टेलिजिनमा व्रेकिङ न्युज, एक रमाइलो छलफल

image

हामीले समाचार दिएको ४५ मीनेटसम्म पनि आधिकारीक रुपमा कोइरालाको निधनको घोषणा भएन । सञ्चालक भाष्करराज कर्णिकारले ३ लिटर जति पानी खाए । पुरै स्टेशनमा तनाव भयो । भाष्करलाई १२.१० र मलाई १२.११ को कोइरालाको निधन भएको सूचना आएको थियो । समाचार प्रशारण भए पछि समाचार संकलनमा रहेका पत्रकारहरु माथि आक्रमण हुनसक्ने डरले सबैलाई वचेर काम गर्न स्टेशनले सूचना ग¥यो । 

नेपालमा टेलिभिजन प्रशारण शुरु भएको चार दशक हुनै लाग्यो  तर नीजि क्षेत्रका टेलिभिजन स्थापना भए पछि व्यवशायीक प्रतिश्पर्धा शुरु भएको हो । शुरुका दिनमा नेपाल टेलिभिजनको एकाधिकार रहेको थियो । तर पछिल्ला दिनमा खास गरी च्यानल नेपाल, कान्तिपुर, इमेज, सगरमाथा, एभी न्युज, एवीसी, नेशनल, तराई, न्युज ट्वान्टीफोर लगायतका टेलिभिजन प्रशारणमा आए पछि संख्यात्मक रुपमा टेलिभिजनको विकास भएको छ । यी च्यानलहरु विच प्रतिश्पर्धाका कारण समाजमा पनि सकारात्मक र नकारात्मक प्रभाव परेको छ ।  

सकारात्मक पक्ष

संसारमै टेलिभिजन अरु सञ्चार माध्यमको तुलनामा शसक्त र प्रभावकारी सावित भएको छ । नेपालकै सन्दर्भमा पनि मन लाग्दो वोल्ने र आफूले वोलेको कुरा समाचारमा आए पछि उत्पन्न दवाववाट वच्न सञ्चारकर्मी र सञ्चार माध्यमलाई गाली गर्ने नेताहरु थुप्रै छन् । टेलिभिजनकै कारण सोचेर मात्र वोल्नु पर्छ है भन्ने सचेतना पनि देखिएको छ ।  

नकारात्मक पक्ष

 

असिमित अधिकार प्रभाव भएको टेलिभिजन कतिपय अवस्थामा आम जनतालाई आतंकित वनाउने माध्यमका रुपमा देखिन थालेको छ । संसारभर आज पनि टेलिभिजनलाई सवैभन्दा विश्वस्नीय माध्यमका रुपमा लिइन्छ । विकसित मुलकका अधिकांश जनता टेलिभिजनवाट सूचना ग्रहण गर्छन । तर कतिपय घटनाले नेपालमा चाही टेलिभिजनले आतंकित वनाउने काम गर्छ भनेर यसको आलोचना गर्नेहरुलाई नै सहयोग पु¥याइरहेको पाइन्छ । 

शसस्त्र द्धन्द्ध चलिरहेको वेला दिल्ली मुख्यालय रहेको एउटा टेलिभिजनले रामोछापमा शाही नेपाली सेनाको हेलिकप्टर माओवादीले झारी दिएको व्रेकिङ समाचार चलायो । विहान पूर्व तिर हेलिकप्टर उडेका कारण सैनिक मुख्यालयमा समाचारले सनसनी फैलियो । सेनाले आफ्नो श्रोतवाट घटनाको वारेमा विवरण लिने प्रयास ग¥यो तर हेलिकप्टर माथि आक्रमण भएको पुष्टि भएन । अनी टेलिभिजन कार्यालयमा वुझ्ने काम ग¥यो । पछि थाहा भयो जिल्ला सम्वाददातासंग के समाचार छ भनेर डक्सले सोधेको रहेछ । संयोगले त्यो दिन अप्रिल फष्ट रहेछ । 

ड्ड विरगञ्जको घण्टाघरमा वम विश्फोट भएको व्रकिङ समाचार कुनै एक टेलिभिजनमा प्रशारण भए पछि राजधानीवाट अरु प्राय सबै टेलिभिजनका प्रतिनिधिहरुको मोवाइल वज्यो । फलानाले त्यत्रो वम विश्फोटनको व्रकिङ समाचार वजायो तिमी चाही के हेरेर वसेको । जिल्लाका सबै पत्रकार एउटै कार्यक्रममा थिए । उनीहरुले व्रकिङ चलाउन पत्रकारलाई सोधे । के भएको हो । उनले आफूसंग भएको समाचार वताई दिए । क्षणभरमै प्राय सबै टेलिभिजनमा व्रकिङ, फ्ल्यास समाचार आउन थाल्यो । विरगञ्जमा शक्तिशाली वम विश्ष्फोटन, जनजिवन अस्त व्यस्त । सर्वत्र त्रास । अव जनता सबै टेलिभिजन हरेर वसे । एक कान दुई कान हुदै जनकपुरमा आतंक फैलियो तर त्यहा“ त साधारण आलु वम पो रहेछ । समाचारले एटम वम वनाई दियो 

