट भएको र राणा विरोधी भनेर चिनिएकाले राणाको कोपभाजन हुने त्रासले अधिकारी परिवार सीमापारी बस्न थालेको थियो । केही दिनअघि मात्र विवाह गरेर बनारसबाट विराटनगर आएकी रानु परिवारका साथ जोगबनीमै बसिरहेकी थिइन् । राणाविरुद्धको जनक्रान्तिमा उनको पूरै परिवार सक्रिय थियो ।
विसं २०७६ जेठको अन्तिम साता (मृत्यु हुनुभन्दा केही महिनाअघि) रानुदेवीले लेखकलाई सुनाएकी थिइन् – तिहारको बेला थियो । क्रान्तिको पक्षमा उपयोग गर्ने भनेर तारिणी (बीपीका भाइ) मामाहरुले खोलेको रेडियोमा मलाई गीत गाउन भन्नुभयो ।
आफूलाई गीत गाउन असाध्य मन लाग्ने । तत्काल हुन्छ भनिहालेँ । आफैँले लेखेको गीत दिनु भयो र गाएँ ।
आन्दोलनका समाचार दिन र जनतालाई जागरुक बनाउन ‘वार हेडक्वाटर’ रघुपति जुट मीलबाट सञ्चालित प्रजातन्त्र रेडियोमा कहिले तारिणी, कहिले इन्दिरा (शैलजा आचार्यकी आमा) दिदी समाचार पढ्नुहुन्थ्यो । राणाको फौज र कांग्रेसको मुक्ति सेनाबीच घमासान संघर्ष जारी थियो ।
रानुदवीले लेखकलाई सुनाइन् – म बनारसकी केटी । बिहा भएर विराटनगर आएकी । साच्चैँ भन्ने हो भने त्यति बेलासम्म मलाई क्रान्तिकारी गित गायो भने राणाले सजाय गर्छन् भन्ने ज्ञानसमेत थिएन । तारिणी मामाले भन्नुभयो, गाएँ । परिवारले पनि प्रोत्साहित गरेकै थियो । प्रायः सबै गीत “लाइभ“ गाइयो । रेकर्ड गर्ने साधन थिएन । गर्नुपर्छ भनेर कसैले भन्दा पनि भनेन । तर, त्यहाँ हार्मुनियम, तबला बजाउने मानिस पनि हुन्थे । क्रान्ति सफल भएपछि मात्र थाहा पाएँ । त्यस बेला मलाई राणाहरुले समाएको भए त सीधै गोली हान्ने रहेछन् ।
रेडियोमा आफूले गाएका गीतले क्रान्तिका लागि कस्तो वातावरण बनायो, कतिले सुने भन्ने विषयमा उनलाई न चासो थियो न कुनै जानकारी नै । रानुले लेखकसँग भनिन् — म त गाउन पाए भनेर दंग थिएँ ।
विसं २००७ सालको जनक्रान्तिमा रानुदेवीले गाएका गीतहरु यस्ता थिए ।
१. नेपाली अघि बढ हातमा क्रान्ति झन्डा ली ।
क्रान्ति झन्डा ली, नेपाली ।
२. आऊ आऊ दाजु भाइ, आऊ दिदी बैनी,
अब हामी अघि बढाैँ, काँधमा काँध मिलाई ।
पछि नसरौँ अबदेखि जे जे परे पनि ।
क्रान्तिकालमा रेडियोबाट जनतालाई सुनाइएका पाँच गीत तारिणीले लेखेका थिए । तिनले प्रजातन्त्रको पक्षमा जनमत बनाउन राम्रै सहयोग गरे ।
क्रान्ति सकिएलगत्तै अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेरको अध्यक्षतामा बनेको मन्त्रीमण्डलमा बीपी गृहमन्त्री भए ।
विराटनगरमा चलाइएको प्रजातन्त्र रेडियो उनकै आदेशमा काठमाडौं ल्याएर २००७ साल चैत्र २० गते प्रसारण सुरु गरियो । आजको रेडियो नेपाल यही हो ।
क्रान्तिकालमा तारिणीले कलकत्ताबाट ६० हजार रुपैयाँमा ट्रान्समिटर किनेर ल्याएका थिए । यस प्रसंगमा २०७७ माघ १ गते पूर्वमन्त्री सञ्जय गौतमका पिता किशोरकुमार गौतमले सुनाए — मेरो बुवा विराटनगरमा सुब्बा हुनुहुन्थ्यो । म बनारसमा पढ्थेँ ।
