वाह बीपी, धन्य बीपी र कठै बीपी (प्रा.त्रिरत्न मानन्धरको समीक्षा, PDF मा)

image

यो पुस् तक लोकतन्त्र र निरंकुशतन्त्रको टकराव जान्न पठनीय स्रोत सामग्री हो । सिंहदरबारको गोप्य पुस् तकालयमै धुलिएका र लुकेछिपेका थुुप्रै प्रसंग बाहिर ल्याएर लेखक नेपालले संवाद र बहसको आह्वान गरेका छन् । धेरै पत्रकार काल्पनिक आख्यानतिर लहसिएका बेला आफ्नो बिटमा थप अध्ययन र अनुसन्धान गरी पुस् तक तयार पार्नु बधाईलायक काम हो ।     

हामी जेलाई इतिहास ठान्छौँ, खासमा त्यो राजनीतिक इतिहास हो । इतिहास त हरेक विधा र व्यक्तिको मात्र होइन, निर्जीवको पनि हुन्छ । तर, ‘इतिहास’ विधा राजनीति अर्थात् राज्य र सरकारको बेसी परिक्रमा गर्छ । जगत नेपालकृत पहिलो संसद् : बीपी–महेन्द्र टकरावलाई ‘राजनीतिक’ नजोडीकन इतिहास मात्रै भन्ने कारण पनि यही हो । 

पुस्तकको केन्द्रमा छ, पहिलो आमनिर्वाचन र त्यसबाट बनेको संसद् तथा सरकार । निर्वाचन वरपरको तातो राजनीतिक दाउपेचदेखि भारत र दरबारको लोकतन्त्रविरोधी अझ भनाँै बीपी कोइरालाविरोधी षड्यन्त्रसम्मका तानाबानाको सन्दर्भ बिस् कुनझैँ फिँजाइएको छ । पहिलो संसद्‍मा उठेका छलफलको फेहरिस् त प्रस् तुत गरिनु पुस् तकको शक्ति हो । बीपी सरकारले संसद्लाई कति महत्त्व दिएको थियो र त्यहाँ  कतिसम्म मसिना विषयबारे पारदर्शी किसिमले छलफल हुन्थ्यो भन्ने जान्न यो पुस् तक पढ्नैपर्छ । लगभग ५० वर्षपछि पनि हाम्रो देशमा संसदीय अभ्यास किन परिणाममुखी ढंगले बस् न सकेन, सवाल सोचनीय छ । 
स् वदेशमै वृत्तचित्र निर्माणदेखि भ्रमणमा पाएका कोसेली व्यक्तिगत कि सरकारी भन्नेसम्मका ‘झिनामसिना’ विषयमा संसद्मा भएको बहस रोचक छ, पुस् तकमा । आख्यानका संवादजस् ता लाग्ने संसदीय संवादको नमुना हेरौँ : 
बेनीबहादुर कार्की : मंगलबजारको पिचमा किन अलि बढी दूबो उम्रियो ? 
मन्त्री गणेशमान सिंह : गाडी प्रशस् त चले दूबो उम्रिँदैन । 
अच्युतराज रेग्मी : पिच बाटोको ठाउँ ठाउँमा प्वाल किन पारेको होला ? 
मन्त्री गणेशमान सिंह : अतिथिको स् वागतका लागि गेट बनाउन प्वाल पारेको होला नि !


लेखकले संसद्‍मा भएका यस्ता थुप्रै प्रसंग उतारेका छन् तर धेरै ठाउँमा टिप्पणी र सन्दर्भबिना विवरण मात्रै उतार्दा पुस् तक सूचना–सँगालो मात्र बन्न पुगेको छ । उदाहरणका लागि, ‘क्रान्तिमा कति लुटियो’, ‘राणाले छोडेको सम्पत्ति’जस् ता खण्डमा लेखकले साभारबाहेक केही थपथाप र बोलचाल गरेका छैनन् । ‘बदनाम गर्न छापाको नाटक’ खण्डमा ग्रीष्मबहादुर देवकोटाका पंक्तिलाई उद्धरण गरिएको छ, न त अरू कसैको कुरा छ, न लेखककै । पत्रकारको काम सूचना बटुल्नु र प्रस् तुत गर्नु मात्र भए पनि पुस् तक नै लेखिसकेपछि ‘पाठक आफैँ विश्लेषण गरोस्’ भनेर उसै छोड्नुभन्दा लेखकीय टिप्पणी र विश्लेषण अपेक्षित हुन्छ । 