ड्ड धादिङको पृथ्वीराजमार्गमा एउटा गाडीले नम्वर प्लेट खसाएर हिडेछ । त्यो के हो भनेर एउटा टेलिभिजन च्यानलका सम्वाददाताले प्रहरीसंग सम्पर्क गरे । प्रहरीले गाडी त्रिशुलीमा खसेको हुन सक्ने अनुमान ग¬¥यो । त्यसका भरमा टेलिभिजनमा व्रेकिङ समाचार आउन थाल्यो । त्रिशुलीमा गाडी खस्यो । विवरण आउन वाकी । कुरो के परे छ भने गाडीले नम्वर प्लेट खसाएको स्थान नजिक अघिल्लो दिन टक खसेको रहेछ । त्यहावाट गाडी खसेको हुनु पर्ने अनुमानका भरमा ब्रेकिङ समाचार चलाईएको रहेछ । त्यो समाचार प्रशारण गर्ने एभीन्युज टेलिभिजनका समाचार संयोजक केदार कोइराला भन्छन् हामीले प्रशारण गरेको समाचार त्रिशुलीमा खसेको भनिएको गाडीको चालकले खाना खादै गरेको अवस्थामा हेटौडामा हेरे छ । स्टेशनमा फोन गरी आफ्नो गाडी त्रिशुलीमा नखसेको जानकारी गराए पछि उसैसंग टेलिफोनमा प्रत्यक्ष लाईभ गरियो । 

किन यस्तो हुन्छ 

समाचार नीति अस्पष्ट हुनु

स्टाइल वुक

सम्पादकीय नीति स्पष्ट नहुनु

सम्पादकीय स्वतन्त्रता (विचार, व्यापार, नीजि स्वार्थ)

तिव्र प्रतिश्पर्धा

मौलिकता हैन नक्कल गर्ने प्रवृत्ति

खोजीमा हैन भाषण देखाउने होड

फलानाले हाल्यो भने हाल्दिने

आन्दोलनको प्रत्यक्ष प्रशारण

वमवाट क्षतविच्छेद भएका मानिसको दृष्य प्रशारण

डिस्को र डान्सवारमा पक्राउ परेका महिला र किशोर किशोरीको दृष्य

जनशक्ति

समाचारबाट ८० प्रतिशतभन्दा बढी आम्दानी । 

टावर, स्टुडियो, क्यामरा र भौतिक सामग्रीमा पर्याप्त लगानी । जनशक्तिको वृत्ति विकासमा उदासिनता । 

सिकाएर के गर्ने कुन वेला छोडिदिन्छ भन्ने मानसिकता ।

अनुभवी हैन सिकारु 

काम दिन्छु पैसा दिन सक्दिन, कमाउ खाउ

कमजोरी सुधार्न के गर्न सकिन्छ  

क) के विषयमा समाचार वनाउने 

ख) सूचनाको श्रोत के के हुन सक्छ 

ग) सूचनाको सत्यता परिक्षण गरियो

घ) समाचार दाहो¥याएर पढ्ने (मानहानी भएको छ की, गोपनीयताको हक हनन् भएको पो छ की, पत्रकार आचार संहिता उल्लंघन भएको छ की वा अदालतको अवहेलना हुने त होइन आदी विषयमा सोचौं ) ।

ङ) साथीहरुसंग समाचारका वारेमा छलफल गर्रौ

च) सम्पादन भैसके पछि आफ्नो समाचारको मर्म विग्रिएको छ की चेक गरौ

छ) समाचारको खण्डन त आउदैन फेरी सोचौं 

ज) प्रकाशन वा प्रशारणमा जानु भन्दा पहिला एक पटक सोचौ समाचारको पात्र आफै भएको भए त्यसले समाज, आफ्नो परिवार र आफैलाई कति असर गर्छ होला 