क्रान्तिका लागि उठाइएको चन्दा रकम राख्ने जिम्मेवारी मेरो थियो । तारिणी बाबुले रेडियो ट्रान्समिटर किन्न चालीस हजार रुपैयाँ पुगेन भनेकाले मैले बीस हजार दिएको हुँ ।
क्रान्तिकालको रेडियो राष्ट्रिय प्रसारणमा परिणत भएपछि तारिणीप्रसाद कोइराला त्यसको कार्यकारी निर्देशक बने । रानु विराटनगरमै थिइन् । वैशाख पहिलो साता उनका पति तीर्थ अधिकारीले भने — ल रानु अब हामी काठमाडौं जाने । बीपी मामा गृहमन्त्री छँदै हुनुहुन्छ । बिहापछि कतै राम्ररी घुम्न पाइएको छैन । सम्झ, हाम्रा लागि हनिमुन हुनेछ ।
विसं २००८ साल वैशाख ३ गतेको कुरा हो । रानुदेवी र उनका पति तीर्थ अधिकारी पहिलोपटक जहाजबाट काठमाडौं आए ।
एयरपोर्टबाट सिधै गृहमन्त्री बीपी कोइरालाको सरकारी निवास त्रिपुरेश्वर पुगे । एउटै घरको भुइँ तला मन्त्रालय र माथि मन्त्रीको निवासका रुपमा प्रयोग भएको थियो । बीपी काममा व्यस्त थिए ।
त्यो दिनको घटना रानुदेवीले लेखकलाई यसरी सुनाइन् — खाना खाएपछि आमा (दिव्या)ले भन्नुभयो – ल नवविवाहित जोडी । काठमाडौं आएका छौ । राम्ररी घुम । आफन्त भेट ।
रानु र तीर्थ गृहमन्त्री निवासबाट निस्कने तरखर गर्दै थिए हातमा नाङ्गो खुकुरी बोकेको एउटा ठूलो हुल टुँडिखेलबाट आइरहेको देखियो । गेटसम्म पुगेका दम्पति फरक्क फर्किए ।
त्यस दिनको घटना सुनाउँदै रानुदेवीले भनेकी थिइन् – उनीहरु बीपीविरुद्ध चर्को नारावाजी गर्दै, काट्ने धम्की दिइरहेका थिए । भयानक नारावाजी भइरहेको थियो । प्रायः सबैको हातमा नाङ्गो खुकुरी । तीर्थले भन्नुभयो फर्कौँ, फर्काैँ। यस्तो तनावको वातावरणमा हिँड्नु ठीक होइन । हामी माथिल्लो तलामा उक्लिन भ्याएका मात्र के थियाैँ भिड घरभित्रै पस्यो र तोडफोड गर्न थाल्यो । डाङडुङको आवाज आइरहेको थियो । म आत्तिइसकेकी थिएँ । त्यसपछि के के भयो थाहा भएन । त्यहाँ हामी महिला जतिलाई बाथरुममा लगेर राखियो ।
केही समय डाङडुङ र होहल्ला चलिरह्यो । गृहमन्त्रालयका कागजात जलाइए । झ्याल ढोका तोडफोड गरियो ।
त्यतिबेला बीपीसँगै रहेका गणेशमान सिंहले भनेका छन् – गृहमन्त्री बीपीका अंगरक्षकको सातोपुत्लो बाँकी रहेन । उसको अवस्था कति खराब थियो भने बिचरा लगलग कामिरहेको थियो मानौँ उसलाई काम ज्वरो आएको होस् । उसको शरीरमात्र कामिरहेको थिएन, स्टेनगन थामिरहेका हात पनि थरथर कामिरहेका थिए ।
सुरक्षाका लागि खटिएका प्रहरीको हतियार खोसेपछि मन्त्रालयका कर्मचारीमध्ये केहीका हात खुट्टा भाँचिदिए । अनि भिड माथिल्लो तलामा उक्लियो । बीपी र गणेशमानलाई एकै ठाउँमा देखेपछि भिडबाट आवाज आयो – ल गणेशमान पनि यहीँ रहेछ । दुवै सिकार एकै ठाउँमा । काट ।