बीपीको विश्वासपात्र भइखाएका तुलसी गिरी, विश्वबन्धु थापाहरूको दोहोरो चरित्र र विश्वासघात । सुवर्णको भलाद्मीपन र तटस् थ व्यक्तित्व अनि आफ्नै १२ हजार बिघाको बिर्ता उन्मूलन प्रस् ताव । भाइलाई छेक्ने र छिक्र्याउने मातृकाको भ्रातृत्व । बीपीको बौद्धिक–समाजवादी अन्तर्राष्ट्रिय उचाइ र लोकप्रियता देखेर आत्तिएका राजा महेन्द्र र जवाहरलाल नेहरुको षड्यन्त्र । कांग्रेसले धेरै सिट नजित्ने आकलन र अझ कांग्रेस हराउन दरबारबाट उठाइएका कठपुतलीहरूको ल्याङल्याङ । चीनसँग सगरमाथा विवादको कूटनीतिक सल्ट्याइ । मुस् ताङ घटनाबारे चिनियाँ समकक्षीसँग चिट्ठी आदानप्रदान । यस् ता थुप्रै सन्दर्भ विश्वसनीय र प्रामाणिक ढंगले पस्किइएको छ पुस्तकमा । 

दाइ मातृका, राजा महेन्द्र, भारतीय समकक्षी नेहरु अनि आफ्नै दायाँ–बायाँ हात गिरी र थापाले दिनुसम्म दु:ख दिए बीपीलाई । कैयौँ बाधा र व्यवधानको सामना गर्दै बीपी सरकारले चालेका प्रगतिशील कदम आजपर्यन्त स् मरणीय र स् तुत्य छन् । नेपालमा कतिपटक कम्युनिस् टहरूको सरकार बने तर तिनले सुकमबासी, भूमिसुधारको गफ मात्रै गरे । कम्युनिस् टहरू नै आफ्नो सुविधा थप्ने रस् साक सीमा छन् तर बीपीले आफू र मन्त्रीहरूको तलब घटाए, टंकप्रसाद र केआई सिंहको पालामा १८ हजार हुने मासिक खर्च बीपीले साढे पाँच हजारमा झारे । दरबार र भारतको पनि विमतिका बाबजुद बीपी सरकारले छोटै समयमा चालेका कदम कुनै क्रान्तिकारी खासमा भन्दा छद्मकम्युनिस् ट सरकारभन्दा कम छैनन् ।
निर्वाचित कार्यपालिका मात्र होइन, एक कदम अघि बढेर निर्वाचित व्यवस् थापिका समेत निलिदिने राजा महेन्द्रको निरंकुश र तानाशाही कदमले लोकतन्त्र र प्रतिनिधित्व प्रणाली धेरै कदम पछि धकेलियो । यो कुरा कसैलाई साह्रै अतीतमुखी र ज्योतिषीमुखी लाग्न सक्छ तर बीपीले केही वर्ष शासन चलाउन पाएका भए देशमा निर्धा र निमुखाको मुक्तिका लागि भनेर गरिब राजनीतिको यो विधि खेती फस् टाउन पक्कै पाउने थिएन । पहिलो बजेट प्रस् तुत गर्दा सुवर्णले पनि ‘गरिबी निवारण’ भने, करिब सात दशकपछि पनि विष्णु पौडेलले यही भन्दैछन् । गरिबी घटेको भनिए पनि गरिबको संख्या भने बढेकै छ ।

सबैखाले पुस् तक त्रुटिरहित हुनैपर्छ तर इतिहासको आत्मा तथ्य नै भएको हुँदा ऐतिहासिक पुस् तकमा हुने तथ्यगत त्रुटिले किताबलाई आख्यानजस् तो बनाइदिन्छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटा १९६५ सालमा जन्मेका होइनन् । दरबार हाइस् कुल विसं १९११ खोलिएको भनिएको छ तर यो गलत हो । रत्नराज्य कलेजमा पढाउने शिक्षककै किताबमा महेन्द्रकी श्रीमतीको नाउँ दुई–दुई ठाउँमा ‘रत्ना’ भइदिनु अनौठो छ ।  

पृष्ठ २४ मा केआई सिंहको उद्धरण छ तर सन्दर्भमा मंगलादेवी सिंह छ, केआई सिंह कतै छैन । बिर्ता प्रसंगमा दुई ठाउँ उल्लेख भएको आचार्य पुस् तक सन्दर्भ सामग्रीमा भेटिँदैन । सन्दर्भ सामग्रीमा रामकुमार दाहालको शोधशीर्षक पनि छैन । सन्दर्भ सामग्रीमा प्राडाजस् ता उपाधिहरू शोधका एमएलए, एपीए कुनै सिस् टममा राखिँदैन, यहाँ पनि नराखेकै भए हुन्थ्यो । उही अनुच्छेदमा बलबहादुर राईहरूलाई तिमी र सूर्यबहादुर थापालाई तपाईं भनिएको चाहिँ किन होला ? 