झ) समाचारमा गल्ति भयो भने खण्डन गरौं ।

समाचारले सूचना, शिक्षा र मनोरञ्जन दिने काम गर्छ तर कु सुचना कु शिक्षा र कु मनोरञ्जन दिने काम भयो भने त्यसको जिम्मेवारी कसले लिने ? टेलिभिजनले सत्य, तथ्य, निष्पक्ष, विश्वस्नीय र जवाफदेही समाचार मात्र दिन्छ भन्ने सिद्धान्तलाई व्यवहारमा उतार्न जरुरी छ । त्यसका लागि सबै टेलिभिजनका नीति निर्माताहरु एक ठाउमा वसेर आफ्ना कमी कमजोरीको समिक्षा गर्दै सामाजिक उत्तरदायित्व वहन, समाचारको स्तर वृद्धिका वारेमा एउटा मापदण्ड तय गर्न जरुरी भैसकेको छ । साथै सञ्चार माध्यमहरुको प्रभावकारी अनुगमन गर्ने स्वतन्त्र निकाय, तथा सञ्चारकर्मी र सञ्चार माध्यमले आम श्रोता, दर्शक र पाठकमा पारेको मार्काका वारेमा समिक्षा गर्ने निकायको आवश्यकता छ ।

कनकमणि दिक्षित

ब्रेकिङ समाचारका दुई किसिम छन् 

१. समाचारवाचकले नै पढ्ने

२. स्क्रोल गर्ने 

तुरुन्त आएको सूचनालाई सम्पादन गर्न समयको अभावले सम्भव नहुने भएकाले   तत्काल प्रशारण गर्ने गरिन्छ । त्यसको मतलव ब्रकिङ चलाए पछि त्यसको फलोअप र थप सूचना पनि दिनु पर्छ । कस्तो सूचनालाई ब्रेकिङ समाचारमा दिने कस्तोलाई नदिने भन्ने  निश्चित मापदण्ड वनाउन आवश्यक छ । उत्तेजना र निराशा फैलाउने सूचना दिनु हुदैन । 

नेपाली च्यानलहरुले भारतीय टेलिभिजनको सिको गरिहेको पाइन्छ । समान्य दुर्घटना, नेताका भाषण पनि ब्रेकिङ समाचारका रुपमा दिने गरिएको छ । 

केदार कोइराला समाचार संयोजक एभी न्युज

गिरिजाप्रसाद कोइरालाको निधनको समाचार सबै भन्दा पहिला हाम्रो टेलिभिजनले ब्रेक गरेको हो । कोइरालाको निधन भएको १८ मीनेट पछि विश्वस्त सुत्रले उहाको निधन १२ वजेर ११ मीनेटमा भएको जानकारी दियो । सम्पादकीय समुहका विच छलफल भयो दिने की नदिने भनेर । तर हामीले समाचार दिएको ४५ मीनेटसम्म पनि आधिकारीक रुपमा कोइरालाको निधनको घोषणा भएन । सञ्चालक भाष्करराज कर्णिकारले ३ लिटर जति पानी खाए । पुरै स्टेशनमा तनाव भयो । भाष्करलाई १२.१० र मलाई १२.११ को कोइरालाको निधन भएको सूचना आएको थियो । समाचार प्रशारण भए पछि समाचार संकलनमा रहेका पत्रकारहरु माथि आक्रमण हुनसक्ने डरले सबैलाई वचेर काम गर्न स्टेशनले सूचना ग¥यो । 

त्यो घटना हाम्रो टेलिभिजनका लागि ग्याम्वलिङ नै हो । जुवामा वसेको वेला तीन वटा एक्का परे पछि जसरी घर खेत दाउमा लगाउछन् हामीले पनि त्यो घटनामा त्यही गरेका हौं । समाचार गलत भएको भए वोरा वोकेर भाग्नु पर्ने हुनसक्थ्यो । 

 

तिर्थ कोइराला समाचार प्रमुख कान्तिपुर टेलिभिजन 

 

समाचार र समाचार तथा कार्यक्रम चलाउने टेलिभिजन विच प्रतिश्पर्धा छ । 

हामीले श्रव्यदृष्य सूचना भएमा समाचार वाचकलाई पढ्न लगाएर वा रिडर भए फ्ल्यास हाल्ने नीति वनाएका छौं । सम्वाददाताले पठाएको समाचारलाई पुष्टि गरेर मात्र समाचार दिने गरिएको छ । वरु ढिलो होस् तर गलत सूचना प्रशारण नहोस् भन्नेमा सचेत छौं । 

 