त्यो दिनको घटनाबारे पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले कर्मयोगी कृष्णप्रसाद भट्टराई पुस्तकमा भनेका छन् — नेपाली कांग्रेसको मुक्ति सेनालाई रक्षा दलमा रुपान्तरण गरे पनि क्रान्तिमा प्रयोग भएका हतियार सरकारलाई बुझाइसकेका थिएनौ ।
तीमध्ये केही बोरामा हाली बीपी निवासमै राखिएका थिए । जे त होला भनेर म र बीपीका भाञ्जा तीर्थ अधिकारी (रानुदेवीका पति) स्टेनगन समाएर पोजिसनमा बस्याैँ । आक्रमणकारी नजिकै पु्गेपछि मैले भने ‘तीर्थ फायर खोल ।’ तीर्थले मेरो कानमा मुख जोडेर बिस्तारै भने ‘पड्किएन ।’ त्यसपछि परेन फसाद । अनि ठोक ठोक भन्दै हामी पछि पछि हट्याैँ ।
क्षणभरमै आक्रमणकारीहरुले रानुदेवीका पति तिर्थलाई मरणासन्न हुने गरी कुटि हाले ।
भिड बीपीको बेडरुममै पुग्यो ।
एकैपटक कानको जाली फाट्ने गरी गोली चलेको आवाज आयो । रानुदेवीले सम्झिइन् — अब बाँच्ने दिन गए भन्ने लागेर आयो । भर्खरै बिहा गरेको रमाइलो गरौँ भनेर आइयो । के आपद आइलाग्यो हे भगवान् !
त्यस दिनको घटना बारे बीपी स्वयंले भनेका छन् – ‘मैले पिस्टल हातमा लिएको थिएँ, ढ्याङ, ढ्याङ चार पाँच फायर गरेँ । फायर गर्दा मोटो आठपहरियाको त मुटुमै लागेछ । उसको आधा शरीर मेरो बेडरुममा छ, आधा बाहिर छ । खुकुरी कार्पेटमा उछिट्टिएर गएको छ । खुकुरीमा ‘ब’ लेखेको छ । बिँड हात्तीको दाँतको छ ।
त्यसपछि खुकुरीधारीमा कोलाहल मच्चियो । गोली चल्यो मान्छे मर्यो भनेर उनीहरु कुलेलाम ठोके ।
रानुदेवीले सम्झिइन् — मेरो त्यो पहिलो काठमाडौं यात्रा जीवनमा कहिल्लै भुल्न सक्दिन । विवाहपछि पहिलोपटक विराटनगर छाडेको । सातोपुत्लो गइहाल्यो । जताततै ऐयाआत्था बाहेक केही सुनिदैन । तीर्थको हालत हेरेँ । रक्ताम्मे हुनुभएको छ । केही बोल्न सकिन । एकोहोरो रोइरहेँ ।
स्थिति सामान्य भएपछि नरायणहिटी दरबारबाट आएको सैन्य दस्ताले गृहमन्त्रीको निवास घेराउ गर्यो । रानुदेवीले सुनाइन् —केही बेरपछि परिवारका सबै स्वास्नी मानिस र केटाकेटीलाई मोटरमा बसाइयो । कहाँ जाने ? के गर्ने ? केही थाहा थिएन । एकै पटक हामी सवार मोटर नारायणहिटीभित्र पुगेर रोकियो । अहिले जय नेपाल सिनेमा हल रहेको ठाउँनेर एउटा सेतो घर थियो ।
त्यहीँ हामीलाई बस्ने व्यवस्था मिलाइएको रहेछ । सातआठ दिन त्यहीँ बस्यौँ । सबै सुविधा थियो । टोकरीमा फलफूल राखिदिएका हुन्थे । तर, आएकै दिन आक्रमणमा परेकाले होला मलाई पछिसम्म पनि काठमाडौंमा दिल लादै लागेन ।
Hello there! This artticle couldn't be written much better! Looking aat this aeticle rejinds mee of my preious roommate! He alwsays keept ttalking abouut this. I am going to send this post to him. Pretty surfe hee wikl hazve a great read. Many thanks foor sharing!
Piece of writing writing iis also a fun, iif youu bbe fzmiliar with then youu can write orr elsse iit iis difficult tto write.