पुस्तकमा भाषागत समस्या पनि थुप्रै छन् । पाण्डुललिपि, चुनुवा, जनाकारी, साक्षारता, बाहुल्यता, समना, पुष्पकलाल, जाथाभावी, सांसाद, समाजावाद, प्रधामनन्त्री, ‘बीपी पुन ८ वर्ष’ सरसर्ती पढ्दा देखिइहालेका केही उदाहरण हुन्् । लेखकले बीपी–महेन्द्र टकराव व्यक्तित्वको हो, सिद्धान्तको होइन (पृष्ठ १७५) भनेका छन् तर सिद्धान्त भनेको जीवन र व्यवहारभन्दा निक्कै दूरको बेग्लै टापु होइन, विश्वास र आस् थाकै रूप–उपज हो । लोकतन्त्र र निरंकुशतन्त्रजस् ता दुई बेग्लै सिद्धान्तमा विश्वास टकरावको मूल कारण हो, व्यक्तित्व टकराव त सहायक फल मात्र हो ।  

महेन्द्रले बीपीको सधैंँ तारिफ गर्थे, मन्त्रिपरिषद्को बैठकमै प्रधानमन्त्री त बीपीजस् तो हुनुपर्छ भने, सम्मानभाव थियो बीपीप्रति भनेर कीर्तिनिधि विष्टका कुरा लेखकले बिनाटिप्पणी समर्थन जनाएको बुझिन्छ । व्यवहारले सताउनु सताएपछि ओठे सम्मानभावको केही अर्थ छ ? 

पुस्तकमा ६ साउन ०३९ को संस् मरण छ– गणेशराज शर्माको । झन्डै रुन लागेको आकृति र स् वभावमा बीपीले ‘अब सबै इन्डियाले गर्छ’ भनेका छन् । यति भनेपछि बीपीको टाउको सिरानको अर्काेतिर ढल्यो । बीपी केही शब्द बोल्छन् कि भनी शर्मा एकछिन पर्खन्छन् तर अर्काे शब्द सुन्न पाउँदैनन् । हिन्दु समाजमा मान्छे मर्ने बेला ‘अन्तिम इच्छा’ व्यक्त गर्छ रे † तर, बीपीले अन्तिम हार अर्थात् अकाट्य भविष्यवाणी बोलेका रहेछन्, ‘अब सबै इन्डियाले गर्छ ।’ 

यो पुस् तक लोकतन्त्र र निरंकुशतन्त्रको टकराव जान्न पठनीय स्रोत सामग्री हो । सिंहदरबारको गोप्य पुस् तकालयमै धुलिएका र लुकेछिपेका थुुप्रै प्रसंग बाहिर ल्याएर लेखक नेपालले संवाद र बहसको आह्वान गरेका छन् । धेरै पत्रकार काल्पनिक आख्यानतिर लहसिएका बेला आफ्नो बिटमा थप अध्ययन र अनुसन्धान गरी पुस् तक तयार पार्नु बधाईलायक काम हो ।     

अन्तिममा, पाल्पाबाट निर्वाचित नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन सांसद कमलराज रेग्मीले भनेको रोचक कुरा पढेर बिट मारौँ । उनी भन्छन्, ‘त्यतिबेला कम्युनिस् ट भनेकै शोषित, पीडित गरिब भन्ने बुझिन्थ्यो ।’ लेखकले यसउपर कुनै टिप्पणी गरेका छैनन् । सायद अहिले कम्युनिस्ट भन्नाले शोषित, पीडित, गरिब नबुझिने सत्य नै हो क्यारे !
 

पहिलो संसद् : बीपी–महेन्द्र टकराव
लेखक          :    जगत नेपाल
प्रकाशक       :    सांग्रिला पुस् तक प्रालि
पृष्ठ             :    ३०४
मूल्य          :    ३९५ रुपियाँ

प्रकाशित: जेष्ठ १६, २०७३

५ वैशाख २०७८ आइतबार

नेपाल साप्ताहिक म्यागेजिनवबाट

https://nepalmag.com.np/literature/2016/05/29/20160529144120




प्रतिक्रिया


  1. image 10 дом в астрологии рассчитать

    таро ошо истощение дзен значение, ошо дзен таро значение карт stray kids знаки зодиака участники читать заговоры как снять порчу лагнеш в падении джйотиш, лагнеша марс джйотиш различные карты таро

    жк euro house астана, жк new line астана бесікке салу рәсімі тілек, бесік той туралы өлеңдер скачать утилизационный сбор код платежа, как проверить оплату утильсбора в казахстане магазин арай семей, колбасный цех арай семей контакты

    image адам болып келдім өмірге эссе

    гдз 4 класс математика 4 часть, алматыкитап 4 класс математика тұрғын үй төлемдері туралы шарт, тұрғын үй құқығының қағидалары каспи депозит в долларах калькулятор, каспи депозит процент в месяц магнит текила, бейлис вкусы

    Medikamente in Bayern kaufen Tarbis Irapuato medicamentos disponible en ligne

    image работа в минске женщине за 50 лет вакансии

    пример резюме работы банке сбербанк вакансии специалист по взысканию задолженности мпк деликатесы минеральные воды вакансии работа в гу мвд по свердловской области администрация ленинского района города барнаула официальный сайт вакансии