एक पटक ३५ यात्रु चढेको डुंगा कोसीमा पल्टिएको ब्रेकिङ समाचार कुनै टेलिभिजनमा प्रशारण भयो । मैले आफ्नो सम्वाददातासंग घटना वारे वुझ्ने प्रयास गरे । समाचाको पुष्टि भएन । यस विच एक दुई गर्दै ३ वटा टेलिभिजनमा त्यही समाचार आइरह्यो । पुष्टि हुन नसकेकाले मैले चाही समाचार हालिन । भोली पल्ट थाहा भयो कुहीरो लागेका वोला एउटा ढुंगा कोसी तरदै रहेछ । टाढा पुगे पछि कुहिरोका कारण ढुंगा हराएको हल्ला चल्यो । अर्को किनारामा निक्कै तल पुगेकाले ढुंगा तरेको पुष्टि भएन र सम्वाददाताले हराएको समाचार पठाए छन् । तर त्यति महत्वका साथ दिइएको समाचारको फलोअप ति टेलिभिजनमा भएको पाइएन । 

 

डा महत र वम प्रकरण । फलाना समुहले वम पड्काउने वताएको छ । 

 

 

राजेन्द्र दाहाल राष्टपतिका प्रेस सल्लाहकार 

 

एक दिन उक जना पत्रकारले फोन गरे राष्टपतिले नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासंग भेट्नु भयो हैन । मैले होइन भने । तर उनले पत्याएनन् र भने ९.३० वजे भेट्नुभयो । दाई घरमा होकी क्या हो भन्छन उनी । मैले होइन भन्दा पनि भेटेको समाचार प्रशारण भयो । कुरा के रहेछ भने पत्रकार प्रहरीसंगै रहेछन् । वाकीटकीमा राष्टपति गिरिजाप्रसाद काइरालालाई भेट्न जाने कुरा आयो । त्यही आधारमा समाचार प्रशारण गरियो तर अन्तिम समयमा आएर राष्टपतिको कार्यक्रम रद्द भएको थियो । 

 

 

मान्छे मरेको घोषणा गर्न किन हतार गर्नु पर्ने ? मृतकको संख्या किन वढाउनु पर्ने ? 

 

युवराज घिमिरे 

 

हरेक दिन ब्रेकिङ र फ्ल्यास समाचार दिनै पर्छ भन्ने छैन, दिए पनि हरेक १० मीनेटमा अपडेट गर्नु पर्छ । 

 

धु्रवहरी अधिकारी

 

छिटो समाचार दिने होडमा सत्य तथ्यमा पनि हेक्का गर्नु पर्छ । छिटो समाचार दिने नाममा गलत सूचना दिने हो भने विश्वस्नीयता समेत गुम्छ । 

 

मोहन मौनाली 

एक पटक कामको सिलसिलामा नेपालगञ्ज गएको थिए । सेनाका अधिकारीहरुसंग अन्तकृया गर्दा उनीहरुले भने हैन हामीसंग वन्दुक छ । कुन वेला गोली चलाउने नचलाउने निर्णय तत्काल गर्नु पर्छ । तपाईहरुको हातमा वन्दुक भए त एउटै मानिसलाई १० पटक मार्नुहुन्थ्यो होला है पुुष्टि नै नगरी समाचार दिने भनेको त आफ्नो हतियार चलाएको होइन त ? 

सीके लाल 

ब्रेकिङ समाचारमा पनि गल्ति भयो भने क्षमा सहित सच्याउनु पर्छ । 

१७ चैत्र २०६६ मा साफ्माद्धारा आयोजित छलफल कार्यक्रममा प्रस्तुत कार्यपत्र  )




प्रतिक्रिया


  1. 17-он прогестерон что это, 17-гидроксипрогестерон повышен у женщин пин ап казино, орлеу павлодар конкурсы скс карабин охотничий, купить карабин оп скс с оптическим прицелом рәміздік мәдениетті әр түрлі тұрғыда саралау, мәдениеттану кітабы ғабитов скачать

    разбить тарелку в пятницу примета, к чему разбить тарелку в воскресенье гороскоп водолея крысы на год крысы когда будет сонник на стс заговоры для рожениц как снять свой любовный приворот с мужчины самостоятельно

    An outstanding share! I have just forwarded this onto a co-worker who had been conducting a little research on this. And he actually ordered me breakfast simply because I discovered it for him... lol. So allow me to reword this.... Thanks for the meal!! But yeah, thanx for spending time to talk about this subject here on your internet site.

    часто снятся родители живые снилась картошка и лук снятся подготовка к похоронам почему сниться много воды 298 ангельская нумерология

    image Medikamente ohne ärztliche Verschreibung in München bestellen Betapharm Santiago de Compostela

    médicaments sur ordonnance à Bruxelles Vale Châtenay-Malabry Medikamente in der Schweiz erhältlich

    Acheter médicaments en ligne : conseils pour une expérience sûre Calox Roermond comprar medicamentos en línea en Bélgica

    médicaments : Risques et avantages de l'achat en ligne Tecnimede Spreitenbach Doe een bestelling van medicijnen in Nederland